दोलखामा महिलाको नाममा जग्गा रजिस्ट्रेसनमा कमि

2 months ago/Thursday, July 29th, 2021

पवना कार्की ।

दोलखा, १४ साउन ।

मालपोत कार्यालय दोलखामा महिलाको नाममा घर जग्गाको कारोबार गर्नेको सङ्ख्यामा कमी आएको छ ।

कार्यालयमा गत आर्थिक वर्ष २०७७/७८ मा २ हजार ५ सय ८ जनाले घर जग्गा कारोबार गरेकोमा महिलाको नाममा ९ सय २७ जनाले मात्रै कारोबार गरेका हुन् । गत आर्थिक वर्ष पुरुषको नाममा १ हजार ५ सय ८१ जग्गा दर्ता भएकोमा महिलाको नाममा ९ सय २७ मात्रै जग्गा दर्ता भएको हो ।

कार्यालयमा गत आर्थिक बर्ष गाउँपालिका क्षेत्रका ९ सय ४६ र शहरी क्षेत्रका १ हजार ५ सय ६२ जना गरी जम्मा २ हजार ५ सय ८ जनाले जग्गा दर्ता गराएका छन् । जसमा नगरपालिका क्षेत्रका ५ सय २३ जना पुरुष र गाउँपालिका क्षेत्रका १ हजार ५८ पुरुषको नाममा जग्गा दर्ता भएको छ । यस्तै नगरपालिका क्षेत्रका ४ सय २३ जना महिला र गाउँपालिका क्षेत्रका ५ सय ४ जना महिलाको नाममा जग्गा दर्ता भएको मालपोत कार्यालय दोलखाका सुचना अधिकारी मुरारी दुलालले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०७७/७८ मा २ हजार ५ सय ८ जनाले घर जग्गा कारोबार गरेकोमा महिलाको नाममा ९ सय २७ जनाले मात्रै कारोबार गरेका हुन् । सरकारले महिलाको नाममा जग्गाको रजिस्ट्रेसन पास गर्दा लाग्ने सरकारी दस्तुरमा ग्रामिण क्षेत्रमा ३५ प्रतिशत, शहरी क्षेत्रमा २५ प्रतिशत तथा एकल महिलाको हकमा दुवै क्षेत्रमा ३५ प्रतिशत छुटको व्यवस्था गरेको छ । विशेषगरी अहिले पनि सम्पतिको हकमा महिलालाई अधिकार दिने चलनमा कमी आएका कारण पनि महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि हुन नसकेको हो । 

उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ हजार ८ सय ९८ जनाले जनाले घर जग्गाको कारोबार गरेका थिए । जसमध्ये ६ सय ३८ जना महिलाको नाममा जग्गा दर्ता भएकोमा १२ सय ६० जना जना पुरुषको नाममा जग्गा दर्ता भएको थियोे । दुई आर्थिक बर्षको तथ्याँकलाई हेर्दा महिलाको भन्दा पुरुषको नाममा धेरै जग्गा दर्ता भएको देखिन्छ । सुचना अधिकारी दुलाले सरकारले महिलाको नाममा घर जग्गा कारोबार गर्दा छुटको व्यवस्था गरेपनि पुरुषको तुलनामा महिलाकोे नाममा जग्गा दर्ता गर्ने क्रम घटेको बताउनुभयो ।

सरकारले महिलाको नाममा जग्गाको रजिस्ट्रेसन पास गर्दा लाग्ने सरकारी दस्तुरमा ग्रामिण क्षेत्रमा ३५ प्रतिशत, शहरी क्षेत्रमा २५ प्रतिशत तथा एकल महिलाको हकमा दुवै क्षेत्रमा ३५ प्रतिशत छुटको व्यवस्था गरेको छ । विशेषगरी अहिले पनि सम्पतिको हकमा महिलालाई अधिकार दिने चलनमा कमी आएका कारण पनि महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि हुन नसकेको हो ।

यस्तै, पछिल्लो वर्षहरुमा सम्बन्ध विच्छेद गर्ने क्रम बढेका कारण पनि महिलाको नाममा स्थायी सम्पत्तीको स्वामित्व दिने कुरामा समाज संशकित बन्दै गएको कारण पनि महिलाकोे नाममा जग्गा दर्ता गर्नेको संख्याका कमि आएको हुनसक्ने अनुमान गरिएको छ ।

१४, साउन २०७८ । ०४ः००बजे प्रकाशित ।

VIEWS: 1625 पटक हेरीएको
error: Content is protected !!