पत्रकार महासँघको जिल्ला नेतृत्वका लागि मनोनयन हुँदै, दोलखामा पनि बढ्यो चुनावी सरगर्मी

2 weeks ago/Saturday, April 3rd, 2021

ईदोलखा संवाददाता ।

दोलखा, २१ चैत ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभरका पत्रकार दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

यही चैत्र २५ गते हुने महासंघको नयाँ नेतृत्व चयनका लागि केन्द्रमा बनेको गठबन्धन अनुसार दुई समूह बनाएर पत्रकारहरु चुनावी मैदानमा होमिएका हुन् । जसअनुसार कांग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट तत्कालिन प्रेस सेन्टर नेपाल र एमाले निकट प्रेस चौतारीको माधव नेपाल समूह चुनावी मोर्चा बनाएर एकै ठाउँमा उभिएका छन् । यस्तै, एमालेको ओली निकट प्रेस चौतारी र जनता समाजवादी पार्टी निकट पत्रकार संगठन प्रेस मञ्च नेपाल लगायतका पत्रकार संगठनको अर्को मोर्चा चुनावी मैदानमा उत्रिएको हो ।

पत्रकार महासँघको केन्द्र र प्रदेशमा मनोनयन दर्ता भैसकेको छ भने जिल्ला तहमा दोलखा सहित ७७ वटै जिल्लामा आईतवार मनोनयन दर्ता हुनेछ । महासंघको यस बर्षको निर्वाचनमा १३ हजार १ सय २२ मतदाता रहेका छन् । केन्द्रिय समितिमा ४९ पदाधिकारीका लागि १ सय ५२ जनाको उम्मेदवारी परेको छ । वागमति प्रदेशका १० जिल्लामा १ हजार ३ सय १२ जना मतदाताहरु निर्वाचनमा भाग लिनेछन् ।दोलखावाट पनि चार जना पत्रकारले प्रदेश कमिटीका लागि उम्मेदवारी दिएका छन् । दोलखाबाट समावेशी सचिबतर्फ जीवन लामा तथा खुल्ला सदस्यतर्फ सन्तोष भुजेल र श्याम खतिवडाको उम्मेदवारी परेको छ । कांग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट तत्कालिन प्रेस सेन्टर नेपालको संयुक्त प्यालनबाट भुजेल र खतिवडाको उम्मेदवारी परेको हो भने ओली निकट प्रेस चौतारीबाट समावेशी सचिबतर्फ लामाको उम्मेदवारी परेको हो ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभरका पत्रकार दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासँघ दोलखा शाखाको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहेको छ । नेतृत्व चयन र चुनावी मोर्चावन्दीका लागि पत्रकारहरु वीच छुट्टाछुट्टै छलफल चलिरहेको छ । पत्रकार महासंघ दोलखा शाखामा हाल १ सय १२ जना सदस्य रहेका छन् । महासंघको नेतृत्वका लागि एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस संगठन गरी तीनै वटा संगठनले दावी गरेका छन् ।

वागमती प्रदेशमा अल्पसंख्यक सदस्यमा ओली निकट प्रेस चौतारीकी निराशी थामी निर्विरोध निर्वाचित भैसकेकी छन् । वागमती प्रदेशको समावेशी सचिवका उम्मेदवार लामा नेपाल पत्रकार महासंघ दोलखा शाखाका बर्तमान अध्यक्ष हुन् । खुल्ला सदस्यमा उम्मेदवारी दिएका खतिवडा नयाँ पत्रिका दैनिकका दोलखा संवाददाता हुन् भने भुजेलले लामो समयदेखि रेडियो पत्रकारिता गर्दै आएका छन् । निर्विरोध निर्वाचित थामी बिबिसि नेपाली सेवाकी दोलखा संवाददाता हुन् ।

यसैबीच, नेपाल पत्रकार महासँघ दोलखा शाखाको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहेको छ । नेतृत्व चयन र चुनावी मोर्चावन्दीका लागि पत्रकारहरु वीच छुट्टाछुट्टै छलफल चलिरहेको छ । सहमति जुट्दा सहमतिकै आधारमा नेतृत्व चयन हुने र सहमति नजुटे केन्द्रीय मोर्चावन्दीकै आधारमा मनोनयन दर्ता गर्ने सम्भावना बढेको छ । पत्रकार महासंघ दोलखा शाखामा हाल १ सय १२ जना सदस्य रहेका छन् । महासंघको नेतृत्वका लागि एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस संगठन गरी तीनै वटा संगठनले दावी गरेका छन् । पत्रकार महासंघको जिल्ला कार्यसमिति १७ सदस्यीय रहेको छ । जसअनुसार अध्यक्ष, उपाध्यक्ष, महिलाउपाध्यक्ष, सचिब, दुई जना सहसचिब, कोषाध्यक्ष रहनेछन् भने खुल्ला सदस्य, महिला सदस्य र अल्पसंख्यक गरी १० जना सदस्यहरु रहनेछन् ।

२१ चैत, २०७७ । ८ः०० बजे प्रकाशित ।

 

 

VIEWS: 1490 पटक हेरीएको
error: Content is protected !!