निषेधाज्ञा खुकुलो भएपछि दोलखाका सहकारीले सुरु गरे ऋण कारोवार, वैँकको लगानी साउनमा मात्रै

2 months ago/Sunday, July 4th, 2021

सिर्जना (थापा) खड्का ।

दोलखा, २० असार ।

कोरोना महामारी र निषेधाज्ञाका कारण ऋण लगानी ठप्प भएका दोलखाका बैँक तथा बित्तिय सँस्थाहरुले ऋण लगानीको कारोवार धमाधम सुरु गर्न थालेका छन् ।

बैशाख २२ गतेबाट जिल्लामा निषेधाज्ञा सुरु भएसँगै ऋण लगानी ठप्प रहेको जिल्ला स्थित बैँक, सहकारी तथा अन्य बित्तिय सँस्थाहरुले असार १५ गतेबाट ऋण लगानीको कारोवार धमाधम सुरु गर्न थालेका हुन् । कोरोना महामारीका कारण सिमित कर्मचारीहरु राखेर साताको दुई दिनमात्रै कारोवार गरेका बैँक तथा बित्तिय संस्थाहरुले असार १५ गतेबाट कार्यालय पूर्णरुपमा खुलेसँगै धमाधम ऋण लगानीको प्रक्रिया अघि बढाएका हुन् । यसअघि निषेधाज्ञाका कारण बैंक, सहकारी तथा बित्तिय संस्थाहरुको कार्यालय आंशिक रुपमा मात्रै संचालनमा रहेको र मालपोत कार्यालय बन्द हुँदा धितो रोक्का गर्न नपाएर ठूला कर्जा प्रवाह हुन सकेको थिएन । सो अवधिमा वैंकले नियमित किस्ता र व्याज असुली तथा भुक्तानीका कामहरु मात्रै गरेका थिए भने सहकारीले बचत फिर्ता र बचत जमानिको आधारमा आकस्मिक ऋण मात्रै प्रवाह गरेका थिए । लघु उद्यम बित्तिय संस्थाहरुले विना धितो ऋण लगानी गर्ने गरेपनि बैंक र सहकारीहरुले ठूलो कर्जा प्रवाह गर्दा मालपोत कार्यालयबाट धितो रोक्का गरेपछि मात्रै ऋण उपलब्ध गराउने गरेका छन् ।

बैशाख २२ गतेबाट जिल्लामा निषेधाज्ञा सुरु भएसँगै ऋण लगानी ठप्प रहेको जिल्ला स्थित बैँक, सहकारी तथा अन्य बित्तिय सँस्थाहरुले असार १५ गतेबाट ऋण लगानीको कारोवार धमाधम सुरु गर्न थालेका छन् । कोरोना महामारी र निषेधाज्ञाका कारण मालपोत कार्यालयको सेवा करिब दुई महिना बन्द भएसँगै ठप्प भएको काम असार १५ गतेबाट सरकारी कार्यालय खुलेसँगै दृष्टिबन्धक अर्थात् धितो रोक्काको काम धमाधम भैरहेको छ । कोरोना महामारीको समयमा लगानीको वातावरण नबनेपनि तीन दिनको अवधिमा मात्रै ऋण लगानीका लागि २५ वटा आवेदन परेको छ । जनसचेतनमा १५ गतेदेखि १७ गतेसम्म २ करोड ४३ लाख बराबरको ऋण माग भएको जनसचेतन साकोसले जनाएको छ ।

कोरोना महामारी र निषेधाज्ञाका कारण मालपोत कार्यालयको सेवा करिब दुई महिना बन्द भएसँगै ठप्प भएको काम असार १५ गतेबाट सरकारी कार्यालय खुलेसँगै दृष्टिबन्धक अर्थात् धितो रोक्काको काम धमाधम भैरहेको छ । मालपोत कार्यालय दोलखामा बैशाख महिनाको २१ गतेसम्म २१ वटा धितो रोक्का भएको थियो । तर, असार १५ देखि १७ गतेसम्म ३ दिनको अवधिमा मात्रै ३१ वटा धितो रोक्का भएको मालपोत कार्यालय दोलखाले जनाएको छ । कार्यालय खुलेसँगै यसअघि रोकिएका धितो रोक्काको काम धमाधम भैरहेको कार्यालयका सूचना अधिकारी मुरारी दुलालले जानकारी दिनुभयो ।

दोलखाको बैतेश्वर गाउँपालिका स्थित जनसचेतन बचत तथ ऋण सहकारी संस्थाले निषेधाज्ञाको समयमा आकस्मिक ऋण मात्रै प्रवाह गरेको थियो । सेवाग्राहीको न्यूनतम आवश्यकतालाई मध्यनजर गर्दै सिमीत कर्मचारी राखेर सेवा प्रवाह गरिरहेको सो समयमा बचत फिर्ता र जमानिमा आकस्मिक ऋण मात्रै प्रवाह गरेको जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना महामारीको समयमा लगानीको वातावरण नबनेपनि तीन दिनको अवधिमा मात्रै ऋण लगानीका लागि २५ वटा आवेदन परेको छ । जनसचेतनमा १५ गतेदेखि १७ गतेसम्म २ करोड ४३ लाख बराबरको ऋण माग भएको जनसचेतन साकोसले जनाएको छ ।

मिलिजुली कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत सिईओ ईश्वर न्यौपानेले निषेधाज्ञाको समयमा सहकारीबाट धितो राखेर दिईने ऋण प्रवाह हुन नसकेपनि बचत फिर्ता र जमानिमा आकस्मिक ऋण प्रवाह गरेको जानकारी दिनुभयो कोरोना महामारी र निषेधाज्ञाको समयमा जिल्लामा रहेका वैंकहरुले बचत कारोवार, नगद भुक्तानी र ऋणको साँवा र व्याज असुलीको काम मात्रै गरेका छन् । धितो रोक्काका लागि मालपोत कार्यालय खुल्ला भएपछि सहकारी संस्थाहरुले ऋण कारोवार सुरु गरेपनि जिल्लामा रहेका सरकारी, व्यवसायीक र विकास वैंकहरुले ऋण लगानी गरेका छैनन् । यद्धपि सरकारी र निजी वैंकमा आर्थिक बर्षको अन्तिम समयमा भएपनि नयाँ ऋणका लागि आवेदन भने परेका छन् ।

सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ५ लाखभन्दा माथिको ऋण धितो राखेर उपलब्ध गराउँदै आएको छ । मिलिजुली कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत सिईओ ईश्वर न्यौपानेले निषेधाज्ञाको समयमा सहकारीबाट धितो राखेर दिईने ऋण प्रवाह हुन नसकेपनि बचत फिर्ता र जमानिमा आकस्मिक ऋण प्रवाह गरेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले बचतकर्ताको हकमा आफ्नो बचतको ९० प्रतिशत र साथीभाई, आफन्तजनको जमानिमा बचतको ७५ प्रतिशत ऋण प्रवाह गर्दै आएको छ । सहकारीले ५ लाख भन्दामाथिको ऋण लगानी गर्दा मालपोत कार्यालयमा दृष्टि बन्धक राख्ने गरेकाले निषेधाज्ञाको समयमा संस्थामा आएका चार वटा ऋण आवेदकलाई ऋण प्रवाह गर्न नसकिएको संस्थाले जनाएको छ । निषेधाज्ञाको अवधिमा संस्थामा न्यूनतन ५ लाखदेखि अधिकतम २० लाखसम्मको चार वटा आवेदन परेको थियो । असार १५ गतेदेखि हालसम्मको अवधिमा १६ जनाको आवेदन परेकोमा १ करोड ५ लाख ऋण माग भएको सिईओ न्यौपानेले बताउनुभयो ।

मिलिजुली साकोसले २०७८ साल बैशाख २३ गतेदेखि असार १७ गतेसम्म ८१ लाख ८५ हजार आकस्मिक ऋण लगानी गरेको थियो भने ७ करोड ४१ लाख ७२ हजार बचत फिर्ता गरेको संस्थाका सिइओ न्यौपानेले बताउनुभयो । मिलिजुलीले एक जना शेयर सदस्यलाई अधिकतम ३५ लाखसम्म ऋण प्रवाह गर्दै आएको छ ।

कोरोना महामारी र निषेधाज्ञाको समयमा जिल्लामा रहेका वैंकहरुले बचत कारोवार, नगद भुक्तानी र ऋणको साँवा र व्याज असुलीको काम मात्रै गरेका छन् । धितो रोक्काका लागि मालपोत कार्यालय खुल्ला भएपछि सहकारी संस्थाहरुले ऋण कारोवार सुरु गरेपनि जिल्लामा रहेका सरकारी, व्यवसायीक र विकास वैंकहरुले ऋण लगानी गरेका छैनन् । यद्धपि सरकारी र निजी वैंकमा आर्थिक बर्षको अन्तिम समयमा भएपनि नयाँ ऋणका लागि आवेदन भने परेका छन् । आर्थिक बर्षको अन्तिम समय भएकाले पुरानो ऋण र व्याज उठाउनेतर्फ वैंकहरुको ध्यान केन्द्रित छ । जिल्लामा रहेका वैंकहरुले नयाँ आर्थिक बर्ष सुरु भएपछि मात्रै नयाँ ऋण लगानी गर्न सकिने बताएका छन् ।

२० असार, २०७८ । ८ः१० बजे प्रकाशित ।

VIEWS: 1720 पटक हेरीएको
error: Content is protected !!