दोलखामा राहदानी बनाउनेको संख्यामा कमी

4 days ago/Friday, July 31st, 2020

पबना कार्की ।

दोलखा, १६ साउन ।

जिल्ला प्रशासन कार्यालय दोलखामा अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको छ ।

कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा राहदानी बनाउनेको संख्यामा १ हजार ८ सय १६ ले कमि आएको हो । अघिल्लो आर्थिक बर्ष द्रुत र साधारण गरी ६ हजार ३ सय १५ वटा राहदानी वितरण गरिएकोमा गत आर्थिक वर्ष ४ हजार ४ सय ९९ वटा मात्रै राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले जानकारी दिनुभयो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण अन्तराष्ट्रिय उडान समेत बन्द भएपछि दोलखामा पनि राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको सहायक प्रजिअ आलेले बताउनुभयो । उहाँका अनुसार गत वर्ष जिल्ला प्रशासन कार्यालय दोलखाबाट १ हजार ४ जना महिला र १ हजार ४ सय ४४ जना पुरुष गरी कुल २ हजार ४ सय ४८ जनाले राहदानी लिएका थिए ।

जिल्ला प्रशासन कार्यालय दोलखामा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा राहदानी बनाउनेको संख्यामा १ हजार ८ सय १६ ले कमि आएको छ । २ हजार ५१ वटा राहदानी जिल्लाबाट सिफारिस लिएर राजधानी काठमाडौंबाट वितरण भएका छन् भने जिल्ला प्रशासन कार्यालय दोलखाबाट ३ हजार १ सय ७७ वटा राहदानी वितरण गरिएको छ । 

यस्तै, २ हजार ५१ वटा राहदानी जिल्लाबाट सिफारिस लिएर राजधानी काठमाडौंबाट वितरण भएका छन् । जसमध्ये १ हजार ५ जना महिला रहेका छन् भने १ हजार ४६ जना पुरुष रहेका छन् । मुलुकमा लकडाउन भएसँगै चैत्रमा २५ वटा र असारमा ३१ जनालाई राहदानी वितरण गरिएको छ । चैत्रमा ७ महिला र १८ जना पुरुषलाई गरी २५ वटा राहदानी वितरण गरिएको हो । लकडाउनका कारण सबै कार्यलयका काम कारबाही ठप्प भएपछि बैशाख र जेठ महिनामा भने राहदानी वितरण कार्य नभएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष असार महिनामा १५ जना महिला र १६ जना पुरुष गरी ३१ जनाले राहदानी बनाएका छन् ।

यसैगरी, अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा जिल्ला प्रशासन कार्यालय दोलखाबाट ३ हजार १ सय ७७ वटा राहदानी वितरण गरिएको छ । कार्यालयले जिल्लाबाट ११ सय ८० जना महिला र १४ सय ४४ पुरुष गरी २ हजार ६ सय २४ जनालाई राहदानी वितरण गरेको छ । यस्तै, १ हजार ५ महिला र १ हजार ४६ जना पुरुष गरी २ हजार ५ सय ४६ जनाले दोलखाबाट सिफारिस लिएर काठमाडौंबाट राहदानी लिएको सहायक प्रजिअ आलेले बताउनुभयो ।

१६ साउन, २०७७ । ८ः२० बजे प्रकाशित ।

VIEWS: 1125 पटक हेरीएको
error: Content is protected !!