दोलखामा विरोध प्रदर्शन सहित राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (फोटो फिचर)

9 months ago/Friday, December 25th, 2020

ईदोलखा सम्वाददाता ।

दोलखा, १० पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध दोलखामा युवा र बिद्यार्थीहरुले बिरोध प्रदर्शन सहित राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।

नेकपाको भातृ संगठन अनेरास्ववियूको आयोजना राष्ट्रि युवा सँघ नेपाल र अनेरास्ववियूमा आवद्ध बिद्यार्थीहरुले सदरमुकाम चरिकोटमा आज बिरोध प्रदर्शन सहित पुत्ला दहन गरेका हुन् । प्रधानमन्त्रीले गरेको असंवैधानिक कदम खारेज हुनु पर्ने र संसद अधिवेशन सुचारु गर्नु पर्ने माग सहित उनीहरुले नारावाजी सहित प्रदर्शन गरेका हुन् । सदरमुकाम चरिकोटको पशुपतिडाँडावाट सुरु भएको बिद्यार्थीहरुको बिरोध प्रदर्शन बजार परिक्रमा गरी सातदोवाटोमा पुगेपछि राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको थियो । युवा र बिद्यार्थीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले सामान्य हस्तक्षेप गरेको थियो ।

अनेरास्ववियूको आयोजनामा बिरोध प्रदर्शन हुने भएपछि स्थानीय प्रशासनले सातदोवाटो क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी खटाएको थियो । सातदोवाटो चोकमा नेपाल प्रहरीका प्रहरी निरिक्षक रुक्सा बज्राचार्यको नेतृत्वमा ठूलो सँख्यामा प्रहरी परिचालन गरिएको थियो भने शसस्त्र प्रहरीलाई पनि खटाईएको थियो । सातदोवाटो चोकमा प्रदर्शन र पुत्ला दहनपछि आयोजित कोण सभालाई अनेरास्ववियूका केन्द्रीय सदस्य प्रसुन कार्की, जिल्ला संयोजक रोशन खड्का लगायतले सम्वोधन गर्दै संसद बिगटन गर्ने प्रधानमन्त्रीको कदमको बिरोध गरेका थिए । बिरोध प्रदर्शनमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवँ दोलखा जिल्ला इन्चार्ज सन्तोष केसी, युवा संघका जिल्ला नेता भरत श्रेष्ठ लगायतका युवा तथा अनेरास्वबियूका केन्द्रीय सदस्य चन्द्रकुमार लामा, जिल्ला नेताहरु नवराज श्रेष्ठ, प्रविण बस्नेत, आर्टिष्ट मोक्तान, कमल ढकाल, हरि खड्का लगायतका बिद्यार्थी नेताहरु सहभागि थिए । संसद बिगटन गर्ने प्रधानमन्त्रीको कदमपछि दोलखामा अनेरास्ववियू र युवा संघले लगातार बिरोध प्रदर्शन गरिरहेको छ ।

हेर्नुहोस् विरोध प्रदर्शनका तस्विरहरुः

१० पुस, २०७७ । ४ः०० बजे प्रकाशित ।

VIEWS: 8265 पटक हेरीएको
error: Content is protected !!