न्वारनको भोज खाने क्रममा कुटपिट हुँदा कालिञ्चोकका एक युवक गम्भिर घाईते, दुई जना पक्राउ

7 months ago/Tuesday, February 11th, 2020

दोलखा, २८ माघ ।

दोलखाको भीमेश्वर नगरपालिकामा न्वारनको भोज खाने क्रममा भएको सामान्य विवादपछि कुटपिट हुँदा एक पुरुष गम्भिर घाईते भएका छन् ।

न्वारनको भोज खाने क्रममा भएको सामान्य विवादले उग्ररुप लिएर कुटपिट हुँदा कालिञ्चोक गाउँपालिका वडा नम्बर २ का ३५ वर्षिय यम बहादुर तमाङ गम्भिर घाईते भएका हुन् । हिजो दिउँसो छिमेकी भिम तमाङको छोराको न्वारनको अवसरमा सदरमुकाम चरिकोटस्थित गैरास्वाँरामा रहेको भाडाको कोठामा आयोजना गरिएको भोजमा सामान्य विवाद भएपछि कालिञ्चोेक वडा नम्बर २ का दुई युवकले तमाङलाई गम्भिर घाईते हुनेगरी कुटपिट गरेका हुन् । तमाङको टाउकोमा वियरको बोतल प्रहार हुँदा गम्भिर चोट लागेकोे छ ।

न्वारनको भोज खाने क्रममा विवाद भई हातपात भएको र सो घटनापछि भीम तमाङको कोठामा राखिएको यम बहादुरलाई आक्रोशित दुई युवाले दोस्रो पटक आक्रमण गरी कुटपिट र बोतल प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर २ का आयुस तमाङ र रोसन तमाङले कुटपिट गर्दा गम्भिर घाईते भएका यमबहादुरलाई सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रुक्सा बज्रचार्यले जानकारी दिनुभयो ।

घाईते तमाङको अहिले काठमाडौंको न्युरो अस्पताल वाँसवारीमा आईसियुमा राखेर उपचार भइरहेकोे छ । घटना लगत्तै तमाङमाथि कुटपिट गर्ने आयुस तमाङ र रोसन तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक बज्राचार्यले बताउनुभयो । घटना हिजोकै भएपनि प्रहरीले आज मात्रै जानकारी गराएको हो ।

हेर्नुहोस बोतल प्रहारबाट गम्भिर घाईते भएका यमबहादुरको तस्विर

२८ माघ, २०७६ । १०ः५० बजे प्रकाशित ।

VIEWS: 13125 पटक हेरीएको
error: Content is protected !!