दोलखा, ११ फागुन ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको खुसियालीमा नेकपाका नेता तथा कार्यकर्ताहरुले दोलखा सदरमुकाम चरिकोटमा दिप प्रज्वलन सहित स्वागत गरेका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले सो निर्णय बदर गर्ने फैसला गरेपछि नेकपाका नेता तथा कार्यकर्ताहरुले सदरमुकाम चरिकोटस्थित सातदोबाटोमा दिप प्रज्वलन सहित खुशियाली मनाएका हुन् । दिप प्रज्वलनमा नेकपा दोलखाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । सर्वोच्चको निर्णयलाई ऐतिहाँसिक भन्दै उनीहरुले सडमा निस्किएर खुसियाली मनाएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय आज बदर गरिदिएको छ । सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश समेत दिएको छ ।
११ फागुन, २०७७ । ७ः४५ बजे प्रकाशित ।