पहिरो पन्छाएपछि दोलखाको हलहले सडकखण्ड सुचारु

4 months ago/Sunday, July 7th, 2019

दोलखा, २२ असार ।

वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको लामोसाँगु जिरी सडक अन्र्तगत दोलखाको हलहले सडक खण्ड सुचारु भएको छ ।

भीमेश्वर नगरपालिका ९ हलहलेमा हिजो विहानदेखि अवरुद्ध भएको सडक १५ घण्टापछि साँझबाट सुचारु भएको हो । सडकमाथिबाट पहिरोसँगै ठुला–ठुला ढुंगाहरु समेत खसेकाले सडक सुचारु गराउन समय लागेको दोलखा प्रहरीले जनाएको छ । अवरुद्ध सडक खण्डमा हिजो दिनभर स्काभेटर प्रयोग गरि पहिरो पन्छाउने काम गरीएको थियो । सडक सुचारु भएसँगै विच बाटोमा अलपत्र परेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

२२ असार, २०७६ । ६ः ३० बजे प्रकाशित ।

VIEWS: 1390 पटक हेरीएको
error: Content is protected !!