नवनिर्मित विद्यालय भवन निलकण्ठेश्वर माविलाई हस्तान्तरण

3 months ago/Thursday, April 25th, 2019

दोलखा, १२ बैशाख ।

दोलखामा भूकम्प पछि पुननिर्माण भएका विद्यालय भवनहरु धमाधम हस्तान्तरण हुन थालेका छन् ।

भूकम्प पछि बनेका जिल्लाका विभिन्न स्थानका विद्यालय भवनहरु धमाधम हस्तान्तरण हुन थालेका हुन् । जसअनुसार आज गोर्खा भूकम्पको स्मृति दिवसकै अवसर पारेर दोलखाको गैरिशंकर गाउँपालिकास्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच पूर्र्व मन्त्री तथा संघीय सांसद जर्नादन शर्माले विद्यालयको भवन हस्तान्तरण गनुभएको हो । २०७५ साल बैशाखमा निर्माण कार्य सुरु भएको भवन निर्माण सम्पन्न गरि आज विद्यालयलाई हस्तान्तरण गरिएको छ । एडिविको सहयोगमा निर्मित १२/१२ कोठाको दुई वटा भवनको लागत साँढे ६ करोड रहेको विद्यालयका सह प्रधानध्यापक ढालबहादुर खड्काले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार बहादुर खड्का अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा प्रदेशसभा सांसद विशाल खड्का, नेकपा प्रदेश नम्वर ३ का सदस्य शंकर लामा, पूर्व महान्ययाधिवक्ता मुक्ति प्रधान, जिरी नगरपालिकाका मेयर टक जिरेल, गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वमबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसअघि बुधबार मात्रै दोलखाको बैतेश्वर गाउँपालिकास्थित बैत्यश्वर माविको विद्यालय भवन हस्तान्तरण गरिएको थियो भने मंगलबार तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुस्थित सिद्धेश्वर माध्यमिक विद्यालयको भवन पनि पुननिर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको थियो ।

१२ बैशाख, २०७६ । ७ः ३० बजे प्रकाशित ।

VIEWS: 1035 पटक हेरीएको
error: Content is protected !!