निषेधाज्ञाका बेला कवाडी सामानमा चलखेल, एक गाडी सामान दोलखा प्रहरीको नियन्त्रणमा

2 weeks ago/Tuesday, June 8th, 2021

ईदोलखा संवाददाता ।

दोलखा, २५ जेठ ।

कोरोना महामारी र निषेधाज्ञाका वीच दोलखामा निर्माणाधिन जलबिद्युत आयोजनावाट कवाडी सामान जिल्ला बाहिर निकासी हुन थालेपछि जिल्लाको उत्तरी क्षेत्रमा तनाव सुरु भएको छ ।

रातारात कवाडी सामानले भरिएका सवारीका साधन उत्तरी सिंगटी बजार हुँदै चल्न थालेपछि स्थानीयले अवरोध समेत गर्न थालेका छन् भने स्थानीय प्रहरी प्रशासन माथि समेत प्रश्न उठाउन थालिएको छ । दोलखामा निर्माणाधिन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलबिद्युत आयोजना र निजी क्षेत्रवाट निर्माण भईरहेका अन्य जलबिद्युत आयोजनावाट समेत कवाडी सामानको नाममा आयोजनामा प्रयोग नभई बाँकी रहेका कतिपय गुणस्तरीय सामान समेत निकासी हुन थालेपछि तनाव सुरु भएको हो । खासगरी उत्तरी सिंगटी बजारदेखि सुरीको भोर्ले र खारेसम्मको सडकमा स्थानीय युवाहरुले यस्ता सामान निकासीमा अवरोध गरिरहेका छन् ।

आईतवार राति गौरीशंकर गाउँपालिकाको तल्लो खारे खोला जलबिद्युत आयोजनावाट ल्याईएको भनिएको एक ट्रक कवाडी सामानलाई सिंगटी बजारमा स्थानीयले अवरोध गरेका छन् । ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलबिद्युत आयोजनावाट भैरहवाको जानकी हार्डवयर एण्ड स्केप नामको कम्पनीलाई बिक्रि गरिएको भनिएको कडावी सामानलाई स्थानीयले अवरोध गरेपछि दोलखा प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । इलाका प्रहरी कार्यालय सिंगटीले सामान ढुवानीमा प्रयोग भएको लु २ ख ४५४ नम्बरको १२ चक्के गाडि र त्यसमा भएको सामानलाई नियन्त्रणमा लिएर राखेको हो ।

दोलखामा निर्माणाधिन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलबिद्युत आयोजना र निजी क्षेत्रवाट निर्माण भईरहेका अन्य जलबिद्युत आयोजनावाट समेत कवाडी सामानको नाममा आयोजनामा प्रयोग नभई बाँकी रहेका कतिपय गुणस्तरीय सामान समेत निकासी हुन थालेपछि तनाव सुरु भएको हो । आईतवार राति गौरीशंकर गाउँपालिकाको तल्लो खारे खोला जलबिद्युत आयोजनावाट ल्याईएको भनिएको एक ट्रक कवाडी सामानलाई सिंगटी बजारमा स्थानीयले अवरोध गरेका छन् । ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलबिद्युत आयोजनावाट भैरहवाको जानकी हार्डवयर एण्ड स्केप नामको कम्पनीलाई बिक्रि गरिएको भनिएको कडावी सामानलाई स्थानीयले अवरोध गरेपछि दोलखा प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) भेषराज रिजालले तल्लो खारे खोला आयोजनाको कवाडी सामान निकासीका बारेमा स्थानीय प्रशासनलाई कुनै जानकारी नभएको र अत्यावस्यकीय बस्तु तथा सामान नभएका कारण नियन्त्रणमा लिएर राखिएको बताउनुभयो । डिएसपी रिजालले कुनै पनि सामानको निकासी विधि र प्रक्रिया वमोजिम हुनु पर्ने भन्दै स्थानीय प्रशासनको अनुमति र आदेश विना लैजान खोजिएका सामानलाई प्रहरीले नियन्त्रणमा लिने बताउनुभयो । उहाँका अनुसार स्थानीय प्रहरी प्रसासनसँग अहिलेसम्म कवाडी सामानको बिषयमा कसैले दावी गरेको छैन । प्रहरी नियन्त्रणमा रहेको सामानका बारेमा अनुषन्धान पछि मात्रै छाडिने छ ।

सिंगटी हुँदै भैरहवा लैजान लागिएको सामान तल्लो खारे खोला जलबिद्युत आयोजना निर्माण गर्दा निस्किएको कवाडी सामान भएको र सो सामान भैरहवाको जानकी हार्डवयर एण्ड स्केप कम्पनीलाई विक्रि गरिएको आयोजनाको प्रवद्र्धक कम्पनी युनिभर्सल पावर कम्पनीको पत्रमा उल्लेख छ । तर, सह आयोजना प्रमुख रिकी क्षेत्रीको हस्ताक्षर रहेको पत्रमा मिति, पत्र संख्या, चलानी नम्बर केही उल्लेख गरिएको छैन भने कवाडीको परिमाण केरमेट गरेर ७ हजार किलो लेखिएको छ । प्रवद्र्धक कम्पनीको पत्र केरमेट भएको, मिति उल्लेख नभएको र निषेधाज्ञाका बेला रातारात लैजान खोजिएकाले कवाडी सामान निकासी शंकास्पद देखिएको छ । तर, सोही कवाडी सामान निकासीका लागि बिगु गाउँपालिकाकाले भने ७ हजार कर लिएर रसिद काटेको छ ।

पत्रमा ७ हजार किलो उल्लेख गरिए पनि १२ चक्के गाडीको क्षमता २१ टनसम्म रहेकाले सो गाडिमा २१ हजार किलो बराबरको सामान रहेको अनुमान गरिएको छ । श्रोतका अनुसार सो गाडिमा कवाडी सामानाको अलावा डोजरको बकेट, बिजुलीको खम्वा र धातुहरु समेत रहेको छ । गाडीभित्र सो परिमाणको सामान भए लाखौं मुल्यको हुनेछ । उक्त सामान भैरहवाको जानकी हार्डवयरका नाममा निकासी गर्न लागिए पनि कवाडी संकलन र निकासी कार्यमा सुरी, चंखु र मार्वुका युवाहरुको संलग्नता रहेको छ । निजी जलबिद्युत आयोजनाको नाममा कवाडी निकासी गर्न खोज्ने सोही समहूले जेठको पहिलो साता माथिल्लो तामाकोशी आयोजनावाट एन्ड्रिज हाईड्रोको नाममा लैजान लगिएको दुई गाडि सामानलाई अवरोध गरेर सिंगटी–लामावगर सडक अन्तर्गत भोर्ले सडक खण्डमा झारेको थियो ।

उक्त सामान भैरहवाको जानकी हार्डवयरका नाममा निकासी गर्न लागिए पनि कवाडी संकलन र निकासी कार्यमा सुरी, चंखु र मार्वुका युवाहरुको संलग्नता रहेको छ । निजी जलबिद्युत आयोजनाको नाममा कवाडी निकासी गर्न खोज्ने सोही समहूले जेठको पहिलो साता माथिल्लो तामाकोशी आयोजनावाट एन्ड्रिज हाईड्रोको नाममा लैजान लगिएको दुई गाडि सामानलाई अवरोध गरेर सिंगटी–लामावगर सडक अन्तर्गत भोर्ले सडक खण्डमा झारेको थियो । माथिल्लो तामाकोशीले कवाडी सामान लिलाम नगरी बिभिन्न कम्पनीको नाममा अवैधरुपमा निकासी गर्न खोजेको उनीहरुको आरोप थियो । तर, त्यसको एक महिना नबित्दै सोही समूहले जानकी हार्डवयरको नाममा एक गाडी कवाडी सामान निकासी गर्न खोजेको हो । 

माथिल्लो तामाकोशीले कवाडी सामान लिलाम नगरी बिभिन्न कम्पनीको नाममा अवैधरुपमा निकासी गर्न खोजेको उनीहरुको आरोप थियो । तर, त्यसको एक महिना नबित्दै सोही समूहले जानकी हार्डवयरको नाममा एक गाडी कवाडी सामान निकासी गर्न खोजेको हो । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले जेठ ४ गते एन्ड्रिज हाईड्रको उपयोग नभएको सामान निकासीका लागि भन्दै नेपाली सेनाको गोंगरमा रहेको सुरक्षा बेशलाई पत्र लेखेर दुई गाडी सामान जिल्ला बाहिर पठाएको थियो । तर, भोर्ले सडक खण्डमा अवरोध गरी सामान झारिए पनि स्थानीय प्रशासनले सो घटना बारेमा अहिलेसम्म आवस्यक अनुषन्धान र कारवाही गरेको छैन । एक साताअघि तामाकोशीवाट सामान लिएर आएका थप दुई गाडि सामानलाई पनि सोही स्थानमा झारिएको छ । वीच सडकमा झारेर अलपत्र राखिएको कवाडी र केही उपयोग हुने खाले सामानलाई माथिल्लो तामाकोशी र निकासी गर्न खोज्ने कम्पनीहरुले समेत उठाएका छैनन् ।

कोरोना महामारीका कारण दोलखामा निषेधाज्ञा जारी भएको र निषेधाज्ञाको समयमा अत्यावस्यकीय सामान बाहेक अन्य सामान ढुवानी गर्न नपाउने स्थानीय प्रशासनको निर्देशन रहेको छ । तर, यहि समयमा माथिल्लो तामाकोशी र अन्य आयोजनावाट कवाडीको सामान भन्दै भईरहेको निकासीको प्रयास शंकास्पद देखिएको छ । नियमानुसार जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि बोलपत्र आव्हान गरी कवाडी सामान लिलाम गरेपछि मात्रै निकासी गर्न पाउने कानूनी व्यवस्था छ । रातारात जलबिद्युत आयोजनावाट लाखौं मुल्यका सामान कवाडीको नाममा निकासी गर्न थालिएपछि दोलखाको उत्तरी क्षेत्रका बिभिन्न स्थानमा स्थानीय स्वयँ सडकमा निस्किएर अवरोध गर्न सुरु गरेका छन् ।

महामारी र निषेधाज्ञाका बेला कवाडी सामानको निकासी रोक्न नसकेको र दोषि उपर कारवाही नभएको भन्दै जिल्लावासीले सामाजिक सञ्जाल मार्फत स्थानीय प्रहरी प्रशासन माथि असन्तुष्टि जनाएका छन् ।

२५ जेठ २०७८ । ६ः०० बजे प्रकाशित

 

 

 

VIEWS: 3535 पटक हेरीएको
error: Content is protected !!