दोलखामा भूकम्पको पाँच वर्षमा ५ सय २० वटा विद्यालय भवन पुननिर्माण

5 days ago/Monday, September 14th, 2020

करुणा बस्नेत ।

दोलखा, २९ भदौ ।

दोलखामा भूकम्पबाट क्षतिग्रस्त भएका ५ सय २० वटा विद्यालय भवन पुन निर्माण सम्पन्न भएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि हालसम्मको अवधिमा ६ सय ४९ विद्यालय भवन पुननिर्माण गर्नुपर्नेमा ५ सय २० वटा विद्यालय भवन पुर्ननिर्माण सम्पन्न भएको हो । भूकम्पबाट क्षति भएकामध्ये हाल १ सय २९ विद्यालय निर्माणधिन अवस्थामा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा दोलखाले जनाएको छ । दोलखामा भूकम्प पछि क्षतिग्रस्त भएका शैक्षिक संस्थाहरु पुर्ननिर्माणका लागि बिद्यालय व्यवस्थापन समिति, एडिबि तथा जापान, भारत र चीन सरकार, शिक्षा विकास तथा समन्वय ईकाई र गैरसरकारी संघ संस्थाले सहयोग गरेका छन् । निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा बढी विद्यालय व्यवस्थापन समिति मार्फत् २ सय ११ वटा विद्यालय पुननिर्माण भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईबाट मर्मत र नयाँ ट्रष्ट भवन गरी १ सय ५१ वटा, विभिन्न संघसंस्थाबाट १ सय ३६ र बोलपत्रबाट २२ वटा विद्यालय भवन पुननिर्माण भएको छ । कार्यालयका अनुसार विद्यालय व्यवस्थापन समितिबाट निर्माण हुने ५५ वटा भवन निर्माणाधीन छन् भने बोलपत्रमार्फत् ३६ वटा, शिक्षा विकास तथा समन्वय इकाईमार्फत् २२ तथा नयाँ ट्रष्ट भवन गरी २६ वटा र विभिन्न संघसंस्थाबाट निर्माण हुने १२ वटा विद्यालय भवन निर्माणाधीन रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा दोलखाका प्रमुख देवकुमार बरालले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा बढी विद्यालय व्यवस्थापन समिति मार्फत् २ सय ११ वटा विद्यालय पुननिर्माण भएको छ । ययैगरी, शिक्षा विकास तथा समन्वय इकाईबाट मर्मत र नयाँ ट्रष्ट भवन गरी १ सय ५१ वटा, विभिन्न संघसंस्थाबाट १ सय ३६ र बोलपत्रबाट २२ वटा विद्यालय भवन पुननिर्माण भएको छ ।

जिल्लामा भूकम्पपछि क्षतिग्रस्त भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत् १ हजार ३४ वटा कक्षाकोठा भएको २ सय ६६ वटा विद्यालयको भवन निर्माण हुनुपर्नेमा हालसम्म ८ सय ३५ कक्षाकोठासहितको भवन निर्माण सम्पन्न भएको कार्यालय प्रमुख बरालले बताउनुभयो । उहाँका अनुसार एशियाली विकास बैंक (एडिबि) ले निर्माण गर्न लागेको ८ सय २३ वटा कक्षाकोठा भएको ४४ वटा विद्यालयको भवनमध्ये हालसम्म ४ सय ३९ वटा कक्षाकोठासहितको भवन निर्माण सम्पन्न भएको छ । एडिबिमार्फत् जिल्लामा २१ वटा विद्यालयहरु निर्माण सम्पन्न भैसकेको छ भने १२ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । ११ वटा विद्यालयहरुको निर्माणका लागि भने निर्माण कम्पनीसँग केही समय अघि निर्माण सम्झौता भएको र छिट्टै निर्माण कार्य सुरु हुने ईकाई प्रमुख बरालको भनाई छ ।

यस्तै, जापान सरकारले जिल्लामा निर्र्माण गरेको २४ कक्षाकोठाको एउटा विद्यालय भवन भने निर्माण सम्पन्न भइसकेको छ । भारत सरकारले निर्माण गरेको १० वटा विद्यालयको पुननिर्माणको काम हाल सञ्चालनमा रहेको छ । ईकाई प्रमुख बरालका अनुुसार भारत सरकारको लगानीमा निर्माण हुन लागेको १० वटा विद्यालय २०७६ चैत्रदेखि निर्माण सुरु भएको थियो । भारत सरकारले ती विद्यालय २०७८ जेठमा सम्पन्न गर्नेछ । चिन सरकारबाट जिल्लामा निर्माण हुने १ सय २५ कक्षाकोठाको ३ वटा विद्यालय निर्माणको काम पनि भइरहेको छ ।
यद्यपि, लगातारको लकडाउन र निशेधाज्ञाका कारण भारत र चीन सरकारले निर्माण गर्ने भनिएका बिद्यालयको पुर्ननिर्माण भने प्रभावित बनेको छ ।

यसैगरी शिक्षा विकास तथा समन्वय ईकाईले निर्माण गर्ने भनिएको १ सय ३२ वटा विद्यालयको ७ सय ४४ कक्षाकोठामध्ये ३ सय २ कक्षाकोठासहितको भवन निर्माण भइसकेको छ भने हाल ४ वटा नयाँ ट्रस्ट र २२ वटा पुराना ट्रस्ट भवन मर्मतका कार्यक्रम सञ्चालन भइरहेको छ । गैरसरकारी संस्थाबाट निर्माण हुने ७ सय ४४ कक्षाकोठासहितका १ सय ३२ विद्यालयमध्ये ६ सय ५९ वटा कक्षाकोठा सहितका विद्यालय भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा दोलखाले जनाएको छ ।

दोलखामा छिमेकी मुलुकहरु चिन र भारत सरकारको सहयोगमा पनि १३ टा विद्यालय निर्माण हुँदैछ । यद्यपि, लगातारको लकडाउन र निशेधाज्ञाका कारण भारत र चीन सरकारले निर्माण गर्ने भनिएका बिद्यालयको पुर्ननिर्माण कार्य प्रभावित बनेको छ । चालु बर्ष दोलखामा ५५ वटा बिद्यालय भवन निर्माण हुने जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) ले जनाएको छ ।

चालु बर्ष दोलखामा ५५ वटा बिद्यालय भवन निर्माण हुने भएको छ । पहिलेको बाँकी रहेको १० र गत आर्थिक वर्ष सम्झौता भई यो वर्ष निर्माण हुन लागेका ४५ गरी ५५ वटा भवन निर्माण हुने ईकाई प्रमुख बरालले जानकारी दिनुभयो । भूकम्पपछि क्षतिग्रस्त भएका विद्यालयहरुमध्ये आर्थिक वर्ष २०७३/७४ मा ७३ वटा निर्माण भएको थियो भने आर्थिक वर्ष २०७४/७५ मा ७२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा ३९ वटा भवन निर्माण सम्पन्न भइसकेको छ भने ३६ वटा बिद्यालय भवन निर्माणाधीन अवस्थामा रहेका छन् । सो आर्थिक वर्ष विभिन्न विद्यालयमा ५६ वटा शौचालय निर्माणको कार्यक्रम पनि समावेश गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा दोलखाले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा भने ४५ वटा विद्यालय निर्माण गर्न सुरु गरिएकोमा हाल ति सबै विद्यालयको निर्माण कार्य भइरहेको छ । अघिल्लो वर्ष विभिन्न विद्यालयमा ७२ वटा शौचालय निर्माण र ७३ वटा खानेपानी सुविधाका कार्यक्रमहरु रहेकोमा सो कार्यक्रम हाल सञ्चालन भइरहेको छ । निर्माण भएका ती विद्यालयहरु ४ कोठा देखि २२ कोठासम्मका आर सीसी भवनहरु, ३ कोठे र २ कोठे टस्ट भवन हुन् । जिल्लामा भुकम्पपछि निर्माण भएका ती विद्यालयका लागि सबै निकायबाट ८ अर्ब ३४ करोड ५५ लाख ३५ हजार ७ सय २८ रुपैँया रकम विनियोजन भएको थियो ।

२९ भदौ, २०७७ । ६ः ०० बजे प्रकाशित ।

VIEWS: 1180 पटक हेरीएको
error: Content is protected !!