दोलखा उद्योग वाणिज्य सँघको चुनाव (हेर्नुहोस तस्वीरमा)

3 months ago/Saturday, May 11th, 2019

दोलखा, २८ बैशाख ।

दोलखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

सदरमुकाम चरिकोट स्थित सिमपानी हलमा दिउँसो २ बजेवाट मतदान सुरु भएको हो । संघका मतदाताहरु लामवद्ध भएर मतदान गरिरहेका छन् । संघको २२ औं साधारण सभा एवँ अधिवेशन उद्घाटन समारोह लम्बिएका कारण दिउँसो १ बजेवाट सुरु गर्ने भनिएको मतदान एक घण्टा ढिलोगरी सुरु भएको हो । संघको अध्यक्ष पदका लागि सुन्दर कार्की र इन्द्रवहादुर श्रेष्ठ चुनावी मैदानमा छन् । कार्की र श्रेष्ठ छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । दुवै प्यानल वीच निकै कडा प्रतिश्पर्धा हुने अनुमान गरिएको छ ।

निर्वाचनका कारण सिमपानी क्षेत्र खचाखच भरिएको छ भने ट्राफिक जाम समेत भएको छ । दोलखा उद्योग वाणिज्य संघका ८ सय ५२ जना मतदाता रहेकोमा ५ सय ८४ जना चरिकोटमा, सिंगटीमा ८६, मागादेउरालीमा ७९, मैनापोखरीमा ६२ र अन्य ४१ सदस्य छन् । रोचक पक्ष उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि नेकपाका जिल्ला अध्यक्ष इस्वरचन्द्र पोखरेल, कांग्रेसका पूर्व जिल्ला सभापति तारावहादुर कोईराला र भीमेस्वर नगरपालिकाका नगर प्रमुख भरत केसीले पनि मतदान गर्ने छन् । उनीहरु संघको सदस्य भएका कारण मतदान गर्न लागेका हुन् ।

२८ बैशाख, २०७६ । ३ः ०० बजे प्रकाशित ।

VIEWS: 4245 पटक हेरीएको
error: Content is protected !!