दोलखामा नेकपा प्रचण्ड–नेपाल समूहको अध्यक्ष दहाल र सचिवमा पाण्डे

1 week ago/Monday, February 22nd, 2021

दोलखा, १० फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले दोलखामा अध्यक्षको जिम्मेवारी भीम दहाललाई दिएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले दोलखामा अध्यक्षको जिम्मेवारी दहाललाई र सचिवमा गोपाल पाण्डेलाई जिम्मेवारी दिएको हो । राजनीतिक रुपमा पार्टी बिभाजन भएको दुई महिनापछि नेकपाको प्रचण्ड–नेपाल समूहले दोलखा सहित ६८ जिल्लामा अध्यक्ष र सचिबको टुंगो लगाएको हो । ३५ जिल्लामा पूर्ब माओवादी र ३३ जिल्लामा एमालेको भागमा पर्नेगरी नेतृत्व टुङ्ग्याउँदै नेकपाको प्रचण्ड नेपाल समूहले बाँकी जिल्ला र अन्य पदाधिकारी भने अदालतको फैसलापछि टुंगो लगाउने तयारी गरेको छ । नेकपा बिभाजनपछि ओली समूहका लागेका नेताका पद रिक्त रहेका थिए । प्रचण्ड नेपाल समूहले पार्टी बिभाजनलगत्तै प्रदेश ईन्चार्ज भने तोकिसकेको छ ।

१० फागुन २०७७ । २ः१५ बजे प्रकाशित ।

VIEWS: 2340 पटक हेरीएको
error: Content is protected !!