पत्रकार महासंघ दोलखामा संयुक्त प्यानल विजयी, अध्यक्षमा चौंलागाई निर्वाचित

2 weeks ago/Thursday, April 8th, 2021

दोलखा, २५ चैत ।

नेपाल पत्रकार महासँघ दोलखा शाखाको अध्यक्षमा नेपाली कांग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन र एमालेको प्रेस चौतारीको नेपाल समूहको संयुक्त गठबन्धनका उम्मेदवार दिपशंकर चौंलागाई विजयी भएका छन् ।

एमालेको प्रेस चौतारीको ओली समूहका उम्मेदवार केदार शिवाकोटीलाई १० मतान्तरले पराजित गर्दै चौंलागाई नेपाल पत्रकार महासँघ दोलखा शाखाको अध्यक्षमा निर्वाचित भएका हुन् । चौंलागाईले ५८ मत प्राप्त गरेका छन् उनका प्रतिद्धन्दी शिवाकोटीले ४८ मत प्राप्त गरेका छन् । संयुक्त प्यानलवाट खुल्ला उपाध्यक्ष पदमा सिर्जनकुमार घिमिरे निर्वाचित भएका छन् । प्रतिद्धन्दी शेरबहादुर भुजेललाई १३ मतान्तरले पराजित गर्दै घिमिरे महासंघको खुल्ला उपाध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले ५९ मत प्राप्त गरेका छन् भने भुजेलले ४६ मत प्राप्त गरेका छन् ।

यस्तै महासंघको महिला उपाध्यक्षमा संयुक्त व्यानललबाट सिर्जना थापा (खड्का) निर्वाचित भएकी छिन् । उपाध्यक्षमा निर्वाचित खड्काले ५४ मत प्राप्त गरेकी छिन् भने उनको प्रतिद्धन्दी मन्दिरा थापाले ५० मत प्राप्त गरेकी छिन् । खड्काले थापालई ४ मतान्तरले पराजित गरेकी हुन् । यसैगरी सचिव पदमा दिलवहादुर केसी निर्वाचित भएका छन् । केसीले ५९ मत प्राप्त गरेका छन् भने एमालेको प्रेस चौतारीको ओली समूहबाट सचिवकी प्रत्यासि निर्मला शिवाकोटीले ४६ मत प्राप्त गरेकी छिन् । महासंघको सहसचिवमा भने एमालेको प्रेस चौतारीको ओली समूहकी उम्मेदवार विमला बुढाथोकी निर्वाचित भएकी छिन् । बुढाथोकीले ५९ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिद्धन्दी बलराम शिवाकोटीले ४७ मत प्राप्त गरेका छन् । महासंघको समावेशी सह सचिवमा उषा तामाङ निर्विरोध निर्वाचित भएकी थिइन् ।

युनियन, प्रेस संगठन र प्रेस चौतारीको नेपाल समूह निकट पत्रकारहरुको संयुक्त प्यानलवाट कोषाध्यक्षमा नविन कुमार खतिवडा निर्वाचित भएका छन् । खतिवडाले ७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी एमालेको प्रेस चौतारीको ओली समूहकी गायत्री आचार्य भारी मतान्तरले पराजित भएकी छिन् । आचार्यले जम्मा ३३ मत मात्रै प्राप्त गरेकी छिन् । खतिवडा र आचार्यबीचको मतान्तर ३८ छ । महासंघको महिला सदस्य तर्फ पनि संयुक्त प्यानलकी दुर्गा बस्नेत निर्वाचित भएकी छिन् । उनले ५९ मत प्राप्त गरेकी छिन् भने उनकी प्रतिद्धन्दी इश्वरी दहालले ४६ मत प्राप्त गरेकी छिन् । आदिवासी जनजाती सदस्यमा गोपिलाल तामाङ निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट निर्वाचित तमाङले ५४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी एमालेको प्रेस चौतारीको ओली समूहका कैलाश लामाले ५० मत प्राप्त गरेका छन् । महासंघको समावेशी समावेशी सदस्यतर्फ भने संयुक्त प्यानलकी सुन्तली थामी यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छिन् ।

६ जना खुल्ला सदस्यका लागि संयुक्त प्यानलवाट केदार दहाल, गोकर्ण प्रसाद भण्डारी, गौतम जिरेल र बलराम केसी तथा एमालेको प्रेस चौतारीको ओली समूहका तारा बहादुर महत निर्वाचित भएका छन् । खुल्ला सदस्यमा संयुक्त प्यानलबाट निर्वाचित दहालले ५४, भण्डारीले ७३, जिरेलले ५७, केसीले ६६ र ओली समुहका महतले ५३ मत प्राप्त गरेका छन् । यसैगरी पत्रकार महासंघको केन्द्रिय परिषद सदस्यमा संयुक्त प्यानलका शिवकुमार भुजेल र सुवास योञ्जन तथा एमालेको प्रेस चौतारीको ओली समूहकी सर्मिला बुढाथोकी निर्वाचित भएकी छिन् । निर्वाचनमा भुजेलले ५४, योञ्जनले ५७ तथा बुढाथोकीले ५८ मत प्राप्त गरेकी छिन् । यस्तै महासंघको केन्द्रिय परिषद सदस्यमा संयुक्त प्यानलका बलराम खड्का, लालकुमार मोक्तान, शिवजी प्रधान, डम्बर चौंलागाई तथा जगदिश शिवाकोटी निर्वाचित भएका छन् । खड्काले ५८, मोक्तानले ६४, प्रधानले ५७, चौंलागाईले ६१ तथा शिवाकोटीले ५७ मत प्राप्त गरेका थिए ।

दोलखामा ओली समूहका पत्रकार बिरुद्ध कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूह निकट पत्रकारहरुले जित हाँसिल गरेका छन् । पत्रकार महासंघ दोलखा शाखको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनमा १ सय ६ मत खसेको थियो । महासंघको निर्वाचनमा १ सय १२ मतदाताले मतदान गर्न पाउने भए पनि ६ जना भने विभिन्न समस्याका कारण निर्वाचनमा सहभागी भएका थिएनन् ।

२६ चैत, २०७७ । ८ः२० बजे प्रकाशित ।

 

 

VIEWS: 2225 पटक हेरीएको
error: Content is protected !!