दोलखामा फेरी बढ्यो कोरोना संक्रमणको दर, ५९ को पिसिआर गर्दा ४८ जनामा संक्रमण पुष्टि

2 weeks ago/Monday, June 7th, 2021

दोलखा, २४ जेठ ।

दोलखामा कोरोना संक्रमितको संख्या फेरि बढेको छ ।

केहि दिन यता पिसिआर परीक्षणको दायरा घट्दा संक्रमणको दर घटेपनि पछिल्लो २४ घण्टामा ५९ जनाको पिसिआर परीक्षण गरिएकोमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।५९ जनाको पिसिआर परीक्षण गर्दा ४८ जना र विभिन्न स्थानीय तहमा ३५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १४ जना गरि जम्मा ६२ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा केही समय न्युन देखिएको संक्रमितको संख्या पुनः बढ्न थालेको छ । जिल्लाभर पिसिआर परीक्षणको दायरा घटाउँदा र एन्टिजेन परीक्षण बढाउँदा केही समय संक्रमित कम देखिएका थिए । तर, आज थोरै संख्यामा पिसिआर परीक्षण गर्दा पनि धेरैमा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको दोस्रो लहर अन्तर्गत पछिल्लो समय ग्रामीण क्षेत्रमा धमाधम संक्रमितहरु भेटिन थालेका छन् ।

दोलखामा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । ५९ जनाको पिसिआर परीक्षण गर्दा ४८ जना र विभिन्न स्थानीय तहमा ३५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १४ जना गरि जम्मा ६२ जना नयाँ संक्रमित थपिएका छन् । आज सबैभन्दा धेरै तामाकोशी गाउँपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जसअनुसार आज सबैभन्दा धेरै तामाकोशी गाउँपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भीमेश्वर नगरपालिकामा २४ जना, शैलुङ गाउँपालिकाका ३ जना, वैतेश्वर र मेलुङ गाउँपालिकाका २/२ जना, विगु गाउँपालिका, कालिञ्चोक गाउँपालिका र जिरी नगरपालिकाका १/१ जना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १६ सय ७२ पुगेको छ ।
यस्तै आज भीमेश्वर नगरपालिकाका २७ जना, तामाकोशी गाउँपालिकाका २४ जना, शैलुङ गाउँपालिकाका १३ जना, जिरी नगरपालिकाका ५ जना र मेलुङ गाउँपालिकाका २ जना गरी ७१ जना कोरोना मुक्त भएका छन् । योसँगै दोलखामा कोरोना मुक्त हुनेको संख्या ९ सय ३७ पुगेको छ । हाल जिल्लाभर ७ सय २६ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । तीमध्ये ६ सय ९२ जना होम आईसोलेसनमा बसेका छन् भने ३४ जना संस्थागत आइसोलेसनमा छन् ।

चरिकोट अस्पतालमा रहेको पिसिआर ल्यावमा कोरोना परिक्षणकालागि संकलन गरिएको स्वाब पहिलो पटक रित्तिएको छ । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याँक अनुसार अव पिसिआर ल्यावमा कोरोना परिक्षणका लागि कसैको पनि स्वाब बाँकी रहेको छैन । स्थानीय तहमा एन्जिटेन किटवाट धमाधम कोरोना परिक्षण भईरकेका कारण पिसिआर ल्यावमा स्वाब नआएको हो ।

२४ जेठ, २०७८ । ५ः१५ बजे प्रकाशित ।

 

VIEWS: 2600 पटक हेरीएको
error: Content is protected !!