पाँचपोखरी र जट्टापोखरीको “बेस क्याम्प” सम्म चालु वर्ष सडक पुग्ने

2 months ago/Tuesday, July 27th, 2021

प्रमिला नेपाली ।

जिरी (दोलखा), १२ साउन ।

दोलखा र रामेछापको सिमानामा पर्ने एैतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र पाँच पोखरी र जट्टा पोखरीमा चालु आर्थिक वर्षसम्म सडक बाटो पुग्ने भएको छ ।

तामाकोसी नदीको प्रमुख सहायक नदीको रुपमा रहेको खिम्ति खोलाको सिरमा पर्ने धार्मिक हिसावले प्रख्यात रहेको पाँच पोखरी र जट्टापोखरीमा चालु आर्थिक वर्ष २०७८/७९ सम्म सडक बाटोको विस्तार हुने भएको हो । रामेछापको गोकुलगंगा गाउँपालिकाले अहिले चुचुरेस्थित माजकटेरासम्म सडक बाटो पुया्एको छ । गाउँपालिकाले तीन आर्थिक वर्षमा ६० लाखको लागतमा गर्जाङ– धौले फापरबारी –कोस्याङखर्क सडक अन्र्तगत माजकटेरासम्म सडक बाटो पु¥याएको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले जानकारी दिनुभयो । यसअघि मानिसहरु गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १ चुचुरेबाट ८/९ घण्टा पैदल हिडेर जट्टा पोखरी र पाँच पाखेरीसम्म पुग्ने गर्दथे । तर, अहिले माजकटेरासम्म सडक पुगेपछि साढे तीन घण्टा मात्रै पदैल हिडेर पोखरीसम्म पुग्न सकिन्छ । दर्शनार्थी र पर्यटकहरु धेरै हिडेर जट्टा पोखरी र पाँच पोखरी जानुपर्ने बाध्यता रहेकोले गोकुलगंगा गाउँपालिकाले सडक बाटोको विस्तार गर्दै लगेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा जट्टापोखरी र पाँच पोखरीसम्मै सडक पुया्एको गरी सर्भे गर्न सुरु गरिसकेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जट्टा पोखरी र पाँचपोखरीको वेस क्याम्पसम्म सडक पुया्ने गरी सर्भे लगायतका काम सुरु गरिसकेको छ । चालु वर्ष सडक स्तोरोन्नतीका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख र गाउँपालिकाले १ करोड बजेट विनियोजन गरेको छ । सो रकमबाट माजकेटरादेखि करिब ५ किलोमिटर जट्टापोखरी नजिकैसम्म सडक स्तोरोन्नती र ट्रयाक खोलिने गाउँपालिकाले जनाएको छ । सडकको स्तोरोन्तती र ट्रयाक खोलेपछि करिब आधा घण्टा मात्रै प्रकृतिसँग रमाउँदै पैदल हिडेर जट्टा पोखरी र पाँच पोखरीसम्म पुग्न सकिने गाउँपालिकाका सल्हाकार पर्शुराम कार्कीले बताउनुभयो ।

तामाकोसी नदीको प्रमुख सहायक नदीको रुपमा रहेको खिम्ति खोलाको सिरमा पर्ने धार्मिक हिसावले प्रख्यात रहेको पाँच पोखरी र जट्टापोखरीमा चालु आर्थिक वर्ष २०७८/७९ सम्म सडक बाटोको विस्तार हुने भएको हो । यसअघि मानिसहरु गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १ चुचुरेबाट ८/९ घण्टा पैदल हिडेर जट्टा पोखरी र पाँच पाखेरीसम्म पुग्ने गर्दथे । तर, अहिले माजकटेरासम्म सडक पुगेपछि साढे तीन घण्टा मात्रै पदैल हिडेर पोखरीसम्म पुग्न सकिन्छ । हिन्दुहरुको पर्व जनैपूर्णिमाको अवसरमा लाग्ने मेला भर्न यो वर्ष पनि अहिले देखि नै दर्शनार्थीहरु जान थालेका छन् । जनैपुर्णिमासम्म करिब ४ देखि ५ हजार मानिसहरु सो स्थानमा पुग्ने गरेका छन् ।

४ हजार २ सय ५० मिटरको उचाईमा रहेको जट्टापोखरी धार्मिक ए पर्यटकीय आकर्षणको केन्द्र हो । एउटा हिमतालकै रुपमा रहेको छ । जट्टापोखरीभन्दा केही माथि पर्ने पाँचपोखरी ४ हजार ६ सय ५ मिटरको उचाईमा छ । जट्टा पोखरी दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला पार गरेपछि पुग्न सकिन्छ । सो स्थान पुग्न रामेछापको गोकुलगंगा गाउँपालिकास्थित रस्नालु, शिबालय र गर्जाङ हुँदै तथा दोलखाको जिरी माली हुँदै जान सकिन्छ । जट्टा पोखरी र पाँचपोखरी जाँदा पर्यटक तथा दर्शनाथीहरु उच्च पहाडी क्षेत्रको हावापानी, वनस्पती, जडीबुटी र छाँगा छहरासँगै रम्दै पुग्न सक्नेछन् ।

प्रत्येक वर्ष जनैपूर्णिमाको दिन पाँचपोखरी र जट्टा पोखरीमा भव्य मेला लाग्ने गर्दछ । मेला भर्नका लागि रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, ओखलढुंगा, सोलखुम्बु, भक्तपुर, काठमाण्डौं र तराई क्षेत्रका जिल्लाहरुबाट मात्रै नभई भारतको सिक्किमबाट समेत पनि ठुलो संख्यामा दर्शनार्थीहरु पुग्ने गर्दछन् । हिन्दुहरुको पर्व जनैपूर्णिमाको अवसरमा लाग्ने मेला भर्न यो वर्ष पनि अहिले देखि नै दर्शनार्थीहरु जान थालेका छन् । जनैपुर्णिमासम्म करिब ४ देखि ५ हजार मानिसहरु सो स्थानमा पुग्ने गरेका छन् ।

१२ साउन, २०७८ । ८ः०० बजे प्रकाशित ।

VIEWS: 17550 पटक हेरीएको
error: Content is protected !!