दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी संघद्धारा ४७ पिन्ट रगत संकलन

2 weeks ago/Thursday, July 23rd, 2020

दोलखा, ८ साउन ।

दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी संघले स्थापना दिवसको अवसर पारेर ४७ पिन्ट रगत संकलन गरेको छ ।

सँघले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रमको आयोजना गरी ४७ पिन्ट रगत संकलन गरेको हो । संकलित रगत आजै नेपाल रेडक्रस सोसाइटी दोलखा शाखालाई हस्तान्तरण गरिएको दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी संघका अध्यक्ष भिमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा संघका अध्यक्ष सहित, कार्यसमितिका सदस्य, नेपाल प्रहरी र पत्रकार लगायतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा जिल्ला समवन्य समिती दोलखाका प्रमुख डबल पाण्डे, भिमेश्वर नगरपालिकाका नगर प्रमुख भरत केसी, नेपाल रेडक्रस दोलखा शाखाका सभापति गोकर्ण पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

८ साउन, २०७७ । २ः१० बजे प्रकाशित ।

VIEWS: 645 पटक हेरीएको
error: Content is protected !!