दोेलखामा भैरव कुमारी घर निर्माण सुरु

3 weeks ago/Friday, April 2nd, 2021

दोलखा, २० चैत ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित टसिचा टोलमा भैरव कुमारी घर निर्माण सुरु भएको छ ।

विनाशकारी भूकम्पले भवनमा क्षेति पुगेको ५ वर्षपछि भैरव कुमारी घर निर्माण सुरु भएको हो । भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विराजमान श्रेष्ठका अनुसार भीनपा २ को १४ लाख सहयोग र स्थानीयबाट संकलित रकमबाट भैरव कुमारी घर निर्माण सुरु गरिएको हो । भैरवकुमारी घर निर्माणका लागि स्थानीयबाट हालसम्म २८ लाख ७२ हजार रकम संकलन भएको भैरवकुमारी भवन निर्माण समितिका अध्यक्ष गोपाल प्रधानले जानकारी दिनुभयो । कुमारी भवन दुई तलाको निर्माण गरिने र त्यसका लागि कुल ७२ लाख लाग्ने अनुमान गरीएको छ । यद्यपी चालु आर्थिक वर्ष भवनको एक तला निर्माण गर्ने योजना छ । प्राकृतिक महत्वको भवन भएकाले सैयौ वर्षसम्म टिक्ने गरी भवन निर्माण गर्न लागीएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित टसिचा टोलमा भैरव कुमारी घर निर्माण सुरु भएको छ । भीनपा २ को १४ लाख सहयोग र स्थानीयबाट संकलित रकमबाट भैरव कुमारी घर निर्माण सुरु गरिएको हो । भैरवकुमारी घर निर्माणका लागि स्थानीयबाट हालसम्म २८ लाख ७२ हजार रकम संकलन भएको छ ।

सो भवनमा राखिने झ्याल, ढोका लगायतका काठका सामाग्री ललितपुरको पाटनबाट मगाइएको छ । भूकम्पपछि हालसम्म कुमारी भवन निर्माण नहुँदा भैरव कुमारीको मुर्ति गुठियाहरहरुकोमा राखिएको छ भने गत वर्ष त्रिपाल टाँगेर कुमारी जात्रा निकालिएको थियो । दोलखा बजारमा गाईजात्राको भोलिपल्टदेखि ५ दिनसम्म भैरव कुमारी जात्रा मनाउने चलन छ । द्धापरयुगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुख दिन थालेपछि उनीहरुलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको धार्मिक मान्यता छ । तान्त्रिक विधि गरेर सुरु गरिने जात्रा निकाल्नुपुर्व व्रत बस्ने महिला दिनभर नखाई टसिचा टोलको गुठीघरमा भेला हुने गर्दछन् । कुमारी ब्रत बसेपछि रोग नलाग्ने, चिताएको पुग्ने जनविश्वास छ ।

२० चैत, २०७७ । ३ः२५ बजे प्रकाशित ।

VIEWS: 945 पटक हेरीएको
error: Content is protected !!