‘पर्यटन, कृषि र पुर्वाधार विकासका माध्यमवाट समृद्धि खोज्दै छौं’

5 months ago/Wednesday, June 17th, 2020

स्थानीय सरकारका जनप्रतिनिधि निर्वाचित भएर आएको तिन बर्ष पुरा भईसकेको छ । नेपालको संबिद्यान अनुसार पहिलो पटक बनेको स्थानीय सरकारले यो अवधिमा गरेका काम र प्रगतिका बारेमा सवैलाई चासो छ । हामीले यहि सन्दर्भमा रामेछापको गोकुलगँगा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फवाट बिजयी भएका गाउँपालिकाका अध्यक्ष खड्गवहादुर सुनुवारसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, ईदोलखा अनलाईनका प्रधान सम्पादक लक्ष्मण खड्काले लिएको यो अन्र्तवार्ता ।

तपाईँ गोकुलगंगा गाउँपालिकामा निर्वाचित भएर आएको तीन वर्ष पूरा भएको छ । यो तीन वर्षको अवधिलाई गोकुलगंगा गाउँपालिकाको प्रगतिसँग जोडेर कसरी हेर्न सक्छौं ?

पहिलो कुरा हाम्रो गोकुलगंगा गाउँपालिकाले पञ्चवर्षीय परिकल्पना तय गरेको छ । सोही आधारमा हामी अघि बढ्दा गोकुलगंगा गाउँपालिका सायद नेपालकै राम्रो प्रगति गर्ने गाउँपालिका भित्र पर्छ जस्तो मलाई लाग्छ । हामीले तीन वर्षको अवधिमा गरेको विकास निर्माणको कुराहरुलाई भन्नुपर्दा हामी निर्वाचित भएपछि गाउँपालिकाको कार्यालय भाडामा लिएर चलाएका थियौं । अहिले ५० रोपनी भन्दा बढी जग्गा गाउँपालिकाको नाममा गरिसकेका छौं र कार्यसञ्चालनको लागि गाउँपालिकाको भवन पनि निर्माण गरिसकेका छौं । साथै गाउँपालिकामा ५९ अस्पतालको भवन पनि निर्माण गरेका छौं । हामीले अस्पताल सञ्चालनका लागि प्रदेश सरकारलाई पनि बजेट माग गरेका छौँ । १५ शैयाको अस्पताल चलाउनका लागि ५९ वटा कोठा रहेका छन् । अहिले पनि एमबिबिएस डाक्टर राखेर स्वास्थ्य उपचार सेवा दिईरहेका छौं । यसैगरी सबै वडामा वडा कार्यालय निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

वडापालिकाको कुरा गर्नुभयो । कति वटा वडापालिकाको भवनहरुको निर्माण भइरहेको छ ?

सबै वडाको भवनहरुको निर्माण कार्य सुरु भएपनि कोरोना भाइरसका कारण चालु आर्थिक वर्ष केही वडाको निर्माण कार्य सम्पन्न हुन बाँकी रहने भएको छ । यसैगरी सडक पूर्वधारको कुरा गर्दा हामी निर्वाचित भइसकेपछि प्रत्येक टोल–टोलमा बाटोघाटो पु¥याइसकेका छौं । लगभग हामीले तीन वर्षको अवधिमा ४ सय किलोमिटर कच्ची सडक निर्माण गरेका छौं र सँगसँगै हामीले सोलिङ गर्ने काम पनि ५० किलोमिटर भन्दा बढी गरिसकेका छौं । पूर्वधारको हिसावले खानेपानीतर्फ भन्नुपर्दा अहिले हाम्रो गाउँपालिकामा यो आर्थिक वर्षसम्म ५ सय वटा भन्दा बढी धाराहरु निर्माण भइसकेका छन् । यदि स्थानीय सरकार नभएर सँघीय सरकार वा प्रदेश सरकार मार्फत हाम्रो बजेट सिलिङमा काम हुने हो भने अरबौं रुपैंया खर्च गर्दा पनि सम्भव थिएन । तर, हामीले थोरै श्रोतले भएपनि धेरै कामहरु अघि बढाएका छौं । पर्यटनको हिसावले भन्ने हो भने पर्यटन क्षेत्रहरु घोषणा गरेर क्षेत्र निर्धारण गरी काम गरीरहेका छौं ।

अध्यक्षज्यू, यहाँले धेरै कच्चि सडक खुलेको र ५० किलोमिटर जतिमा सोलिङ भएको भन्नुभयो । ती सडकमा सदावहार यातायातका साधन चल्छन् त ?

प्राय अहिले सबै स्थानमा वर्षामा पनि चल्छ थोरै मात्रै चल्दैन । शाखा सडकहरु, ठाडो सडकहरु, उमाकुण्डसँग जिरीसँग जोडिने सडकहरु, लिखु तामाकोशीसँग जोडिएका सडकहरु व्यापक स्तरोन्नति गरेका छौं ।

जनप्रतिनिधिको हैसियतले तँपाईले सत्ता सञ्चालन गरेको यो पहिलो अनुभव होइन, किनकी यो भन्दा अघि पनि तपाई तत्कालीन गाविसको अध्यक्ष हुनुहुन्थ्यो । पहिला जनप्रतिनिधि भएर कार्यसम्पादन गरेको र त्यसबाट लिएका अनुभवहरुले गाउँपालिकाको कामकारवाहीमा कतिको सहजता भयो ?

अभ्यास र अनुभवको आधारमा मलाई धेरै सहज छ । तर, संघीयताको अभ्यास भनेको त एक हिसावले सरकार हो । स्थानीय सरकारले आफुले आफैलाई शासन व्यवस्था गर्नको निमित्त आफैले कानुन निर्माण गर्नुपर्दछ र त्यसमा पनि अलिकता फरक छ । बीचबीचमा समस्याहरु धेरै थिए । धेरै संघर्ष गर्नु परयो । हामी भर्खरै निर्वाचित भएपछि बस्ने ठाउँ पनि थिएन भने कर्मचारीको व्यवस्था पनि थिएन । अहिले सबै चिजहरुलाई पार गर्दै अघि बढ्दा पनि फेरी कोरोनाको महामारीले संकट निम्त्याएको छ । तर, सामाना गर्दै अघि बढेका छौं । कृषि क्षेत्रमा हेर्ने हो भने कृषिको १८ पकेट हामीले बनाएका छौं । पाख्रापालनको कुरा गर्दा बाख्रा उद्योग समेत दर्ता गर्न नभ्याउनेगरी स्थानीय कृषकहरु आउन थालेका छन् । हामी निर्वाचित भएपछि पहिलो गाउँपालिकाको प्राथमिकता कृषिलाई दिने हो भनेर लागिपरेका हौं । सोही कारण मैले चुनाव जितेको वर्ष झण्डै २ सय टन जति आलु उत्पादन भएको रेकर्ड थियो अहिले एउटा प्राइभेट कम्पनीलेनै ९० टन आलु रोपेको छ । यो नैं गोकुलगंगाको प्रगति हो ।

चुनाव जित्दा गाउँपालिकाभित्र २०/३० बोट पनि किवि थिएन । अहिले सबै जनताको घरमा किवीको बोट देखिन्छ । पालिकाभित्र ५/७ वटा ट्राउट माछाको फर्महरु सुरु भएको छ । लेयर्स कुखुराको अण्डामा गाउँपालिका आत्मनिर्भर बन्न थालेको छ । लोकल कुखुराको व्यवसायीक फार्म सुरु भएको छ । अबको ८ देखि १० वर्षमा हाम्रो गाउँपालिका कृषिमय हुन्छ । कृषिबाट जनताहरु आत्मनिर्भर बन्ने छन् । कागज उत्पादनका लागि अर्गेली खेतिदेखि चौंरी पालन व्यवसायसम्मलाई गाउँपालिकाले प्रवद्र्धन गरेको छ ।

तीन वर्षको अवधिमा ४ सय किलोमिटर कच्ची सडक निर्माण गरेका छौं र सँगसँगै हामीले सोलिङ गर्ने काम पनि ५० किलोमिटर भन्दा बढी गरिसकेका छौं । पूर्वधारको हिसावले खानेपानीतर्फ भन्नुपर्दा अहिले हाम्रो गाउँपालिकामा यो आर्थिक वर्षसम्म ५ सय वटा भन्दा बढी धाराहरु निर्माण भइसकेका छन् । कृषिको १८ पकेट हामीले बनाएका छौं । प्रसिद्ध धार्मिक एवँ पर्यटकीय स्थल जटापोखरी र पाँचपोखरी जानका लागि पहिले दुईदेखि तिन दिनसम्म हिडेर जानु पर्दथ्यो । अहिले हामीले त्यसको आधारशिविर सम्म सडक निर्माण गरेर एक घण्टा पैदल हिडेर मात्रै पुग्नेगरी योजना बनाएका छौं । सडक निर्माणको काम सुरु भएको छ । ४२ सय मिटरको उचाईमा अव सडक पुग्ने छ । 

कृषि र पशुपालनमा व्यवसायीक बन्दै गएका किसानहरुलाई गाउँपालिकाले कसरी सहयोग गरेको छ ? अनुदानका कार्यक्रमहरु के कस्ता छन् ?

हामीले आर्थिक (अनुदान) र प्राविधिक दुवै सहयोग गरेका छौं । आगामी आर्थिक वर्षदेखि अझ झन कृषिलाई विषेश फोकस गर्दैछौं । एक रोपनीमा खेती गर्ने किसानले भोली उत्प्रेरणाले पाँच रोपनीमा खेती गर्छन् । व्यवसायीक खेति गर्नेलाई अनुदान सहयोग, प्राविधिक सहयोग र बजारीकरणमा सहयोग गरिरहेका छौं । पशुपालनको हिसाबमा कुरा गर्नुहुन्छ भने हामीले हामिले यो वर्ष ४ सय ४० जना अति विपन्न कृषकहरुलाई बँगुरको पाठा वितरण गरेका छौं । अब १५ वटा नश्ल सुधारको बोकाहरु वितरण गर्छौ । त्यसैले यो क्षेत्रमा धेरै समृद्धिको सम्भावना बढेको छ र हाम्रो काम दु्रत गतिमा अघि बढिरहेको छ ।

भुगोल, जातजाति, भेषभूषा, भाषा र संस्कृतिका दृष्टिले गोकुलगँगा अलि फरक छ । यो विविधतापूर्ण गाउँपालिकालाई वास्तवमै नमूना बनाउनका लागि आगामी योजना र कार्यक्रमहरु कसरी अघि बढाउने योजना छ ?

गाउँपालिकाभित्र सुनुवार, तमाङ, मगर, गुरुङ, नेवार लगायत विविध जातजातिहरु रहेका छन् । उनीहरुको भाषा, सँस्कृति, भेषभूषा सँरक्षणका लागि गाउँपालिकाले कार्यक्रम ल्याएको छ । खासगरी पर्यटनसँग जोडेर अघि बढ्ने योजना छ । हामीले पर्यटन क्षेत्रको विस्तारका लागि होमस्टेको अवधारणा अघि सारेका छौं । कसैले गोकुलगंगा गाउँपालिकामा २० वटा एटेज बाथरुम भएको घर होटल पर्यटनको लागि बनाउनुहुन्छ भने गोकुलगंगा गाउँपालिकाले २० लाख अनुदान दिन्छ । दुई वर्षीय अनुदान दिने गरी गाउँपालिकाको सभाबाट स्वीकृत भएको छ । त्यति मात्रै होइन होमस्टेका लागि वडा नम्बर १ को ठोसे, शिवालय र चुचुरे लगायतका क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा घोषणा गरेका छौं । यसैगरी तल्लो क्षेत्रमा पनि मुख्य सडकको दायाँबायाँमा वडा नम्बर ६ देखि वडा नम्बर १ सम्ममा मानिसहरुले सडकको दायँबायाँ होटल बनाए त्यसमा पनि हाामी अनुदान दिन्छौं । प्रसिद्ध धार्मिक एवँ पर्यटकीय स्थल जटापोखरी र पाँचपोखरी जानका लागि पहिले दुईदेखि तिन दिनसम्म हिडेर जानु पर्दथ्यो । अहिले हामीले त्यसको आधारशिविर सम्म सडक निर्माण गरेर एक घण्टा पैदल हिडेर मात्रै पुग्नेगरी योजना बनाएका छौं । सडक निर्माणको काम सुरु भएको छ । ४२ सय मिटरको उचाईमा अव सडक पुग्ने छ । जटापोखरी र पाँचपोखरीमा स्वदेशि र विदेशी पर्यटक समेत भित्रयाउने गरी आवस्यक सँरचनाहरु बनाईने छ ।

प्रदेश सरकारले पनि यो क्षेत्रको पर्यटन विकासका लागि ५ करोग भन्दा बढीका सँरचना निर्माणका लागि बोलपत्र आव्हान गरिसकेको छ । जटापोखरी र पाँचपोखरी पुग्नका लागि एक घण्टाको पदमार्ग राखेर सडक निर्माण हुनेछ । पर्यटन विकासकै लागि दुई वटा डिपिआर तयार भएका छन् । अर्को डिपिआरका लागि पनि बोलपत्र हुँदैछ । हामी जट्टा महादेवको मूर्तिहरु बनाउने, सडक निर्माण गर्ने, हिउँ स्पोर्टहरु बनाउने र ४२ सय मिटरको उचाईमा सवारीका साधन लगेर हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सक्ने योजना बनाएका छौ । यी काम मेरै कार्यकालमा सम्पन्न हुने छन् ।

तीन बर्षको अवधि धेरै चुनौतिपूर्ण बन्यो । पहिला हाम्रो बस्ने संरचना थिएन, त्यो पहिलो चुनौती, कानुन निर्माण भएको थिएन, कर्मचारीहरु थिएनन् । तर, यी चुनौतीलाई हामीले पार गरिसक्यौं । एक वर्षमा ४/५ वटा कार्यकारी, लेखापाल र अन्य कर्मचारीहरु परिवर्तन भए त्यस्तो अवस्थामा पनि रातदिन शनिबार पनि कार्यलयमा खटेर काम गरिरहेका छौं । हामी एकदम मेहेनेतका साथ इमान्दारिताका साथ गोकुलगँगा गाउँपालिकालाई नमूना र समृद्ध गाउँपालिका बनाउने अभियानमा छौं । तिन बर्षको अवधिमा धेरै कामहरु भएका छन् बाँकी दुई बर्षको अवधिमा अरु धेरै कामहरु हुने छन् ।

गाउँपालिकाको वार्षिक बजेट र आन्तरिक आम्दानको अवस्था कस्तो छ ? गाउँपालिकालाई पूर्वाधार विकासका लागि आउने बजेट कुन शिर्षकमा बढी खर्च हुन्छ ?

गोकुलगँगा गाउँपालिकाको समानिकरन अनुदान साँढे १२ करोड मात्रै हो । विभिन्न किसिमका रोयल्टीहरु त तलब भत्तामा नैं सकिन्छ । यहि बजेटवाट पूर्वाधार विकास गर्ने हो । सबैभन्दा बढी खर्च त सडकमा भएको छ । त्यसपछि कृषि, पशुपालन र पर्यटन पूर्वाधार विकासमा खर्च भएको छ । आन्तरिक आम्दानीको कुरा गर्दा अहिले सिस्टम राम्रो विकास भएको छैन । स्थानीय जनताले कर तिर्न हिच्किचाईरहेका छन् । वार्षिक आम्दानी करिव ५० लाखमै सिमित छ । सोचे अनुसार हुन सकेको छैन ।

गाउँपालिकाको अध्यक्षको हैसियतले तीन वर्षको अवधिमा रहेर काम गर्दा के कस्ता समस्या र चुनौतीहरु देख्नुभयो ?

तीन बर्षको अवधि धेरै चुनौतिपूर्ण बन्यो । पहिला हाम्रो बस्ने संरचना थिएन, त्यो पहिलो चुनौती, कानुन निर्माण भएको थिएन, कर्मचारीहरु थिएनन् । तर, यी चुनौतीलाई हामीले पार गरिसक्यौं । एक वर्षमा ४/५ वटा कार्यकारी, लेखापाल र अन्य कर्मचारीहरु परिवर्तन भए त्यस्तो अवस्थामा पनि रातदिन शनिबार पनि कार्यलयमा खटेर काम गरिरहेका छौं । मलाई त साच्चै भन्नु पर्दा कहिलेकाही निन्द्रा पनि लाग्दैन ।

तपाईँ निर्वाचित भए लगत्तै केही मिडियाहरुमा अध्यक्ष खड्गबहादुर सुनुवारले आफ्नो समुह, निकट व्यक्ति र संस्थालाई मात्रै बढी बजेट विनियोजन गर्यो भन्ने आरोप लागेको थियो । खास कुरा के हो ?

त्यस्तो अहिलेसम्म भएको छैन । एक जना वडा अध्यक्षले प्रदेश मातहतको योजनामा हतरामा समिति बनाउँदा आलोचना भएको थियो । त्यो वाहेक हाम्रो गाउँपाकिकाको बजेटमा कुनै पनि वडा अध्यक्ष र वडा सदस्यले कुनै योजनामा कम बजेट विनियोजन भयो भनेर गुनासो गरेको छैन ।

तपाईं अलि कडा र हक्की स्वभावको भनेर पनि भन्ने गरिन्छ ? यो स्वभावले केही समस्या परेको छ कि छैन ?

यो त जनताले मुल्याकंन गर्ने कुरा हो । कडा र हक्की नभई हुदैन । हक्की स्वभावको त हुनैपर्छ । शासनमा बस्ने मानिसले केही साशन त दिनुपर्छ । त्यसैले म सेवक र शासक पनि हो । विकासमा दुरुपयोग हुुनुहुदैन । मंैले सरकारले दिएको सेवासुविधा भन्दा बाहेक अरु सुविधा हालसम्म लिएको छैन ।

अहिले विश्वभर कोरोनाको त्रास र जोखिम छ यसको नियन्त्रण र न्यूनिकरणका लागि गाउँपालिकाले के गरिरहेको छ ?

मेरो गाउँपालिकाले यो विषयमा अत्यन्त सुरक्षीत र गम्भिरताका साथ लागेर काम गरिरहेको छ । हामीले क्वारेन्टाईनमा बसेकाहरुलाई शौचालय, बस्न र खानाको छुट्टै व्यवस्था गरिदिएका छौँ । विभिन्न नाकाहरुमा कडाइ गरेका छौँ । स्थानीय जनताहरुलाई राहत र दिर्घरोगीहरुलाई औषधि पनि वितरण गरिसकेका छौँ । पालिकाको क्वारेन्टाइमा बस्ने मानिसहरुलाई निशुल्क खाना दिएर काम गर्न पनि दिएका र्छौँ । एकदमै गम्भिरताका साथ कोरोना नियन्त्रणमा लागि परेका छौँ ।

तर, क्वारेन्टाईनमा रहेका मानिसलाई पिसिआर रिर्पोट नआई छाडिदिँदा समस्या भयो । तँपाईँ आलोचित पनि हुनुभयो नि, हैन ?

हैन, क्वारेन्टाईनमा रहेकाहरुलाई गाउँपालिकाले आवस्यक सवै सुविधा दिएको छ । आरडिटि र पिसिआर परिक्षण पनि गराएकै छ । रिर्पोट नआई पठाएको भन्ने कुरा गलत सूचनाका कारण भएको हो । सुरुमा रिर्पोट नेगेटिभ आयो भन्ने कुरा आयो हामीले घर पठायौं, लगत्तै पोजेटिभ आयो भन्ने भयो फेरि फर्कायौं । एक जनाले चाँहि भागेर लुकेर हैरान पार्नुभयो । अन्तत उहाँलाई पनि फेला पारेर आईसोलेसन पठायौं । यसमा हाम्रो नियत केहि छैन ।

अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?

हामी एकदम मेहेनेतका साथ इमान्दारिताका साथ गोकुलगँगा गाउँपालिकालाई नमूना र समृद्ध गाउँपालिका बनाउने अभियानमा छौं । तिन बर्षको अवधिमा धेरै कामहरु भएका छन् बाँकी दुई बर्षको अवधिमा अरु धेरै कामहरु हुने छन् । विकास र समृद्धिको यो अभियानमा सवै गोकुलगँगा गाउँपालिकावासीलाई रचनात्मक सहयोग गर्न आग्रह गर्दछु । मेरो भनाईलाई जनतामाझ पुर्याउने अवसर दिनुभएकोमा तपाईं र तपाईंको मिडियालाई पनि धन्यवाद दिन चाहन्छु ।

३ असार २०७७ । ९ः०० बजे प्रकाशित

VIEWS: 5460 पटक हेरीएको
error: Content is protected !!