दोलखामा सात महिनामा १७ विपद्का घटना, चार जनाको मृत्यु

1 week ago/Tuesday, February 23rd, 2021

दुर्गा बस्नेत ।

दोलखा, ११ फागुन ।

दोलखामा चालु आर्थिक वर्षको सात महिनाको अवधिमा प्राकृतिक विपत्तिका १७ वटा घटना भएकोमा जिल्ला विपद व्यवस्थापन कोषबाट ५ लाख भन्दा बढी रकम निकासा भएको छ ।

जिल्लामा साउनदेखि हालसम्मको अवधिमा प्राकृतिक विपत्तिका १७ वटा घटना भएकोमा विपद व्यवस्थापन कोषबाट ५ लाख ९७ हजार राहत वितरण भएको हो । चालु वर्षको हालसम्मको अवधिमा सवैभन्दा बढी बाढी पहिरोका १० वटा घटना भएका छन् भने ७ वटा आगलागीका घटना भएका छन् । प्राकृतिक विपत्तिका घटना लगत्तै जिल्ला विपत व्यवस्थापन कोषबाट उनीहरुलाई राहत प्रदान गरीएको दोलखाका नयाँ सहायक प्रमुख जिल्ला अधिकारी बद्रि प्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु वर्ष प्राकृतिक विपत्तिको घटनामा परी चार जनाको मृत्यु भएको छ । त्यसमध्य दुई जनाले कोषबाट जनही दुई–दुई लाखको दरले राहत रकम प्राप्त गरीसकेका छन् भने दुई जनाको राहत रकम भुक्तानीको प्रक्रियामा रहेको छ । जिल्ला विपद व्यवस्थापन कोषबाट चालु वर्ष दुई वटा आगलागीका घटनामा नगद १५/१५ हजार राहत प्रदान गरीएको छ भने एउटा आगलागीको घटनामा नगद ५ हजार राहत प्रदान गरीएको छ ।

दोलखामा चालु आर्थिक वर्षको सात महिनाको अवधिमा प्राकृतिक विपत्तिका १७ वटा घटना भएकोमा जिल्ला विपद व्यवस्थापन कोषबाट ५ लाख भन्दा बढी रकम निकासा भएको छ । चालु वर्ष प्राकृतिक विपत्तिको घटनामा परी चार जनाको मृत्यु भएको छ । त्यसमध्य दुई जनाले कोषबाट जनही दुई–दुई लाखको दरले राहत रकम प्राप्त गरीसकेका छन् भने दुई जनाको राहत रकम भुक्तानीको प्रक्रियामा रहेको छ ।

यस्तै बाढी पहिरोमा परी मृत्यु भएका दुई जनालाई जनही दुई लाखका दरले राहत उपलब्ध गराइएको छ भने विपत्तिमा परी मृत्यु भएका एक जनालाई एक लाख रकम उपलब्ध गराइएको छ । २०७७ साल साउन ५ गते प्रकोप पीडीत उद्धार र राहत सम्बन्धी मापदण्ड २०६४ सातौं संसोधन २०७७ जारी भएपछि भएका प्राकृतिक विपत्तिका घटनामा परी मृत्यु भएका दुई जनालाई जनही दुई लाखका दरले र कार्यविधि आउनु भन्दा अघि प्राकृतिक विपत्तिमा परी मृत्यु भएका एक जनालाई एक लाख रकम भुक्तानी दिइएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

गत आर्थिक वर्ष जिल्लामा प्राकृतिक विपत्तिका १७ वटा घटना भएकोमा १४ वटा घटनाका पीडीतले राहत पाएका थिए । गत वर्ष प्राकृतिक विपत्तिका घटनामा जम्मा ५३ हजार रकम मात्रै जिल्ला विपद व्यवस्थापन कोषबाट भुक्तानी भएको थियो । प्राकृतिक विपत्तिमा परी गत वर्ष ३ जनाको मृत्यु भएको थियो ।

गत आर्थिक वर्ष जिल्लामा प्राकृतिक विपत्तिका १७ वटा घटना भएकोमा १४ वटा घटनाका पीडीतले राहत पाएका थिए । गत वर्ष प्राकृतिक विपत्तिका घटनामा जम्मा ५३ हजार रकम मात्रै जिल्ला विपद व्यवस्थापन कोषबाट भुक्तानी भएको थियो । गत वर्ष बाढीपहिरोको एउटा मात्रै घटना भएको थियो भने अधिकांश आगलागीका घटना भएका थिए । प्राकृतिक विपत्तिमा परी गत वर्ष ३ जनाको मृत्यु भएको थियो । जिल्ला विपद व्यवस्थापन कोषबाट आगलागीका कारण घर पुर्ण रुपमा क्षेति भएमा तत्काल लागि १५ हजार राहत उपलब्ध गराउने व्यवस्था छ भने आंशिक क्षेति भएमा त्यसको आधारमा राहत वितरण गर्ने व्यवस्था छ ।

यस्तै चट्याङ, बाढी पहिरो अथवा प्राकृतिक विपत्तिमा परी मानिसको मृत्यु भएको राहत स्वरुप २ लाख रुपैँया कोषबाट वितरण गर्ने व्यवस्था छ । केन्द्र सरकारबाट विपद व्यवस्थापन कोषमा माग गरे अनुसारको बजेट प्राप्त हुने गरेको र सो बजेट प्राप्त भएपछि राहत स्वरुप वितरण गर्ने गरिएको सहायक प्रजिअ तिवारीले जानकारी दिनुभयो । यद्यपी गाउँपालिका वा नगरपालिकाले विपत्तिको घटना भए लगत्तै राहत रकम वितरण गरेमा भने जिल्ला विपद व्यवस्थापन कोषबाट रकम उपलब्ध नगराउने व्यवस्था रहेको छ । विपदको घटनामा परी मृत्यु भएका र घर पुर्ण रुपमा क्षेति भएकाहरुलाई कोषबाट राहत रकम प्रदान गर्ने गरिएको छ ।

११ फागुन, २०७७ । ८ः४५ बजे प्रकाशित ।

VIEWS: 1305 पटक हेरीएको
error: Content is protected !!