दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा ईन्द्र श्रेष्ठ निर्वाचित

3 months ago/Sunday, May 12th, 2019

दोलखा, २९ बैशाख ।

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा ईन्द्रवहादुर श्रेष्ठ विजयी भएका छन् ।

आज सम्पन्न मतगणना अनुसार श्रेष्ठ ४ सय ३ मत प्राप्त गर्दै सँघको अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले निकटतम् प्रतिद्धन्द्धी सुन्दर कार्कीलाई ३६ मतान्तरले पराजित गरेका छन् । अध्यक्षका प्रत्यासी कार्कीले ३ सय ६७ मत पाएका छन् । दोलखाको व्यवसायीक घरानाका कान्छा सदस्य रहेका श्रेष्ठ यसअघि अघिल्लो निर्वाचनमा पनि लोकप्रिय मतका साथ संघको महासचिव पदमा निर्वाचित भएका थिए । दोलखा उद्योग वाणिज्य संघको हिजो सम्पन्न निर्वाचनमा ८ सय ५ मत खसेको थियो ।

 

दोलखा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा श्रेष्ठ प्यानलका ९ र कार्की प्यानलका ६ जना सदस्य निर्वाचित भएका छन् । कार्की प्यानलवाट सदस्य पदको उम्मदेवार बनेका दिनेश बस्नेतले सवैभन्दा बढी ४ सय ७ मत ल्याएर बिजयी भएका छन् ।

यसैवीच, दोलखा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा श्रेष्ठ प्यानलका ९ र कार्की प्यानलका ६ जना सदस्य निर्वाचित भएका छन् । श्रेष्ठ प्यानलवाट ४ सय मत ल्याएर दिनेश थापा, ३ सय ९३ मतका साथ सनत थापा, ३ सय ७१ मतका साथ गणेश विक्रम साही, ३ सय ७० मतका साथ देवकृष्ण थापा, ३ सय ६७ मत ल्याएर हेमराज रिमाल र ३ सय ६१ मत ल्याएर बिमल श्रेष्ठ सदस्य पदमा निर्वाचित भएका छन् । श्रेष्ठ प्यानलकै महिला सदस्य अनिता श्रेष्ठ ३ सय ८२ र दलित सदस्य नवराज रिजाल ३ सय ४० मत ल्याएर बिजयी भएका छन् । सोही समूहवाट एसोसिएट सदस्यका उम्मेदवार कृष्णवहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भईसकेका छन् ।

उता कार्की प्यानलवाट सदस्य पदको उम्मदेवार बनेका दिनेश बस्नेतले सवैभन्दा बढी ४ सय ७ मत ल्याएर बिजयी भएका छन् । कार्की प्यानलकै बलराम थापा ३ सय ८०, स्याकृष्ण कायस्थ ३ सय ७४, सुरेश उप्रेती ३ सय ६५, हिमाल न्यौपाने ३ सय ६० र दिनेश पाठक ३ सय ५९ मत ल्याएर बिजयी भएको प्रमुख निर्वाचन अधिकृत एवँ नेपाल बार एसोशिएसन दोलखा शाखाका अध्यक्ष सरोज उप्रेतीले जानकारी दिनुभयो ।

२९ बैशाख २०७६ । ३ः२५ बजे प्रकाशित

VIEWS: 11730 पटक हेरीएको
error: Content is protected !!