दोलखा उद्योग वाणिज्य सँघमा कार्की प्यानलको उम्मेदवारी घोषणा

4 months ago/Monday, May 6th, 2019

दोलखा, २३ बैशाख ।

दोलखा उद्योग वाणिज्य सँघको यहि बैशाख २८ गते हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष सुन्दर कार्कीको प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

कार्की समुहले आज सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेको हो । कार्की प्यानलबाट सँघको सदस्यहरुमा गांगाबहादुर बुढाथोकी, दिनेश बस्नेत, दिनेश पाठक, बलराम थापा, विकास श्रेष्ठ, भिम बहादुर श्रेष्ठ, राजकुमार खड्का, सरुणा श्रेष्ठ, सुरेस उप्रेती, सुन्दर श्रेष्ठ, श्यामकृष्ण कायस्थ र हिमाल न्यौपानेको उम्मेदवारी परेको छ । यस्तै एशोसिएट सदस्यका लागि रामदास श्रेष्ठ तथा आरक्षण सदस्य तर्फ नविना लामा र अनिल रिजालले उम्मेदवारी घोषणा गरेका छन् ।

कार्की यसअघि पनि रामेश्वर मानन्धरलाई १ मतले पराजित गर्दै दोलखा उद्योग वाणिज्य सँघको अध्यक्षमा विजयी भएका थिए । कार्की प्यानलले उम्मेदवारी घोषणासँगै १९ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

कार्की यसअघि पनि रामेश्वर मानन्धरलाई १ मतले पराजित गर्दै दोलखा उद्योग वाणिज्य सँघको अध्यक्षमा विजयी भएका थिए । तर, मतगणनामा धाँधली भएको भन्दै अदालतमा उजुरी दिएपछि सर्वाेच्चले टुंगो नलगाउँदै कार्कीको कार्यकाल सकिएर पुनः निर्वाचन हुन लागेको हो । ३ वर्षमा उनले सँघको साधारणसभा समेत गराउन सकेका थिएनन् । तर, कार्कीले पुनः उम्मेदावरी घोषणा गरेका हुन् ।

कार्की प्यानलले उम्मेदवारी घोषणासँगै १९ बुँदे घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रको पहिलो बुँदामा सँघको क्षतिग्रस्त भवन ३ महिनाभित्र पुननिर्माण गर्ने उल्लेख गरिएको छ भने दोस्रो बुँदामा दोलखाको पर्यटन प्रवद्र्धनका लागि प्रत्यक वर्ष दोलखामा महोत्सव गरिने उल्लेख छ । कार्की प्यानलले जिल्लाको कृषी, पर्यटन, लघु घरेलु तथा साना उद्योग, जलस्रोत क्षेत्रमा लगानीका लागि लगानी सम्मेलन गर्ने विषयलाई घोषणपत्रको तेस्रो बुँदामा समेटेको छ ।

को को छन् उम्मेदवार हेर्नुहोस् नामावलीः

२३ वैशाख, २०७६ । ७ः ३० बजे प्रकाशित ।

VIEWS: 4200 पटक हेरीएको
error: Content is protected !!