निलकण्ठेश्वर मावि जुँगुको वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

1 month ago/Monday, January 25th, 2021

जिरी (दोलखा), १२ माघ ।

दोलखाको गौरीशंकर गाउँपालिका जुँगुस्थित निलकण्ठेश्वर माविले आज विभिन्न कार्यक्रम गरी ५९ औँ वार्षिक उत्सव तथा २९ औँ अभिभावक दिवस मनाएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुस्थित निलकण्ठेश्वर माविको ५९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको बागमती प्रदेशसभा सांसद विशाल खड्काले उद्धघाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सांसद एवम् कार्यक्रमका प्रमुख अतिथि खड्काले आवासिय विद्यालयको रुपमा सञ्चालनमा आउन लागेको निलकण्ठेश्वर माविलाई जिल्लाकै नमुना विद्यालय बनाउन शैक्षिक सुधारमा आफुले सक्दो पहल गर्ने बताउनुभयो । वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्ता लामा शेर्पाले गत आर्थिक वर्ष २०७६/७७ को २ करोड २ लाख ८ हजार ९ सय ९३ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास निर्देशनालय हेटौँडाका निर्देशक चन्द्रप्रसाद लुइटेल, वैतेश्वर गाउँपालिका स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठ, गौरीशंकर गाउँपालिकाका शिक्षा विभाग प्रमुख डिल्ल्लीध्वज बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

१२ माघ, २०७७ ।  ७ः१० बजे प्रकाशित ।

VIEWS: 2700 पटक हेरीएको
error: Content is protected !!