दोलखा जिल्ला बचत सँघको अध्यक्षमा खड्का सर्वसम्मत चयन

7 months ago/Saturday, January 11th, 2020

दोलखा, २६ पौष ।

दोलखा जिल्ला बचत तथा ऋण सहकारी सँघ लिमिटेडको २१ औँ वार्षिक साधारणसभा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
साधारणसभाले भूमीराज खड्काको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । सँघको उपाध्यक्षमा जगत सुवेदी र पवन दाहाल चयन भएका छन् भने महासचिवमा अनिल श्रेष्ठ, सचिवमा पुर्णदेवी तामाङ, कोषाध्यक्षमा तेञ्जिङ शेर्पा चयन भएका छन् । यस्तै, सिताराम दाहाल, पुशराम कार्की, नारायण बुढाथोकी, तारानाथ चौँलागाई, मोहन पाठक, नारायण बहादुर श्रेष्ठ, गोपाल ध्वज श्रेष्ठ, मिना जिरेल र सर्मिला सापकोटा सँघको नयाँ सञ्चालक सदस्य बनेका छन् । यसैबीच, सँघको साधारणसभाले डम्वरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीक्षेण समिति पनि सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यमा ढालबहादुर सापकोटा र प्रतिभा घिमिरे रहेका छन् ।

सँघको शेयर पूँजी ३८ प्रतिशतले वृद्धि

यसअघि दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न सँघको २१ औँ साधारणसभाको नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाकी ईञ्चार्ज देवी खडकाले उद्धघाटन गर्नुभएको थियो । साधारणसभामा सँघका महासचिव अनिल श्रेष्ठले सञ्चालक समितिको प्रतिवेदन तथा कोषाध्यक्ष जगत सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष सुवेदीले सँघको शेयर पूँजी गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएर ३७ लाख ९९ हजार ८ सय पुगेको र ६ करोड १९ लाख २८ हजार ९ सय ९ रुपैयाँ बचत रहेको जानकारी दिनुभयो ।

विभिन्न सहकारी सम्मानित

सँघले साधारणसभाको अवसर पारेर एक्सेस तथा प्रोवेशन व्राण्ड पाउन सफल जिल्लाका सहकारीहरुलाई सम्मान गरेको छ । सँघले पछिल्लो पटक एक्सेस व्राण्ड पाउन सफल मिलिजुली साकोस र हाम्रो जनकल्याण तथा हालै मात्र प्रोवेशन व्राण्ड पाउन सफल जनमुखी साकोस, एकिकृत फ्रेण्डसिप साकोस र शिक्षक कल्याण साकोसलाई सम्मान गरेको हो । साथै सँघमा आवद्ध भई उत्कृष्ट बचत र ऋणको कारोवार गर्ने तथा सर्वाधिक शेयर खरिदकर्ता सहकारीलाई पनि सम्मान गरिएको छ । यस्तै, सँघको साधारणसभाको अवसरमा जिल्लाका दुई जना उत्कृष्ट सहकारीकर्मी र एक जना व्यवस्थापक पनि पुरस्कृत भएका छन् ।

सँघका अध्यक्ष जिवसराज खड्काको अध्यक्षतामा सम्पन्न साधारणसभामा ३ नम्वर प्रदेश सहकारी सँघका सचिव भिमप्रसाद दाहाल र जिल्ला सहकारी सँघका अध्यक्ष हेमन्त चौँलागाई लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२६ पौष, २०७६ । ४ः ४५ बजे प्रकाशित ।

VIEWS: 3215 पटक हेरीएको
error: Content is protected !!