दोलखामा पिसिआर परिक्षण हुनै छाड्यो, ३३६ जना मात्रै सक्रिय संक्रमित

3 months ago/Thursday, June 24th, 2021

जिरी (दोलखा), १० असार ।

दोलखामा पछिल्लो पटक पिसिआर परिक्षणनै हुन छोडेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएसँगै कन्ट्रयाक ट्रेसिङमा पनि कमी आएपछि जिल्लामा पिसिआर परिक्षण घट्नुको साथै कुनै दिन पिसिआर परिक्षणनै हुन छोडेको छ । कोरोनाको दोस्रो लहरको माहामारी बढेपछि जिल्लामै स्थापना भएको चरिकोट अस्पतालको ल्यावबाट जिल्लाका नागरिकहरुको दैनिक पिसिआर परिक्षण हुँदै आएकोमा हिजो सहित पछिल्लो १५ दिन यता मात्रै ३ दिन स्वाव परिक्षण शून्य भएको हो । यसअघि दोस्रो लहरको कोरोना माहामारीको रुपमा फैलिएको पहिलो चरणमा चरिकोट ल्यावमा दैनिक १ सय ९२ देखि २ सय बढी मानिसको पिसिआर परिक्षण हुने गरेको थियो । तर, पछिल्लो पटक कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरुको संख्यामा कमी आएपछि र कन्ट्रयाक ट्रेसिङ तीब्र नहुँदा पिसिआर परिक्षण ह्वात्तै घटेर कुनै दिन शून्यमा पुगेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएसँगै कन्ट्रयाक ट्रेसिङमा पनि कमी आएपछि जिल्लामा पिसिआर परिक्षण घट्नुको साथै कुनै दिन पिसिआर परिक्षणनै हुन छोडेको छ । कोरोनाको दोस्रो लहरको माहामारी बढेपछि जिल्लामै स्थापना भएको चरिकोट अस्पतालको ल्यावबाट जिल्लाका नागरिकहरुको दैनिक पिसिआर परिक्षण हुँदै आएकोमा हिजो सहित पछिल्लो १५ दिन यता मात्रै ३ दिन स्वाव परिक्षण शून्य भएको हो । अब जिल्लामा ३ सय ३६ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । हालसम्म दोलखामा २ हजार २५ जनामा कोरोना पुष्टि भएकोमा १६ सय ८० जना निको भइसकेका छन् ।

यसअघि यही असार ६ गते पनि जिल्लामा पिसिआर परिक्षण भएको थिएन भने जेठ २३ मा र ३० गते स्थानीय तहमा एन्टिजेन परिक्षण मात्रै भएको थियो । तर, हिजो भने स्थानीय तहमा एन्टिजिन परिक्षण र जिल्लामा पिसिआर परिक्षण दुवै नभएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । पिसिआर मेसिनमा एकपटक परिक्षण गर्न ३२ जनाको स्वाव आवस्यक पर्ने र १६ जनाको मात्रै स्वाव संकलनमा रहेकाले परिक्षण नभएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत सपना केसीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो स्थानीय तहहरुमा पनि एन्टिजिन परिक्षण भएको भनी जिल्ला स्वास्थ्य कार्यालयलाई रिपोर्ट आएको छैन ।

हिजो संक्रमित नथपिए पनि विभिन्न स्थानीय तहका २६ जना निको भएका छन् । अब जिल्लामा ३ सय ३६ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । हालसम्म दोलखामा २ हजार २५ जनामा कोरोना पुष्टि भएकोमा १६ सय ८० जना निको भइसकेका छन् ।

१० असार, २०७८ । ७ः५ बजे प्रकाशित ।

VIEWS: 1935 पटक हेरीएको
error: Content is protected !!