नगरपालिकाले यन्त्र वितरण गरेपनि भीमेश्वरमा रोकिएन बाँदर आतंक

2 months ago/Wednesday, July 28th, 2021

ईदोलखा संवाददाता ।

दोलखा, १३ साउन ।

दोलखाको भीमेश्वर नगरपालिकाले बाँदर धपाउने यन्त्र खरिद गरेर वितरण गरेपनि बाँदर नियन्त्रणमा आउन सकेको छैन ।
नगरपालिकाले पालिकाभित्रका ९ वटै वडामा बाँदरको आतंक मच्चिएपछि बाँदर धपाउने यन्त्र खरिद गरेर वितरण गरे पनि सो यन्त्र बाँदर धपाउन प्रभावकारी नभएको देखिएको छ । भीमेश्वर नगरपालिकाले बाँदर नियन्त्रणका लागि राष्ट्रिय आविस्कार केन्द्रबाट प्रतिगोटा २५ सयका दरले १ लाख २५ हजारमा कार्वन सहितको ५० वटा यन्त्र खरिद गरी किसानलाई वितरण गरेको थियो । तर सो यन्त्र बाँदर नियन्त्रणमा खासै प्रभावकारी नदेखिएको हो । बन्दुक पड्काए जस्तो आवाज आउने सो यन्त्र पड्काउँदा पनि बाँदर नभाग्ने भएका कारण आफुहरु हैरान भएको किसानहरुले बताएका छन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर ६ का किसान माधव प्रसाद न्यौपानले नगरपालिकाले वितरण गरेको बाँदर धपाउने यन्त्र खासै प्रभावकारी नभएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरु सुरुमा यन्त्र पड्काउँदा बाँदर भागे पनि अहिले बाँदर नभाग्ने भएका कारण समस्या भएको छ । यस्तै भीमेश्वर नगरपालिका वडा नम्बर ५ किँरातीछापका धु्रव कार्कीले पनि नगरपालिकाले वितरण गरेको यन्त्र प्रभावकारी नभएको बताउनुभयो । यन्त्र पड्काउँदा बाँदर नभाग्ने भएका कारण आफुहरु हैरान भएको उहाँको गुनासो छ ।

भीमेश्वर नगरपालिकाले बाँदर नियन्त्रणका लागि राष्ट्रिय आविस्कार केन्द्रबाट प्रतिगोटा २५ सयका दरले १ लाख २५ हजारमा कार्वन सहितको ५० वटा यन्त्र खरिद गरी किसानलाई वितरण गरेको थियो । तर सो यन्त्र बाँदर नियन्त्रणमा खासै प्रभावकारी नदेखिएको हो ।भीमेश्वर नगरपालिका वडा नम्बर ५ किँरातीछापका धु्रव कार्कीले पनि नगरपालिकाले वितरण गरेको यन्त्र प्रभावकारी नभएको बताउनुभयो । यन्त्र पड्काउँदा बाँदर नभाग्ने भएका कारण आफुहरु हैरान भएको उहाँको गुनासो छ ।

भीमेश्वर नगरपालिकाकी पशु स्वास्थ्य प्राविधिक रमला घिसिङले पनि यन्त्र प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयो । यन्त्र वितरण गर्ने वित्तिकै सुरुको अवस्थामा प्रभावकारी भएपनि पछिल्लो समय प्रभावकारी नभएको किसानको गुनासो आएको उहाँले बताउनुभयो । बाँदर मानिस भन्दा पनि बाठो भएकाले यन्त्र प्रभावकारी हुन छाडेको पशु स्वास्थ्य प्राविधिक घिसिङको भनाई छ । नगरपालिकाले चालु आर्थिक वर्ष पनि बाँदर नियन्त्रणका लागि ३ लाख बजेट छुट्याएको छ ।

पछिल्लो समय बस्तीबाट बाँदर बजार क्षेत्रसम्म निस्कन थालेका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ३ को पाखाटोल, राउतगाउँ, खैँदाल, सरपा लगायतका स्थान हुँदै बाँदर सदरमुकाम चरिकोटको बजार क्षेत्रसम्म निस्कन थालेका हुन् । बाँदरले विशेष गरी भीमेश्वर नगरपालिका वडा नम्बर १ को फासेलुङ, गुम्फुङ, बोसिम्पा, खोलेमा बाँदरले निकै दुख दिएको छ भने वडा नम्बर २ को सिंहवन, कालर वनको आसपासका सबै स्थानमा बाँदरले किसानहरुलाई हैरान बनाएको छ । यस्तै वडा नम्बर ४ का फस्मी, कोलेघोगडी, पीप्ले, गोबरधन, डीही लगायतका स्थानमा बाँदरले वालीनाली सखाप पारेको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ५ का पनि सबै स्थानमा बाँदरले निकै सास्ती दिएपछि स्थानीय बिस्थापित नै हुनुपर्ने अवस्थामा पुगेका छन् ।

पछिल्लो समय बस्तीबाट बाँदर बजार क्षेत्रसम्म निस्कन थालेका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ३ को पाखाटोल, राउतगाउँ, खैँदाल, सरपा लगायतका स्थान हुँदै बाँदर सदरमुकाम चरिकोटको बजार क्षेत्रसम्म निस्कन थालेका हुन् । आफुले लगाएको खाद्यान्नबाली, फलफुल खेती बाँदरले नष्ट गरिदिने गरेका कारण विस्थापित नै हुनुपर्ने अवस्थामा पुगे पनि नगरपालिकाले बाँदर नियनत्रणका लागि प्रभावकारी योजना ल्याउन र वालीनाली क्षेति भएकाहरुलाई उचित क्षेतिपुर्तिको व्यवस्था गर्न नसकेको किसानहरुको गुनासो छ ।

वडा नम्बर ७ को बाउनगाउ, फल्पु धनी, साखिने, कुप्रि लगायतका स्थानमा बाँदरले धेरै सताएपछि मानिसहरु अन्य स्थानमा बसाईसराई गर्न बाध्य भएका हुन् । वडा नम्बर ८ का सवै क्षेत्र तथा वडा नम्बर ९ मा झिँगाने, आहालडाँडा बाहेक अन्य स्थानमा बाँदरले निकै सास्ती दिएको छ । बाँदरले बालीनाली नष्ट गरिदिएपछि निकै हैरानि व्यहोर्नुपरेको किसानहरुको गुनासो छ । किसानहरुले बाँदर धपाउनका लागि आफुहरु दिनभर गोठालो बस्नुको विकल्प नभएको दुखेसो पोखेका छन् । बाँदरले अन्नवाली, फलफुल तथा तरकारी वालीमा समेत क्षेति पु¥याएपछि किसानहरु चिन्तित बनेका हुन् ।

नगरवासीले विगतदेखि बाँदरको आतंक झेल्दै आएपनि नगरपालिकाले बाँदर नियन्त्रणका लागि यन्त्र वितरण गर्ने बाहेक अन्य कुनै पनि योजना ल्याउन सकेको छैन । आफुले लगाएको खाद्यान्नबाली, फलफुल खेती बाँदरले नष्ट गरिदिने गरेका कारण विस्थापित नै हुनुपर्ने अवस्थामा पुगे पनि नगरपालिकाले बाँदर नियनत्रणका लागि प्रभावकारी योजना ल्याउन र वालीनाली क्षेति भएकाहरुलाई उचित क्षेतिपुर्तिको व्यवस्था गर्न नसकेको किसानहरुको गुनासो छ ।

१३ साउन, २०७८ । ३ः३० बजे प्रकाशित ।

 

VIEWS: 1665 पटक हेरीएको
error: Content is protected !!