दोलखामा शुक्रवारबाट कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिइने

2 months ago/Tuesday, July 20th, 2021

प्रमिला नेपाली ।

जिरी (दोलखा), ५ साउन ।

दोलखामा ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको (जोन्सन एण्ड जोन्सन) को पहिलो मात्रा लगाइने भएको छ ।

जिल्लाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका, कालिञ्चोक गाउँपालिका, तामोकोशी र बैतेश्वर गाउँपालिकाका ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको (जोन्सन एण्ड जोन्सन) को पहिलो मात्रा लगाइने भएको हो । जिल्ला खोप समन्वय अनुगमन समितिको सोमबार बसेको बैठकको निर्णय अनुसार दोलखाका ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकहरुलाई जोन्सन एण्ड जोन्सनको पहिलो मात्रा लगाउन लागिएको हो । देशभर अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप लगाईरहेकाले दोलखामा पनि सो खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।

दोलखामा ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको (जोन्सन एण्ड जोन्सन) को पहिलो मात्रा लगाइने भएको छ । देशभर अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप लगाईरहेकाले दोलखामा पनि सो खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । जोन्सन एण्ड जोन्सन खोप लगाउनका लागि जिल्लामा ८ हजार ५ सय डोज खोप प्राप्त भएको छ । सो खोप एक मात्रा डोज लगाए पुग्नेछ ।

जसअनुसार जोन्सन एण्ड जोन्सनको पहिलो मात्रा मेलुङ र शैलुङ गाउँपालिकामा साउन ८ र ९ गते लगाइने छ भने कालिञ्चोक गाउँपालिका, भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, तामाकोशी गाउँपालिका तथा बैतेश्वर गाउँपालिकामा साउन ११ गतेदेखि १३ गतेसम्म लगाइनेछ । सो खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइनेछ । साथै यसअघि खोप लगाउन छुटेका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जोन्सन एण्ड जोन्सन खोप लगाउनका लागि जिल्लामा ८ हजार ५ सय डोज खोप प्राप्त भएको छ । सो खोप एक मात्रा डोज लगाए पुग्नेछ ।

५ साउन, २०७८ । ३ः२० बजे प्रकाशित ।

VIEWS: 1865 पटक हेरीएको
error: Content is protected !!