दोलखाली समाजमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः काफ्ले

5 days ago/Saturday, November 9th, 2019

दोलखा, २३ कात्तिक ।

दोलखाली समाजको १७ औं वार्षिक साधारणसभाले शंकर काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोे छ ।

काठमाडौं उपत्यकामा रहेका दोलखालीहरुको साझा संस्था दोलखाली समाजको आज सम्पन्न १७ औं वार्षिक साधारण सभाले पुनःशंकर काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा बालकृष्ण दोल्खे र बुद्धि प्रसाद पोखरेल, महासचिवमा कुमार प्रसाद दहाल, सचिवमा जयबहादुर खड्का, कोषाध्यक्ष खुस बहादुर खड्का निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा गोविन्द सुवेदी, राधिका आचार्य, राजु कार्की, शान्ति शिवाकोटी, एसाङ तामाङ, मन्जु सुवेदी, सरिता शिवाकोटी र कमला फुयाल रहेका छन् । संस्थाका अध्यक्ष शंकर काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालकृष्ण बस्नेत, लक्ष्मि बस्नेत र अजिता अर्यालले निर्वाचन समितिको भुमिका निर्वाह गरेका थिए । दोलखाली समाजको कार्यसमितिमा जिरी नगरपालिकाबाट पछि एक सदस्यीय चयन हुनेछन् ।

२३ कात्तिक, २०७६ । १ः०० बजे प्रकाशित ।

VIEWS: 2705 पटक हेरीएको
error: Content is protected !!