दोलखा जिल्लाकै ठूलो खानेपानी आयोजनाको निर्माण कार्य तीव्र

5 months ago/Tuesday, February 18th, 2020

लक्ष्मी बस्नेत ।

दोलखा, ६ फागुन

दोलखा सदरमुकाम चरिकोटमा निर्माणाधिन जिल्लाकै सबैभन्दा ठुलो खानेपानी आयोजनाको १९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाको पहलमा चरिकोटमा बन्न लागेको जिल्लाकै सबैभन्दा ठुलो ‘चरिकोट सहरी खानेपानी तथा सरसफाई आयोजना’ को हालसम्म १९ प्रतिशत काम सम्पन्न भएको हो । खानेपानी आयोजना निर्माणका लागि नगर विकास कोष, शहरी खानेपानी तथा सरसफाई सेक्टर आयोजना, भीमेश्वर नगरपालिका, सञ्जीवनी निर्माण सेवा र चरिकोट खानेपानी उपभोक्ता समितिबीच गत वर्षको चैतमा ठेक्का सम्झौता भएपछि जेठबाट आयोजना निर्माण सुरु भएको थियो । जसअनुसार हालसम्म १९ प्रतिशत काम सम्पन्न भएको र यो महिना भित्रमा २५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य लिईएको चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाका अध्यक्ष रामकृष्ण केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खानेपानी आयोजना अन्र्तगत विभिन्न पानीको मुहानबाट करिव २० किलोमिटर पाईपलाइन बिच्छ्याई सकिएको छ भने पानी जम्मा गर्ने ९ वटा ट्याङ्की निर्माणको काम सुरु भएको छ । हात्तिछहरादेखि पानीको मुहानहरु सँकलन गर्दै चरिकोटमा ल्याएर जम्मा गरिने सो आयोजनामा हात्तिछहरा, वांगे खोला, डुड खोला, गैरी, कागते, ओडारे, घट्टेखोला र चर्नावतीको पानी संकलन गरि १ लाख देखि २ लाख लिटर क्षमताका ११ वटा नयाँ पानी ट्यांकी निर्माण गरिने भनिएकोमा ९ वटाको काम सुरु भएको हो ।

चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाको पहलमा चरिकोटमा बन्न लागेको जिल्लाकै सबैभन्दा ठुलो ‘चरिकोट सहरी खानेपानी तथा सरसफाई आयोजना’ को हालसम्म १९ प्रतिशत काम सम्पन्न भएको छ । खानेपानी आयोजना मृत सञ्जीवनी निर्माण कम्पनीले ७१ करोड ८२ लाख ३५ हजारमा ठेक्का सम्झौता गरि निर्माणको काम गरिरहेको हो । आयोजना नेपाल सरकारको ७५ प्रतिशत अनुदान र नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोगबाट बन्न लागेको हो ।

यस्तै, ३ वटा नयाँ ट्रिटमेन्ट प्लान्ट निर्माण र एउटा पुरानो ट्रिटमेन्ट प्लान्ट मर्मत गरिने भनिएकोमा मर्मत बाहेक नयाँ निर्माणको काम सुरु भएको छ । साथै आयोजनामा स्कारा सिस्टम फिटिङका लागि अर्काे साता भारतबाट प्राविधिक टोली आउने भएको छ । ‘स्कारा सिस्टम’ बाट निर्माण हुने यो आयोजनामा चरिकोटमै बसेर पानी खोल्न वन्द गर्न सकिने र प्रत्येक दिन पानीको ल्याव टेष्ट हुने सँस्थाका अध्यक्ष केसीले बताउनुभयो ।

आयोजना निर्माणका लागि हात्तिछहरासम्म जाने नयाँ ट्रयाक खोल्ने काम पनि अन्तिम चरणमा पुगेको छ । सो खानेपानी आयोजना मृत सञ्जीवनी निर्माण कम्पनीले ७१ करोड ८२ लाख ३५ हजारमा ठेक्का सम्झौता गरि निर्माणको काम गरिरहेको हो । आयोजना २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएकोमा हालसम्म १९ प्रतिशत निर्माण पुरा भएको हो ।

हालसम्म सन्तोषजनक रुपमा काम भईरहेको आयोजनाका प्रमुख संरक्षक विश्वननिति सिंह पाख्रिनले जानकारी दिनुभयो । उहाँका अनुसार चरिकोट सहरी खानेपानी तथा सरसफाई आयोजनावाट ३ हजार ८ सय ४२ घरधुरी लाभान्वित हुनेछन् । सो खानेपानी आयोजना भीमेश्वर नगरपालिकाको हालको वडा नम्वर २, ३, ४, ५, ६ र ७ मा सञ्चालन हुनेमा ६ र ४ मा पुर्ण रुपमा र अन्य वडामा आशिंक रुपमा आयोजना सञ्चालन हुनेछ । आयोजना नेपाल सरकारको ७५ प्रतिशत अनुदान र नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोगबाट बन्न लागेको हो ।

६ फागुन, २०७६ । ११ः३० बजे प्रकाशित ।

VIEWS: 7830 पटक हेरीएको
error: Content is protected !!