दोलखामा दुई डाक्टरसहित तीन स्वास्थ्यकर्मीमा कोरोना, एक जना डाक्टर अझै आइसोलेसनमा

7 days ago/Sunday, September 13th, 2020

पवना कार्की ।

दोलखा, २८ भदौ ।

दोलखामा हालसम्म दुई जना डाक्टर सहित ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको महामारी फैलिएपछि जिल्लामा ३७ जनामा कोरोना संक्रमण देखिएकोमा ३ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको भीमेश्वर नगरपालिकाका एक जना डाक्टर र सिएमए गरी २ तथा गौरीशंकर गाउँपालिकाका एक जना डाक्टर गरी तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । जिल्लामा कोरोना संक्रमितको सँख्या थपिएसँगै फ्रन्टलाईनमा खटिने डाक्टर सहितका स्वास्थ्यकर्मीमा कोरोना देखिन थालेको हो ।

जिल्लाको भीमेश्वर नगरपालिकाका दुई जना कोरोना संक्रमित स्वास्थ्यकर्मी मध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने एक जना डाक्टर उपचाररत छन् । गौरीशंकर गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रका एक जना डाक्टरमा कोरोना संक्रमण भएपनि उनी समेत निको भईसकेका छन् । यद्यपि उनी काममा फर्किसकेका छैनन् । उनी सोही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय दोलखाले जनाएको छ ।

कोरोनाको महामारी फैलिएपछि जिल्लामा ३७ जनामा कोरोना संक्रमण देखिएकोमा ३ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाका एक जना डाक्टर र सिएमए गरी २ तथा गौरीशंकर गाउँपालिकाका एक जना डाक्टर गरी तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । ती मध्ये दुई जना निको भएका छन् भने एक जना अझै आइसोलेसनमा छन् ।

फ्रन्टलाईनमा खटेर कोरोनासँग लडिरहेका स्वास्थ्यकर्मि संक्रमणको पहिलो शिकार हुने भएकाले दोलखामा पनि तीन जनामा कोरोना देखिएको स्वास्थ्य प्रमुख झाले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटका एक जना डाक्टरमा कोरोना पुष्टि भएपछि त्याहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी तथा संक्रमितको सम्पर्कमा गएका व्यक्ति सहित ७० जनाको स्वाव संकलनको रिपोर्ट नेगेटिभ आईसकेको छ । यस्तै, भीमेस्वर नगरपालिकामा कोरोना सँक्रमित वालवालिकाको उपचारमा खटिएका दोलखा सामुदायिक अस्पतालका डाक्टर सहित सवै स्वास्थ्यकर्मीको रिर्पोट पनि नेगेटिभ आएको छ । जिल्लामा हालसम्म ३७ जनामा कोरोना संक्रमण भएकोमा ३३ जना निको भएर घर फर्किईसकेको छन् ।

२८ भदौ, २०७७ । ८ः०० बजे प्रकाशित ।

VIEWS: 3485 पटक हेरीएको
error: Content is protected !!