पहिरोका कारण दोलखाको हलहले सडकखण्ड अवरुद्ध

4 months ago/Saturday, July 6th, 2019

दोलखा, २१ असार ।

लामोसागु जिरी सडकखण्ड अन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका ९ हलहलेमा बाटो अवरुद्ध भएको छ ।

गएरातिको वर्षासँगै रोडमाथि बाट खसेको पहिरोले आज विहान ३ बजेदेखि हलहलेमा बाटो अवरुद्ध भएको हो । बाटो अवरुद्ध भएसँगै दोलखा हुँदै राजधानी र दोलखातर्फ आउने सवारीका साधनहरु बीचबाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउनका लागि खरिढुंगाबाट जेसीवी ल्याइएको छ भने प्रहरी पनि आज विहानैदेखि खटीएका छन् । सडक अवरुद्ध भएपछि विच बाटोमा अलपत्र परेका साना सवारी साधनलाई पुलबाट आवातजावत गर्न भनिएको छ भने ठुला सवारीका साधन विच बाटोमै अलपत्र छन् । अवरुद्ध सडक सुचारु हुन अझै केही समय लाग्ने दोलखाका प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

२१ असार, २०७६ । ८ः ३० बजे प्रकाशित ।

VIEWS: 5780 पटक हेरीएको
error: Content is protected !!