नेकपा केन्द्र र जिल्ला कार्यालयमा सहिद बुद्धिमान पाख्रिनको यसरी गरियो सम्झना…

2 weeks ago/Sunday, December 1st, 2019

ईदोलखा संवाददाता ।
दोलखा, १५ मंसिर ।

सहिद बुद्धिमान पाख्रिनको १७ औं स्मृति दिवस सँघीय राजधानी काठमाण्डौं र दोलखामा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

जनयुद्धको क्रममा तत्कालिन बिद्रोही नेकपा माओवादीवाट हत्या गरिएका तत्कालिन एमाले नेता एवँ सहिद बुद्धिमान पाख्रिनको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय कार्यालय धुम्बाराही काठमाण्ठौं र दोलखा जिल्ला पार्टी कार्यालय चरिकोटमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको हो । काठमाण्डौंमा आयोजित स्मृति दिवसलाई प्रमुख अतिथिको हैसियतले सम्वोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्धन्द्धकालमा घटना नहोस् भन्ने चाहँदा चाहदै पनि कतिपय नघट्नु पर्ने घटना घट्न गएको र निमर्म प्रकृतिका घटनामा सत्य निरुपण तथा मेलमिलाप आयोगले दोषि ठहर गरे आवस्यक कारवाही हुने बताउनुभयो । उहाँले आफुमाथि समेत धेरै मुद्धा रहेको स्मरण गराउँदै ति मुद्धा झुठा वा सत्य भएको आयोगले टुँगो लगाउने र दोषि ठहर भए आफू समेत सँजायको भागिदार हुने बताउनुभयो । द्धन्द्धकालमा राज्य र बिद्रोही पक्षवाट घटेका घटनामा न्याय दिलाउनकै लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन भएको भन्दै अध्यक्ष प्रचण्डले मिल्न सक्ने मुद्धालाई मेलमिलापको माध्यमवाट किनारा लगाईने र दोषिलाई कारवाही नैं गर्नु पर्ने जघन्य प्रकृतिको घटना भए कारवाही प्रक्रियामा जाने स्पस्ट पार्नुभयो । उहाँले द्धन्द्धकालमा ज्यान गुमाउने बुद्धिमानदेखि रितवहादुर खड्का र हजारौं सहिदहरु महान् भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य पम्फा भूषाल, पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी, नेकपा प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहाल, पूर्व मन्त्री एवँ प्रदेश कमिटीका सचिव आनन्दप्रसाद पोखरेल, पूर्व राज्यमन्त्री एवँ नेकपा केन्द्रिय सदस्य देवी खड्का, प्रदेश सभाका साँसदहरु विशाल खड्का, हिमाली गोले र आङदेण्डि शेर्पा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो । कार्यक्रममा स्वर्गिय बुद्धिमान पाख्रिनकी धर्मपत्नि एवँ सँघीय साँसद शान्तिमाया पाख्रिनले भावव्हिल हुँदै आफ्ना श्रीमान्लाई गलत आरोप लगाएर निमर्मतापूर्वक हत्या गरिएको भन्दै सुराकी पुष्टि गर्न वा दोषि उपर कारवाही गरेर न्याय दिलाउन पार्टी अध्यक्षको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसैवीच, सहिद बुद्धिमान पाख्रिनको स्मृतिमा दोलखा सदरमुकाम चरिकोट स्थित नेकपा जिल्ला पार्टी कार्यालयमा पनि स्मृति कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा दोलखाका अध्यक्ष ईस्वरचन्द्र पोखरेलले आफ्ना समकालिन नेता बुद्धिमानको हत्याले सिंगो कम्युनिष्ट आन्दोलनलाई क्षेति पुगेको बताउनुभयो । उहाँले जनयुद्धको क्रममा धेरैको हत्या भएको र धेरै जना सहिद भएको भन्दै आगामी दिनमा सवै सहिदको सम्झनामा सामूहिक स्मृति सभाको आयोजना गर्ने सोचमा रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेस्वर नगरपालिकाका नगर प्रमुख भरत केसी, मेलुङ गाउँपालिकाका अध्यक्ष नरवहादुर श्रेष्ठ, जिल्ला पार्टी सचिव गोपाल पाण्डे लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तत्कालिन नेकपा एमालेका नेता बुद्धिमान पाख्रिनलाई आजभन्दा १७ बर्ष अगाडि जनयुद्धको क्रममा आफ्नै घरवाट अपहरण गरेर बेपत्ता बनाईएको थियो । उनको शव अपहरण गरेको केहि दिनपछि सुनखानीको स्याउले बजारमा फेला परेको थियो । द्धन्द्धकालमा दोलखा जिल्लामा राज्य र बिद्रोही पक्षवाट एक सय बढीको हत्या भएको थियो ।

१५ मंसिर २०७६ । ४ः४५ बजे प्रकाशित

VIEWS: 3075 पटक हेरीएको
error: Content is protected !!