दोलखामा तत्कालका लागि बिद्यालय खोलेर पठनपाठन गर्न नपाउने निर्णय

1 month ago/Thursday, September 17th, 2020

दोलखा, १ असोज ।

दोलखामा विद्यालय कलेज लगाएतका शैक्षिक संस्था तत्काल सञ्चालन नहुने भएको छ ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि विद्यालय तथा कलेज सञ्चालन नगर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेसँगै जिल्लामा दुर शिक्षा लगाएत वैकल्पिक सिकाईका माध्यमबाट शिक्षण तथा सिकाई कार्य मात्रै गर्न पाईनेछ । यसअघि जिल्ला समन्वय समितिका प्रमुख एवँ जिल्ला शिक्षा समितिका अध्यक्षको अध्यक्षतामा बसेको बैठकले विद्यालय सुचारु गर्ने निर्णय गरेपनि आजको बैठकले अर्काे सुचना नभएसम्मका लागि विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र जस्ता शैक्षिक संस्थाहरु र परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो । मंगलबार जिसस प्रमुखको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै प्राथमिक तहका सिकाई केन्द्रहरुमा सिकाई सहजीकरण गर्ने र आधारभुत तथा माध्यमिक तहहरुलाई असोज ७ गतेदेखि विद्यालयमा पठनपाठन सुचारु गर्ने निर्णय गरेको थियो ।

जिसस प्रमुख सहित जिल्लास्थित स्थानीय सरकारका प्रमुख एवम प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालय सञ्चालनको निर्णय भएको केही दिनमै पुनः बैठक बसेर अर्काे सुचना जारी नभएसम्मका लागि विद्यालय सञ्चालन नगरि वैकल्पिक उपायबाट मात्रै शिक्षण सिकाई कार्य गर्न भनिएको हो । यो निर्णयसँगै आजबाट शैलुङ गाउँपालिकामा सञ्चालन भएका विद्यालय वन्द हुने भएका छन् भने अन्य स्थानीय तहमा पनि तत्काल विद्यालय नखुल्ने भएको छ ।

जिसस प्रमुख सहित जिल्लास्थित स्थानीय सरकारका प्रमुख एवम प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालय सञ्चालनको निर्णय भएको केही दिनमै पुनः बैठक बसेर अर्काे सुचना जारी नभएसम्मका लागि विद्यालय सञ्चालन नगरि वैकल्पिक उपायबाट मात्रै शिक्षण सिकाई कार्य गर्न भनिएको हो । जिल्लस्तरीय संकट व्यवस्थापन केन्द्र तथा राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिबीच भएको छलफलबाट विद्यार्थीहरुलाई अनलाईन तथा रेडियो टेलिभिजनको माध्यमबाट शिक्षण सिकाई गराउन सकिए पनि तत्काल विद्यालय नखोल्ने निर्णय गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी शिवाकोटीले जानकारी दिनुभयो ।

प्रजिअ शिवाकोटीले जिल्ला संकट व्यवस्थापन समितिको निर्णय जिल्लाभर लागू हुने र कुनै एक स्थानीय सरकारले मात्रै निर्णय गरेर बिद्यालय खोल्न नपाउने बतउानुभयो । यो निर्णयसँगै आजबाट शैलुङ गाउँपालिकामा सञ्चालन भएका विद्यालय वन्द हुने भएका छन् भने अन्य स्थानीय तहमा पनि तत्काल विद्यालय नखुल्ने भएको छ ।

यसअघि जिसस प्रमुखको अध्यक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो 

१ असोज, २०७७ । ५ः २० बजे प्रकाशित ।

VIEWS: 11300 पटक हेरीएको
error: Content is protected !!