दोलखामा ५५ बर्षमाथिका नागरिकलाई साउनदेखि कोरोना बिरुद्ध खोप दिईने

2 months ago/Thursday, July 15th, 2021

जिरी (दोलखा), ३१ असार ।

दोलखाको ७ स्थानीय तहमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ५५ वर्ष भन्दा माथिका सबै नागरिकहरुलाई पहिलो डोज खोप दिइने भएको छ ।

जिल्लाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, बैतेश्वर, मेलुङ, कालिञ्चोक र शैलुङ गाउँपालिकामा कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको हो । जिल्ला खोप समन्वय एवम् अनुगमन समितिको हिजो बसेको बैठकको निर्णय अनुसार आगामी साउन २ गतेदेखी कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ५५ वर्ष भन्दा माथिका सबै नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । जसअनुसार भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, मेलुङ र शैलुङ गाउँपालिकामा साउन २ गतेदेखि ४ गतेसम्म कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने छ भने बैतेश्वर र तामाकोशी गाउँपालिकामा साउन ३ र ५ गते भेरोसेल खोपको पहिलो डोज लगाइने छ ।

दोलखाको ७ स्थानीय तहमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ५५ वर्ष भन्दा माथिका सबै नागरिकहरुलाई पहिलो डोज खोप दिइने भएको छ । जिल्ला खोप समन्वय एवम् अनुगमन समितिको हिजो बसेको बैठकको निर्णय अनुसार आगामी साउन २ गतेदेखी कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ५५ वर्ष भन्दा माथिका सबै नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ५५ वर्ष भन्दा माथिका सबै नागरिकहरुलाई पहिलो डोज खोप लगाउनका लागि जिल्लामा १२ हजार डोज खोप प्राप्त भएको छ । 

यस्तै, विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातयातमा कार्यरत चालक र सहचालकहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु र सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय दोलखाले जारी गरेको सूचनामा उल्लेख छ । खोप लगाउन जाँदा ५५ वर्ष माथिको हकमा नागरिकता, उमेर खुल्ने सरकारी कागजात वा उमेर खुल्ने वडाका सिफारिस लिएर जानु पर्नेछ भने विद्यालयको हकमा विद्यालयको परिचयपत्र लिएर जानु पर्नेछ । यसैगरी, सार्वजनिक सवारी साधनको नम्बर तथा चालक, सहचालकहरुको नाम विवरण सहित सम्बन्धित व्यवसायी प्रालिले जिल्ला प्रशासन कार्यालयमा पेश गरी जिल्ला प्रशासनको सिफारिस लिएर जानु पर्नेछ भने बाहिर जाने नागरिकहरुले पासपोर्ट र भिषा र भिषा प्रक्रियामा रहेकाको हकमा जिल्ला प्रशासन कार्यालयको सिफारिस लिएर जानु पर्ने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ५५ वर्ष भन्दा माथिका सबै नागरिकहरुलाई पहिलो डोज खोप लगाउनका लागि जिल्लामा १२ हजार डोज खोप प्राप्त भएको छ । यसअघि जिल्लामा ९ हजार ९ सय ३९ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । जसमध्य ५ हजार १ सय १९ जनाले पहिलो र दोस्रो दुवै डोज खोप लगाइसकेका छन् ।

३१ असार, २०७८ । ५ः१५ बजे प्रकाशित ।

VIEWS: 2565 पटक हेरीएको
error: Content is protected !!