पर्यटकीय नगरी जिरीमा पहिलो पटक लाखे नाच सुरु

3 weeks ago/Thursday, August 1st, 2019

जिरी (दोलखा), १६ साउन ।

दोलखाको पर्यटकीय नगरी जिरीका नेवार समुदायले यो बर्षदेखि ऐतिहासिक महत्वको लाखे नाच सुरु गरेका छन् ।

जिरीको लिँकन बजारमा स्थानीय नेवार समुदायले हिजोदेखि लाखे नाच सुरु गरेका हुन् । जिरी नेवा दय् दवुको आयोजनामा सुरु भएको लाखे नाच मौलिक र साँस्कृतिक पक्षलाई समेटेर प्रदर्शन गर्न सुरु गरिएको छ । व्यापारको शिलशिलामा काठमाण्डौं, भक्तपुर, ललितपुर, धुलिखेल र रामेछापको ठोसेदेखि जिरी आएका नेवार समुदाय जिरीमै स्थायीरुपमा बसोबास गर्न सुरु गरेपछि उनीहरु आफ्नो मौलिकता र सँस्कृति जोगाउन सक्रिय हुन थालेका हुन् ।

सोही अनुसार जिरी बजारमा पहिलो पटक लाखे नाच सुरु भएको छ । ऐतिहासिक दोलखा सहर, चरिकोट, ठोसे लगायतका बजारमा बर्षौदेखि लाखे नाच निकाल्ने गरिए पनि जिरीमा पहिलो पटक लाखे नाच सुरु भएको हो । जिरी नेवा दय् दवुका अध्यक्ष बाबुराजा श्रेष्ठले जिरीका नेवार समुदायले लाखे नाचका अलावा अन्य साँस्कृतिक पहिचानका चाडपर्वहरु पनि मनाउने जानकारी दिनुभयो । दोलखाको ऐतिहासिक दोलखा सहर र चरिकोट बजारमा पनि लाखे नाच सुरु भएको छ ।

१६ साउन २०७६ । ५ः०० बजे प्रकाशित

VIEWS: 4350 पटक हेरीएको
error: Content is protected !!