नेकपा दोलखाका नेता कार्की जेष्ठ नागरिक कोषको सभापतिमा नियुक्त

4 weeks ago/Thursday, July 9th, 2020

दोलखा, २५ असार ।

दोलखाका घर भएका बसन्तराज कार्की जेष्ठ नागरिक कोषको सभापतिमा नियुक्त भएका छन् ।

समाज कल्याण परिषद्ले कार्कीलाई जेष्ठ नागरिक कोषको सभापतिमा नियुक्त गरेको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार कार्कीलाई ४ वर्षका लागि कोषको सभापतिमा नियुक्त गरिएको हो । नवनियुक्त कार्कीले हिजोबाट पदवाहाली गरिसकेका छन् । कार्की नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाका नेता समेत हुन् ।

२५ असार, २०७७ । ५ः ४० बजे प्रकाशित ।

VIEWS: 1830 पटक हेरीएको
error: Content is protected !!