पर्यटकीय आकर्षणको केन्द्र बन्दै हनुमन्ते, जग्गाको भाउ आकाशियो

3 weeks ago/Thursday, April 1st, 2021

सिर्जना गोले ।

जिरी (दोलखा), १९ चैत ।

दोलखाको जिरी नगरपालिका र बैतेस्वर गाउँपालिकाको सिमानामा पर्ने धार्मिक एवं पर्यटकीय स्थल हनुमन्तेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ ।

खासगरी बागमती प्रदेश सभामा प्रतक्ष्य निर्वाचित सांसद विशाल खड्काको अगुवाईमा हनुमन्तेको एकिकृत विकासका लागि बजेट र योजना परेपछि अहिले धमाधम पर्यटन पूर्वाधार निर्माणको काम भईरहेको छ । हनुमन्तेको एकिकृत पर्यटन पूर्वाधार विकास र खावामा भ्यू टावर निर्माण हुने भएपछि हनुमन्ते र खावा आसपासको जग्गाको (खरिदविक्री) कारोबार र जग्गाको भाउ वृद्धि हुँदै गएको छ । केही वर्षअघिसम्म सुनसान रहेको खावा र हनुमन्ते क्षेत्रमा नयाँ पर्यटकीय योजनासँगै चहलपहल बढ्नुको साथै जग्गा कारोबारमा समेत वृद्धि भएको हो । खावा र हनुमन्तेलाई पर्यटकीय क्षेत्र बनाउनका लागि दोलखाबाट बागमती प्रदेशमा निर्वाचित सांसद खड्का मार्फत पर्यटकीय पूर्वाधारहरु धमाधम निर्माण भएपछि यो क्षेत्रमा जग्गाको भाउ आकाशिनुको साथै अत्याधिक किनबेच भएको हनुमन्ते विकास उपभोक्ता समितिकोे अध्यक्ष केशम तमाङले जानकारी दिनुभयो । सांसद खड्काको पहलमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा हनुमन्तेमा हनुमानको मूर्ति स्थापना, खावादेखि हनुमन्तेसम्म सडक बाटोको विकास, सिंढी निर्माण र खावामा भ्यु टावर निर्माण हुनुले सो क्षेत्र अमूल्य बन्दै गएको छ ।

दोलखाको जिरी नगरपालिका र बैतेस्वर गाउँपालिकाको सिमानामा पर्ने धार्मिक एवं पर्यटकीय स्थल हनुमन्तेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । खासगरी बागमती प्रदेश सभामा प्रतक्ष्य निर्वाचित सांसद विशाल खड्काको अगुवाईमा हनुमन्तेको एकिकृत विकासका लागि बजेट र योजना परेपछि अहिले धमाधम पर्यटन पूर्वाधार निर्माणको काम भईरहेको छ । हनुमन्ते क्षेत्रमा पर्यटन पूर्वाधार विकासका काम धमाधम सुरु भएपछि हालसम्म ७५ प्रतिशत जग्गाको खरिद विक्री भइसकेको छ ।

हनुमन्ते क्षेत्रमा पर्यटन पूर्वाधार विकासका काम धमाधम सुरु भएपछि हालसम्म ७५ प्रतिशत जग्गाको खरिद विक्री भइसकेको छ । हाल हनुमन्ते क्षेत्रमा सडकबाटो परेको क्षेत्रमा मिटर र अन्य स्थानमा रोपनीको हिसावले जग्गाको कारोबार भइरहेको छ । हनुमन्तेमा सडकले छोएको जग्गा प्रतिरोपनी ६० देखि ७० हजारमा खरिदविक्री हुँदै आएकोमा हाल तीन लाख सम्ममा कारोबार भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।
यसैगरी, खावा बजार क्षेत्रमा पनि जग्गाको मुल्य र कारोवारमा बृद्धि भएको छ । खावा बजार क्षेत्रमा प्रति मिटर ४ लाख सम्ममा कारोबार भइरहेको छ । जिरी ७ खावा बजारका स्थानीय एवम् व्यवसायी सानु शेर्पाले पनि विगतको तुलनामा खावा र हनुमन्तेको विकास दु्रत गतिमा भएको भन्दै जग्गाको भाउमा पनि वृद्धि भएको बताउनुभयो । यी बजार क्षेत्रमै केही वर्षअघि सम्म मिटरकै ५० देखि ६० हजार सम्ममा पाउने जग्गा अहिले प्रति मिटर ४ देखि ७ लाख सम्ममा कारोबार हुने गरेको उहाँको भनाई छ । धार्मिक र पर्यटकीय दृष्टिले निकै रमणीय हनुमन्ते डाँडा र खावा बजारमा पूर्वधारहरु थपिएसँगै यसको आकर्षण पनि बढ्दै गएको छ । हिजोको सुनसान खावा बजारमा भ्यु टावर र अन्य पूर्वाधारहरु पनि निर्माण भइरहेकोले पर्यटकीय गन्तव्यको रुपमा विकास हुनेमा आशा पलाएको स्थानीय युवा नूर्व शेर्पाले बताउनुभयो ।
प्राकृतिक दृष्टिले मनोरम, धार्मिक दृष्टिले ऐतिहासिक र प्रचुर पर्यटकीय सम्भावना बोकेको हनुमन्ते क्षेत्रमा अहिले रसियामा अध्ययन र रोजगारी गरेर फर्किएका करिव १ सय परिवारले जग्गा खरिद गरेका छन् ।

धार्मिक र पर्यटकीय दृष्टिले निकै रमणीय हनुमन्ते डाँडा र खावा बजारमा पूर्वधारहरु थपिएसँगै यसको आकर्षण पनि बढ्दै गएको छ । खावा बजार क्षेत्रमा पनि जग्गाको मुल्य र कारोवारमा बृद्धि भएको छ । केही वर्षयता हनुमन्ते र खावा क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नेगरी बागमती प्रदेश सरकारबाट वर्षेनी फरक–फरक योजनाको लागि बजेट विनियोजन भएर पूर्वाधारहरु निर्माण भइरहेको छ । 

रसियामा अध्ययन गरी आएका नेपालकै केही इन्जिनियरहरु र रसियनहरु मिलेर हनुमन्ते क्षेत्रमा जग्गा खरिद गरेका हुन् । उनीहरुले ६ सय ११ जना मिलेर हनुन्ते होल्डिङस प्रालि कम्पनी बनाएर कम्पनीको नाममा जग्गा किनेको र प्रदेशले निर्माण गरेको पूर्वाधारहरुमा थप संरचनाहरु निर्माणगरी आकर्षक बनाउने गरी तयारी गरिएको छ । केही वर्षयता हनुमन्ते र खावा क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नेगरी बागमती प्रदेश सरकारबाट वर्षेनी फरक–फरक योजनाको लागि बजेट विनियोजन भएर पूर्वाधारहरु निर्माण भइरहेको छ । यसअघि हनुमन्तेमा बागमती प्रदेश सरकारको ८० लाख र वन विभागबाट आएको ३० लाख रकमबाट हनुमन्तेमा सिंढी निर्माण भएको, खानेपानी व्यवस्थापनका लागि बागमती प्रदेशबाट २० लाख रकम आएको र काम भइरहेको तथा खानेपानीको लागि बाँकी बजेट वन विभाग मार्फत डिभिजन वन कार्यालय दोलखा हुँदै आउनुपर्नेमा हालसम्म निकाशा नभएको उपभोक्ता समितिले जनाएको छ ।

यसैगरी आर्थिक बर्ष २०७५/७६ मा बागमती प्रदेशकै ५० लाख बजेटबाट खावा बजारहुँदै हनुमन्तेसम्म सडक बिस्तारको काम भएको थियो भने प्रदेश सरकारकै बजेटबाट खावामा भ्यु टावर निर्माण भइरहेको छ । २०७८ सालको पहिलो दिन अर्थात नयाँ बर्षमा हनुमन्तेमा मेलाको आयोजना गरी हुनमनते पर्यटकीय क्षेत्रको उद्घाटनको तयारी समेत भईरहेको छ ।

१९ चैत, २०७७ । ९ः०० बजे प्रकाशित ।

VIEWS: 6755 पटक हेरीएको
error: Content is protected !!