नेपाल सदभावना पार्टीको कार्यक्रममा सेनापति अतिथि !

3 years ago/Sunday, April 16th, 2017

३ बैशाख, काठमाडौं । नेपाल सदभावना पार्टीको गजेन्द्र जयन्ती र पार्टीको महासमिति बैठकको उदघाटन समारोह राष्ट्रिय सभागृहमा चलिरहेको छ । नेपालका मात्र होइन, भारतबाट पनि राजनीतिक दलका नेता अधिवेशनको शुभकामना दिन आइपुगेका छन् ।

कार्यक्रम उदघोषकले एकपछि अर्को नेतालाई आसन ग्रहण गराए । त्यसक्रममा उदघोषकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको नाम पनि लिए, जसले धेरैको ध्यान तान्यो ।
नभन्दै प्रधानसेनापति क्षत्री कार्यक्रमस्थलमा पुगेका रहेछन् । दौरा सुरुवाल कोट र ढाका टोपी लगाएर कार्यक्रममा गएका उनी आसन ग्रहण गर्न मञ्चमा भने गएनन्, बरु केहीबेरमै कार्यक्रम स्थलबाट बाहिरिएका छन् ।

प्रधानसेनापति क्षत्री सम्भवत गजेन्द्र जयन्ती सम्झिएर कार्यक्रममा पुगेका थिए । तर, नेपाल सदभावना पार्टीको अधिवेशन भएको थाहा पाएपछि बाहिरिए ।

VIEWS: 3045 पटक हेरीएको
error: Content is protected !!