दोलखामा तिन करोड बराबरको नयाँ नोट बितरण

10 months ago/Sunday, October 14th, 2018

दोलखा, २८ असोज ।

नेपाल बैंक लिमिटेड चरिकोट शाखाले दशैंका लागि लक्षित गरी करिव ३ करोड नयाँ नोट बितरण गरेको छ ।

तिन दिनको अवधिमा नेपाल बैंकले यतिधेरै नयाँ नोट बितरण गरेको हो । शाखा प्रवन्धक बिदुर विक्रम थापाले करिव १५ सय नागरिक र निजी क्षेत्रका बैंकलाई समेत गरी ३ करोड नयाँ नोट बितरण गरिएको जानकारी दिनुभयो । राष्ट्र बैंकवाट प्राप्त नयाँ नोटलाई व्यवस्थित तरिकाले प्रति व्यक्ति ९ देखि १० हजार बराबरको सटहीको व्यवस्था गरिएको र बुधवारदेखि शुक्रवारसम्म करिव ३ करोड नयाँ नोट दोलखा भित्रिएको उहाँको भनाई छ । नेपाल वैंक चरिकोट शाखाले यो बर्ष निजी क्षेत्रका बैंकहरुलाई पनि १० देखि १२ लाखका दरले नयाँ नोट उपलव्ध गराएको थियो । ५, १० र ५० दरका नयाँ नोट बितरण गरिए पनि २० र १०० दरका नोटको भने दोलखामा अभाव भएको छ । राष्ट्र बैंकवाट २० र १०० दरका नोट अत्यन्तै कम आएको र ति नोट सुरुकै चरणमा सकिएको नेपाल वैंक चरिकोट शाखाले जनाएको छ ।

यसैवीच, नेपाल वैंक लिमिटेड चरिकोट शाखामा विगताको बर्षको तुलनामा यो बर्ष भुक्तानी लिन आउनेहरुको भिड निकै कमी देखिएको छ । कारोवारको दृष्टिले करिव एक महिनाको अवधिमा ८० करोड भुक्तानी भएपनि दशैंका बेला बैंकमा सेवाग्राहीको भीड निकै कमी भएको हो । यो बर्ष दशैंको टिका कार्तिक महिनामा परेको र पेन्सनदारहरुको पेन्सन भुक्तानी असोज १ गतेवाटै तथा असोज १० पछि शिक्षक र कर्मचारीको तलव निकासा सुरु भएका कारण बैंकमा भीड कम हुन गएको शाखा प्रवन्धक थापाले बताउनुभयो । उहाँका अनुसार दोलखाका करिव ३ हजार ५ स्य पेन्सनदारको मात्रै करिव ८ करोड भुक्तानी भईसकेको छ ।

दोलखाका ९ वटा स्थानीय सरकार मध्ये जिरी नगरपालिका बाहेक बाँकी सवैको कारोवार नेपाल वैंकबाटै हुँदै आएको छ ।

२८ असोज २०७५ । ८ः०० बजे प्रकाशित

VIEWS: 3040 पटक हेरीएको
error: Content is protected !!