नेकपा कालिन्चोक गाउँपालिकाका वडा कमिटीले एकैसाथ लिए सपथ

2 months ago/Wednesday, April 3rd, 2019

दोलखा, २० चैत्र ।

नेपाल कम्युनिष्ट पार्टी दोलखाले कालिन्चोक गाउँपालिकाका वडास्तरीय कमिटीमा रहेका नेता तथा कार्यकर्तालाई सामूहिक सपथ र प्रशिक्षण दिएको छ ।

कालिन्चोक गाउँपालिका वडा नम्बर ७ स्थित सित्का माविको परिसरमा आज गाउँपालिकाका ९ वटै वडाका वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सामूहिक सपथ ग्रहण गराईएको हो । सपथ ग्रहणमा वडा कमिटीका अध्यक्ष र सचिव तथा सदस्यहरु सभागि थिए । नेकपाको कालिन्चोक गाउँपालिकाका ९ वटै वडामा २ सय ६१ जना नेता तथा कार्यकर्ता कमिटीमा आवद्ध छन् ।

सपथ ग्रहण तथा प्रशिक्षण समारोहमा नेकपाका केन्द्रिय सदस्य एवँ प्रदेश सचिव आनन्दप्रसाद पोखरेल, केन्द्रिय सदस्य एवँ प्रदेश सभाका साँसद पशुपति चौंलागाई, केन्द्रिय सदस्य देवी खड्का, नेकपाका युवा नेता एवँ प्रदेश सभाका साँसद विशाल खड्का लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्यहरु सँकर लामा, बालकृष्ण शिवाकोटी, गोपाल पाण्डे, नरवहादुर पाख्रिन, प्रस्तावित जिल्ला अध्यक्ष भिमप्रसाद दाहाल सचिव कुलवहादुर बुढाथोकी लगायतको सहभागिता थियो ।

नगर र गाउँपालिका स्तरीय कमिटीलाई जिल्लास्तरीय कार्यक्रमको आयोजना गरी सपथ गराईए पनि वडा कमिटीमा रहेकाहरुलाई नगर र गाउँपालिका स्तरीय कार्यक्रमको आयोजना गरेर सपथ खुवाउने र प्रशिक्षण दिने काम भईरहेको छ । नेकपाको कालिन्चोक गाउँपालिकाका ९ वटै वडामा २ सय ६१ जना नेता तथा कार्यकर्ता कमिटीमा आवद्ध छन् ।

नेकपा दोलखाले नगर र गाउँपालिका स्तरीय कमिटीलाई पूर्णता दिएपछि वडा कमिटीलाई पूर्णता दिएको थियो । नगर र गाउँपालिका स्तरीय कमिटीलाई जिल्लास्तरीय कार्यक्रमको आयोजना गरी सपथ गराईए पनि वडा कमिटीमा रहेकाहरुलाई नगर र गाउँपालिका स्तरीय कार्यक्रमको आयोजना गरेर सपथ खुवाउने र प्रशिक्षण दिने काम भईरहेको छ । जस अनुसार अहिलेसम्म गौरीसँकर, शैलुङ, बिगु र कालिन्चोक गाउँपालिकाका वडा कमिटीहरुको सपथ र प्रशिक्षण भईसकेको छ । भोली जिरी नगरपालिकाको सामूहिक सपथ र प्रशिक्षण हुँदैछ । मेलुङ, तामाकोशी र बैतेस्वर गाउँपालिका तथा भीमेस्वर नगरपालिकाको सपथ ग्रहण पनि यहि साता सम्पन्न गरिने नेकपा दोलखाका सचिव कुलवहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

२० चैत्र, २०७५ । ६ः ५० बजे प्रकाशित ।

VIEWS: 2010 पटक हेरीएको
error: Content is protected !!