दोलखामा बालिका बलात्कारको घटनाले विकराल रुप लिँदै

2 months ago/Wednesday, June 12th, 2019

दुर्गा बस्नेत ।

दोलखा, २९ जेठ ।

दोलखामा बालिका बलात्कारको घटनाले विकराल रुप लिँदै गएको छ ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १० वटा जवरजस्ती करणीका घटनामा ९ जना बालिका बलात्कारको शिकार बनेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांक अनुसार चालु बर्ष अबोध ५ वर्षिया वालिकादेखि २२ वर्षिया किशोरीसम्म बलात्कारको शिकार बनेको देखिन्छ । जिल्लामा अधिकांश बालिका आफ्नै आफन्तजन, नजिकको नातागोताबाट बलात्कृत भएका घटनाहरु सार्वजनिक भएका छन् । आफ्नै बाबुले छोरीलाई, काकाले भजिति र भतिजि वुहारीलाई बलात्कार गरेको घटनाहरु बढ्दै गएका छन् ।

विगतका बर्षमा किशोरी बलात्कारको घटना सुनिए पनि पछिल्लो समय बिशेष गरेर अबोध बालिकाहरु बलात्कारको किार बन्दैै गएका छन् । अबोध बालिका बलात्कारको घटनाले विकराल रुप लिनुको कारण के हो ? यस्ता घटना न्यूनिकरण कसरी गर्न सकिएला ? हामीले यो प्रश्न दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक बासुदेब पाठकलाई सोधेका थियौँ । हाम्रो यो प्रश्नमा डिएसपी पाठकले यो घटनालाई न्युनिकरण गर्न परिवारले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । समाजमा अपराधिक मानसिकता भएका मानिसहरु धेरै भएपनि समयमै पहिचान हुन नसक्दा यस्ता घटनामा बृद्धि भएको उहाँको भनाई छ ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १० वटा जवरजस्ती करणीका घटनामा ९ जना बालिका बलात्कारको शिकार बनेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांक अनुसार चालु बर्ष अबोध ५ वर्षिया वालिकादेखि २२ वर्षिया किशोरीसम्म बलात्कारको शिकार बनेको देखिन्छ । जवरजस्ती करणीका १० वटा घटना भएकोमा ९ जना पक्राउ परीसकेका छन् भने एक जना फरार रहेका छन् ।

दोलखा प्रहरीको सक्रियताका कारण जवरजस्ति करणीका अधिकांश घटनाका आरोपि भने पक्राउ परिसकेका छन् । जवरजस्ती करणीका १० वटा घटना भएकोमा ९ जना पक्राउ परीसकेका छन् भने एक जना फरार रहेका छन् । यस घटनामा एक जना धरौटीमा रिहा भएका छन् भने बाँकी ८ जना पुर्पक्षका लागि थुनामा रहेका छन् । प्रहरीको तथ्यांक अनुसार जिल्लामा जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग र वाल यौन दुरुपयोगका घटनामा अबोध वालिकाहरु हिंसामा परेको देखिन्छ ।

कति भए जवरजस्तीकरणी उद्योगको घटना ?

चालु आर्थिक वर्षमा जिल्लामा तीन वटा जवरजस्ती करणी उद्योगका घटना भएकोमा एकजना वालिका पीडित बनेकी छन् । जवरजस्तीकरणी उद्योगको घटना पनि आफ्नै नातागोताबाट भएका छन् । तीनवटा जवरजस्तीकरणी उद्योगको घटनामा दुई जना पक्राउ परीसकेका छन् भने एक जना फरार छन् । अदालतले जवरजस्तीकरणी उद्योगको घटनामा संलग्न एक जनालाई धरौटीमा छाड्न आदेश दिएपनि धरौटी बुझाउन नसकेर थुनामा रहेको दोलखाका प्रहरी नायव निरिक्षक (सहि) राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा दुई वटा वाल यौन दुरुपयोगका घटना भएका छन् । यस घटनामा संलग्न दुई जना नै पक्राउ परेको दोलखा प्रहरीले जनाएको छ ।  यौन दुरुपयोगका घटनामा संलग्न दुई जना मध्ये एक जना धरौटीमा रिहा भएका छन् भने एक जनामाथि थप अनुसन्धान भइरहेको छ । गत आर्थिक वर्षमा जिल्लामा १२ वटा बलात्कारका घटना भएको थियो भने १० वटा जवरजस्तीकरणी उद्योगका घटना भएको थियो । यसअघि जिल्लामा अबोध वालिका बलात्कारका घटना धेरै भएपनि बाहिर नआउने गरेकाले कम देखिएपनि अहिले समाजको चेतनास्तर बढेकाले यस्ता घटना बाहिर आउने प्रहरीले जनाएको छ ।

२९ जेठ, २०७६ । २ः ३० बजे प्रकाशित ।

VIEWS: 1740 पटक हेरीएको
error: Content is protected !!