दोलखा र रामेछापको लेकाली क्षेत्रमा फलेको आलु काठमाण्डौंको बजारमा

2 months ago/Friday, July 16th, 2021

ईदोलखा संवाददाता ।

जिरी (दोलखा), १ साउन ।

दोलखा र रामेछापको उच्च हिमाली क्षेत्रमा उत्पादन भएको आलु काठमाण्डौंको बजारमा पुग्न थालेको छ ।

दोलखाको शैलुङ र जिरी तथा रामेछापको गोकुलगँगा र उमाकुण्डको हिमाली क्षेत्रमा उत्पादन भएको बर्षे आलु काठमाण्डौंको बजारमा उपलव्ध हुन थालेको छ । माघदेखि फागुनसम्म रोपेको बर्षे आलु फलेर खन्न सुरु भएसँगै स्थानीय किसानले काठमाण्डौं उपत्यकाको तरकारी बजारमा पुर्याउन थालेका हुन् । कतिपय स्थानीय कृषि ठेकेदारले दोलखा र रामेछापको आलुलाई काठमाण्डौं उपत्यका बाहेक मुलुकका अन्य सहरमा समेत पठाउन थालेका छन् । गाउँ गाउँमै पुगेर आलु खरिद गर्ने क्रम बढेपछि हिमाली क्षेत्रका किसानहरुलाई यतिखेर असार १५ जस्तो भएको छ । उनीहरु आलु खन्न र विक्रि गर्न निकै व्यस्त देखिएका छन् ।

दोलखा र रामेछापमा बर्षे आलु प्रति किलो ३५ रुपैयाँदेखि ४५ रुपैयाँसम्म कारोवार भईरहेको छ । स्थानीय अगुवा किसानहरुले गाउँघरको आलु खरिद गरी ढुवानी भाडा र केही नाफा जोडेर काठमाण्डौंको बजारमा दिने गरेका छन् । काठमाण्डौं पुर्याउँदा प्रति किलो आलुको मुल्य ५० देखि ५५ रुपैयाँसम्म पर्ने गरेको छ । जिरी ७ खावाका व्यवसायी सानु शेर्पाले निषेधाज्ञा खुलेर भारतीय आलु नेपालको बजारमा भित्रिएका कारण गत बर्षको भन्दा यो बर्ष आलुको मुल्यमा गिरावट आएको बताउनुभयो । यद्धपि, दोलखा र रामेछापको उत्तरी क्षेत्रमा उत्पादन हुने आलु अर्गानिक र गुणस्तरीय भएका कारण काठमाण्डौं उपत्यकामा उच्च माग रहेको उहाँले बताउनुभयो ।

दोलखाको शैलुङ र जिरी तथा रामेछापको गोकुलगँगा र उमाकुण्डको हिमाली क्षेत्रमा उत्पादन भएको बर्षे आलु काठमाण्डौंको बजारमा उपलव्ध हुन थालेको छ । माघदेखि फागुनसम्म रोपेको बर्षे आलु फलेर खन्न सुरु भएसँगै स्थानीय किसानले काठमाण्डौं उपत्यकाको तरकारी बजारमा पुर्याउन थालेका हुन् । कतिपय स्थानीय कृषि ठेकेदारले दोलखा र रामेछापको आलुलाई काठमाण्डौं उपत्यका बाहेक मुलुकका अन्य सहरमा समेत पठाउन थालेका छन् । तर, सडकको असुविधा र शीतभण्डारको अभावका कारण बर्षा मौसममै सस्तोमा आलु विक्रि गर्नु पर्दा पर्याप्त आम्दानी गर्न नसकेको किसानहरूको गुनासो छ । लेकाली क्षेत्रमा उत्पादन गरिएको आलुमा रासायनिक मल र बिषादी प्रयोग नहुने भएका कारण स्वस्थकर र स्वादिष्ट मानिन्छ ।

जिरी नगरपालिकाको ढुङ्गे, भन्डार, बुलडाडा, सिक्री, लिङ्कन, माली श्यामा लगायतका स्थानमा उत्पादन भएको आलु बिक्री वितरणका लागि राजधानी लैजाने गरिएको हो । रामेछापको चुचुरेकी किसान दुर्गा सुनुवारले सो क्षेत्रमा व्यवसायीक आलु खेतीवाट किसानले राम्रो आम्दानी गर्न सफल भएको बताउनुभयो । गोकुलगँगा र उमाकुण्डको हिमाली क्षेत्रका किसानको मुख्य खेती आलु भएका कारण यतिखेर आलु खन्ने, भित्रयाउने र विक्रि गर्न किसानहरु व्यस्त रहेका छन् । रामेछापको चुुचुरे, ठोसे, शिवालय तथा उमाकुण्डको अधिकाँश क्षेत्रमा व्यवसायीक आलु उत्पादन हुने गरेको छ ।

यस्तै, दोलखाको शैलुङ गाउँपालिकाको झोर, मनगाउँ लगायत अधिकाँश भुगोलमा तथा मेलुङ गाउँपालिकाको भेडपु, डाडाखर्क, गौरीशंकर, बिगु र कालिन्चोकको उच्च क्षेत्रमा पनि व्यवसायीक आलु उत्पादन हुन्छ । जिरी नगरपालिकाको अधिकाँश भुगोलमा व्यवसायीक आलु खेती गर्ने गरिएको छ । तर, सडकको असुविधा र शीतभण्डारको अभावका कारण बर्षा मौसममै सस्तोमा आलु विक्रि गर्नु पर्दा पर्याप्त आम्दानी गर्न नसकेको किसानहरूको गुनासो छ । लेकाली क्षेत्रमा उत्पादन गरिएको आलुमा रासायनिक मल र बिषादी प्रयोग नहुने भएका कारण स्वस्थकर र स्वादिष्ट मानिन्छ ।

१ साउन, २०७८ । ६ः०० बजे प्रकाशित ।

VIEWS: 6435 पटक हेरीएको
error: Content is protected !!