दोलखा घर भएका पूर्ब सचिब अर्जुनकुमार कार्कीको श्रीमतीको हत्या, कामदार मृत फेला

3 months ago/Monday, February 10th, 2020

दोलखा, २७ माघ ।

दोलखा घर भएका पुर्वसचिव अर्जुनकुमार कार्कीकी पत्नी मुनाको हत्या भएको छ ।

ललितपुरको सानेपास्थित कार्कीको निवासमा आज विहान टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला परेकी मुनाको स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पूर्बसचिब कार्की बिहान बाहिरबाट घर फर्किँदा श्रीमति घाईते र कामदार दाङका २२ बर्षिय नवीन चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटना देखे लगत्तै कार्कीले प्रहरीलाई खवर गरेका थिए । मुनाको हत्यामा कामदारको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।

घरमा काम गर्दै आएका चौधरीले भान्सामा रहेको पिर्का प्रहार गरेर मुनाको हत्या गरेपछि झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुषन्धानबाट देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रबक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो । यद्यपि घटनाको विषयमा थप अनुषन्धान भैरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार हाल घटनास्थलमा फारेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

२७ माघ, २०७६ । ३ः १५ बजे प्रकाशित ।

VIEWS: 45805 पटक हेरीएको
error: Content is protected !!