नाम्दुमा ट्रिपर दुर्घटना हुँदा जिरीका ३ जना घाइते

2 weeks ago/Thursday, September 5th, 2019

दोलखा, १९ भदौ ।

दोलखाको बैतेश्वर गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ६ स्थित नाम्दु डाडाँमा ट्रिपर दुर्घटना हुँदा चालक जिरी नगरपालिका ६ हाटडाँडाका २३ वर्षीय सुनिल जिरेल, सहचालक जिरी ९ का २४ वर्षीय अर्जुन कार्की र जिरी ८ ठुलोपातलका ३९ वर्षीय पोष बहादुर सुनुवार घाइते भएका हुन् । दुर्घटनामा परि चालक जिरेल र सहचालक कार्की गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । साँघुरो बाटोमा सडक भासिन गई ट्रिपर सडकबाट करिब १५ मिटर तल खसी दुर्घटना हुँदा उनीहरु घाइते भएको दोलखाका प्रहरी नायव निरिक्षक तथा सुचना अधिकृत यज्ञनन्द शाहले जानकारी दिनुभयो । उनीहरुको अहिले मैनापोखीमा रहेको हिमालयन केयर ह्याण्डस सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चालक र सहचालकको टाउकोमा गम्भीर चोट लागेकोले काठमाण्डौं रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तामाकोशीबाट बालुवा लिएर जिरीतर्फ आउँदै गरेको बा ५ ख ८७८३ नम्बरको ट्रिपर करिब ५ बजे नाम्दुमा दुर्घटना हुँदा सो घटना घटेको हो ।

१९ भदौ, २०७६ । ६ः५० बजे प्रकाशित ।

VIEWS: 16455 पटक हेरीएको
error: Content is protected !!