दोलखामा निषेधाज्ञाको अबज्ञा गर्ने १७ सवारीका साधन र ३८ जना मानिस कारवाहीमा

1 week ago/Thursday, June 10th, 2021

दोलखा, २७ जेठ ।

दोलखामा चार दिनको अवधिमा लकडाउन उल्लंघन गर्ने १७ वटा सवारीका साधान र ३८ जना मानिस कारवाहीमा परेका छन् । सो कारवाहीवाट दोलखा प्रहरीले आधा लाख भन्दा बढी रकम जरिवाना गरेको छ ।

जिल्लामा जेठ २२ गतेदेखि चौथो पटक निषेधाज्ञा थप गरेर कडाईका साथ लागु गर्न सुरु गरेपछि मंगलवार सम्मको अवधिमा सानाठूला गरी १७ वटा सवारीका साधनलाई दोलखा प्रहरीले कारवाही गरेको हो । सवारी साधानका साथै मास्क नलगाउने र अनावश्यक हिड्डुल गर्ने ३८ जना मानिसलाई पनि जरिवाना गरिएको छ । दोस्रो लहरको कोरोना संक्रमणपछि जिल्लामा पटक–पटक गरी तीन पटकसम्म निषेधाज्ञा जारी गर्दा पनि कारवाही नगरिएकोमा हाल चौथो पटक थप गरिएको निषेधाज्ञाको समयमा अनावश्यकरुपमा सडकमा आवतजावत गर्ने र मास्क नलगाउनेलाई कारवाही गरी जिल्ला प्रहरी कार्यालय दोलखाले रकम जरिवाना गरेको हो ।

चौथो पटक निषेधाज्ञा थप गरिएको पहिलो दिन अर्थात् २२ गते १४ जना मास्क नलगाएकाहरुलाई प्रति व्यक्ति सयका दरले जरिवाना गरिएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । यस्तै जेठ २३ गते ८ वटा मोटसाइकललाई दुई हजारका दरले जरिवान गर्नुका साथै मास्क नलगाइ हिडेका ४ जनालाई एक सयका दरले जरिवाना गरिएको छ । सो समयमा गरिएको कारवाहीबाट १६ हजार ४ सय संकलन भएको छ । जेठ २४ गते ९ वटा सवारीका साधानलाई कारवाही गरिएको छ भने मास्क नलगाउने र अनावश्यक हिड्डुल गर्ने १२ जना कारवाहीमा परेका छन् ।

जिल्लामा जेठ २२ गतेदेखि चौथो पटक निषेधाज्ञा थप गरेर कडाईका साथ लागु गर्न सुरु गरेपछि मंगलवार सम्मको अवधिमा सानाठूला गरी १७ वटा सवारीका साधनलाई दोलखा प्रहरीले कारवाही गरेको हो । दोस्रो लहरको कोरोना संक्रमणपछि जिल्लामा पटक–पटक गरी तीन पटकसम्म निषेधाज्ञा जारी गर्दा पनि कारवाही नगरिएकोमा हाल चौथो पटक थप गरिएको निषेधाज्ञाको समयमा अनावश्यकरुपमा सडकमा आवतजावत गर्ने र मास्क नलगाउनेलाई कारवाही गरी जिल्ला प्रहरी कार्यालय दोलखाले रकम जरिवाना गरेको हो ।

२ वटा चार पाङग्रे सवारीका साधानलाई ५/५ हजार, ७ वटा मोटरसाइकललाई २ हजारका दरले जरिवाना गरिएको दोलखा प्रहरीले जनाएको छ । यस्तै मास्क नलगाई हिँडेका ११ जनालाई प्रति व्यक्ति १ सय र अनावश्यक रुपमा हिँडेका १ जनालाई २ सयका दरले जरिवाना गर्दा २५ हजार ४ सय रकम संकलन भएको छ । मंगलवार पनि एउटा मोटरसाईकल र बोलेरोलाई कारवाही गर्नुका साथै मास्क नलगाई हिँडेका ६ जना र अनावश्यक हिँड्डुल गरेका २ गरी ८ जनालाई जरिवाना गरिएको छ । बुधवार गरिएको कारवाहीबाट ८ हजार रकम संकलन भएको छ ।
प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारवाही गरेर ५१ हजार २ सय राजस्व संकलन गरिसकेको छ ।

लकडाउन पालना नगरेर कारवाहीमा परेका सवारी साधन र मानिसहरुबाट संकलन भएको रकम जिल्ला प्रशासन कार्यालयमा बुझाइने प्रहरी निरीक्षक कोइरालाले जानकारी दिनुभयो । यसअघि कोरोना महामारीपछि जारी गरिएको निषेधाज्ञा अवधिमा प्रहरीले समातेर सम्झाई÷बुझाई छाड्ने गरेकोमा पछिल्लो पटक जारी गरिएको निषेधाज्ञामा भने धमाधम कारवाही गरिरहेको छ ।

प्रहरीले लकडाउनको उल्लंघन गर्नेलाई सरकारले बनाएको मापदण्ड बमोजिम चार पाङग्रे सवारी साधानलाई ५ हजार, २ पाङग्रे सवारी साधानलाई २ हजार, अनावश्यक हिड्डुल गर्नेलाई २ सय र मास्क नलगाई हिड्नेलाई १ सयका दरले जरिवाना गरेको छ ।

२७ जेठ, २०७८ । ८ः१० बजे प्रकाशित ।

VIEWS: 4750 पटक हेरीएको
error: Content is protected !!