पशु विमा गर्ने किसानलाई दोलखाको मेलुङ गाउँपालिकाको १२.५ प्रतिशत अनुदान

4 months ago/Thursday, August 8th, 2019

करुणा बस्नेत ।
दोलखा, २३ साउन ।

दोलखाको मेलुङ गाउँपालिकाले पशु विमा गर्ने किसानलाई प्रोत्साहन स्वरुप पशु विमा गर्दा बेहोर्नु पर्ने रकमको आधा अनुदान दिई विमा गरिदिने भएको छ ।

मेलुङ गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०७६/७७ को कार्यक्रम अनुसार किसानले पशु विमा गर्दा बेर्हाेनुपर्ने रकमको २५ प्रतिशत रकममा गाउँपालिकाले १२ दशमलव ५ प्रतिशत अनुदानमा विमा गरिदिने भएको हो । प्राङगरीक गाउँपालिका बनाउने उदेश्यका साथ पशु विमाको लागि यस्तो नीति लिइएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । व्यवसायीक रुपमा वा सामान्य तरिकाले पशुपालन गर्दै आएका किसानहरुले विभिन्न कारणले पशुको मृत्यु भएमा नोक्सानी व्यहोर्नुपर्ने बाध्यता बिद्यमान छ । सोही कारण पशुपालन गर्ने किसानहरु पलायन हुँदै गएकाले उनीहरुको उत्थान र पेसालाई निरन्तरता दिन भन्दै यस्तो कार्यक्रमहरु ल्याएको उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले किसानहरु ऋणी हुनबाट जोगाउन र कृषि पेशालाई संरक्षण संबद्र्धन गरी व्यवसायीकतालाई जोड दिन पशु विमा कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो ।

पशु विमाका लागि चार लाख 

मेलुङ गाउँपालिकाले पशु सेवा शाखामा विनियोजन गरेको ६७ लाख बजेटमध्ये ४ लाख रकम पशु विमाका लागि छुट्याएको छ । त्यसमध्ये पशु विमाका लागि मात्रै ३ लाख र १ लाख विमा अभिमुखीकरणका लागि भन्दै रकम विनियोजन गरिएको हो । चालु आर्थिक वर्ष सुरु भएको विमा कार्यक्रम अनुसार किसानहरुले हालसम्म पशु सेवा शाखामा ३४ वटा पशुको विमा गराएका छन् । साउन १ गतेबाट लागु गरिएको विमा सेवा अन्तर्गत हालसम्म १५ घरधुरीका किसानहरुले ८ वटा भैँसी, गाई र गोरु गरी जम्मा १८ वटा र १६ वटा बाख्राको विमा गराएको गाउँपालिकाका नायव पशु स्वास्थ्य प्राविधिक दिपक थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार उन्नत जात र उमेर हेरेर पशुको विमा मुल्य निर्धारण गर्ने गरिन्छ । सोहीअनुसार बाख्राको विमा मुल्य सरदर ६ हजारदेखि १० हजारसम्म हुन्छ भने स्थानीय जात हेरि भँैसीको विमा रकम ५० देखि ९० हजार सम्म निर्धारण गरिएको हुन्छ । यस्तै गाई र गोरुको विमा मुल्य १५ देखि ५० हजारको बिचमा हुने पशु स्वास्थ्य प्राविधिक थपलियाले बताउनुभयो । किसानको धनजनको क्षतिको सुनिश्चितता गर्ने उदेश्यले पनि गाउँपालिकामा रहेका सबै पशुको विमा गर्ने लक्ष्य लिइएको उहाँको भनाई छ ।

कृत्रिम गर्भाधारणका लागि २ लाख ४० हजार 

पशु सेवा शाखाले पशुपालक कृषकहरुको गाई, भैँसीलाई कृत्रिम गर्भधारण गरी उन्नत जातको पशु विकास गरेर दुध उत्पादन बढाई किसानको आम्दानीको स्रोत बढाउने नीति लिएको छ । कृत्रिम गर्भाधारणका लागि भन्दै शसर्त अनुदानबाट २ लाख ४० हजार पशु सेवा शाखालाई प्राप्त भएको पशु स्वास्थ्य प्राविधिक थपलियाले जानकारी दिनुभयो । यो आर्थिक बर्ष सुरु भएदेखि अहिलेसम्म ७ वटा गाई र १३ वटा भैँसी गरी २० वटा पशुमा कृत्रिम गर्भाधारण गरिएको छ । गत वर्ष देखि सुरु गरिएको सो कार्यक्रम अनुसार २०७५÷७६ मा करिब ३ सय गाई भैसीँहरुको कृत्रिम गर्भाधारण गरिएको थियो । सो सेवाका लागि किसानहरुले २५ रुपैँया तिरेर टिकट लिई सेवा लिन सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । यस्तै कृषकहरुले पशु विमा गर्दा थप सय रुपैँया शुल्क तिरेर विमा गरेपछि दुर्घटनाका कारण किसानको मृत्यु भएमा पशु सेवा शाखाले २ लाख रकम उपलब्ध गराउने उल्लेख गरिएको गाउँपालिकाले जनाएको छ ।

२३ साउन २०६७ । ७ः ५० बजे प्रकाशित

VIEWS: 4260 पटक हेरीएको
error: Content is protected !!