पाँच बर्षभित्र गौरीशंकर संरक्षण क्षेत्रलाई आत्मनिर्भर बनाउने योजना छः आयोजना प्रमुख साह

3 weeks ago/Saturday, August 29th, 2020

 

सगरमाथाको आधार शिविर कालापत्थरमा २०६६ सालमा बसेको नेपाल सरकार मन्त्रिपरिषद बैठकले सगरमाथा राष्ट्रिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्जलाई जोड्ने दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रलाई समेटेर गौरीशंकर संरक्षण क्षेत्रको घोषणा गर्यो । २०६७ साल साउन ३ गतेको निर्णय वमोजिम व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लाई दिएपछि गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) संचालन भएको हो । २१ सय ७९ बर्ग किलिमिटर क्षेत्रमा फैलिएको संरक्षण क्षेत्र प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र पनि हो । कार्यान्वयन भएको १० बर्ष पूरा भएको अवसरमा जिक्यापले ‘१० बर्षमा भएका १० उपलव्धि’ सार्वजनिक पनि गरेको छ । यसै सन्दर्भमा आधारित रहेर सहकर्मी सिर्जना खड्काले गौरीशंकर संरक्षण क्षेत्रको लगातार १० बर्षदेखि नेतृत्व गरिरहेका आयोजना प्रमुख सत्यनारायण साहसँग कुराकानी ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) कार्यान्वयन भएको १० बर्ष पूरा भएको अवसरमा १० मुख्य उपलव्धिहरु सार्वजनिक गर्नु भएछ नी ?

हो, भदौ १ गते मात्रै सार्वजनिक भएको छ । हामीले १० बर्षमा हाँसिल गरेका मुख्य उपलव्धिहरुलाई सार्वजनिक गरेका हौं । नेपाल सरकारले गौरीशंकर संरक्षण क्षेत्रको व्यवस्थापनका लागि २० बर्षको अवधि दिएको छ ।

अहिलेसम्मको आधा अवधिलाई समिक्षा गरेर हेर्दा संरक्षण र व्यवस्थापन कुन दिशातर्फ अघि बढेको भन्न सकिन्छ ?

एकदमै राम्रो प्रश्न हो । हामीले १० वर्षमा संरक्षण क्षेत्र भित्रका समुदाय, राजनीतिक दल र स्थानिय तहमा एउटै कुरा अगाडी बढाएका छौँ । संरक्षण क्षेत्र प्रति उहाँहरु सबैको स्वामित्व हुनुपर्यो भन्नेतिर हामी एउटै अर्जुनदृष्टिले काम गरेका थियांै । मैले एउटै उपलब्धि के पाए भने यो १० वर्षको दौरानमा उहाँहरु सवैले संरक्षण क्षेत्रप्रति स्वामित्व लिएको अनुभूति भएको छ । विगतमा गौरीशंकर संरक्षण क्षेत्रलाई हेर्ने दृष्टिकोण नैं फरक थियो । आयोजना कार्यान्वयन हुने नहुने भन्ने बिषय अन्यौलमा थियो । अहिले सवै क्षेत्रले यो अभियानलाई स्विकार गरेको छ । स्वामित्व ग्रहण भएको छ, यो मुख्य उपलव्धि हो ।

मेरो प्रश्न चाँहि मन्त्रिपरिषदको कालापत्थर बैठकले जुन उद्धेस्यका साथ एनटिएनसीलाई संरक्षण क्षेत्रको व्यवस्थापनको जिम्मा दिएको थियो । त्यो उद्धेस्य कत्तिको पुरा भयो भन्ने हो ?

गौरीशंकर सरक्षण क्षेत्र आयोजनाको व्यवस्थापनका लागि दिएको २० बर्षको अवधि मध्ये १० बर्ष पुरा भईसकेको छ । पूर्वमा सगरमाथा राष्ट्रिय निकुञ्ज पश्चिममा लाङटाङ राष्ट्रिय निञ्कुजलाई जोड्ने जैविक मार्ग जिक्यापमा पर्दछ । त्यो जैविक मार्गलाई उचित व्यवस्थापन गर्नु पर्ने सवैभन्दा ठूलो जिम्मेवारी दिईएको थियो । त्यो जिम्मेवारी हामीले बहन गरेको जस्तो लाग्छ । किनभने अहिले संरक्षण क्षेत्रमा बन्यजस्तुहरु बढेको छ । हाम्रो उद्धेस्य बन्यजन्तुको बासस्थानलाई व्यवस्थापन गरेर बन्यजन्तुको सङ्ख्या वृद्धि गर्ने पनि हो । जैविक मार्गलाई व्यवस्थापन गर्ने जुन जिम्मेवारी थियो, त्यो जिम्मेवारीलाई १० बर्षमा करिव ६० प्रतिशत पुरा गरिसकेका छौं । गौरीशंकर संरक्षण क्षेत्र भित्र रोल्वालिङ र लप्चि एरियामा हामीले संसारकै दुर्लभ हिउँचितुवा लगायतका दुर्लभ बन्यजन्तु फेला पारेका छौं । अन्तराष्ट्रिय स्तरमा गौरीशंकर संरक्षण क्षेत्र चिनिएको छ ।

यस्तै, पर्यावरणीय वातावरणलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि हामीलाई थियो । यो क्षेत्रमा पनि हामीले केहि हदसम्म काम गरेका छौं । संरक्षण क्षेत्रभित्रका जनसमुदायको जिविकोपार्जन र आर्थिक सवलीकरणका लागि पनि बिभिन्न कामहरु गरेका छौं । मलाई लाग्छ, नेपाल सरकारले जुन जिम्मेवारी हामीलाई दिएको थियो, हाम्रो अभियान त्यहि दिशातर्फ अघि बढेको छ र बाँकी अवधिमा हामी आफ्नो दायित्व पूरा गर्नेछौं ।

वन्यजन्तु र वनपैदावार तस्करी गर्ने मान्छेहरुलाई कारबाही गर्न खोज्दा हामी ६ घण्टासम्म सिंगटीस्थित गौरीशंकर संरक्षण क्षेत्र प्रधान कार्यालयमा लुक्नुपर्ने अवस्था आयो । ६ घण्टा भित्र म सहित ६ जना कर्मचारी थुनिनु पर्यो, ढुंगामुढा भयो । तैपनि हामीले हरेश खाएनौ । किनभने हामि सहि बाटोमा थियौ । हामी अहोरात्र खटेर यो ठाउँसम्म आएका छौँ ।

बन्यजन्तुको सँख्यामा बृद्धि भएकोमा त कुनै शंका भएन । यसको सँख्या बृद्धि हुनु मात्र ठूलो कुरा हो कि व्यवस्थापनको कुरा पनि ?

दुई वटै कुरा हो । वन्यजन्तु संसारभरी लोप हुने अवस्था आएका बेला यसको संख्या बृद्धि हुनु खुशिको कुरा हो । तर, नेपालमा संरक्षण क्षेत्रको अवधारणासमुदायमा आधारित संरक्षण क्षेत्र भएकाले बन्यजन्तुको व्यवस्थापन गर्नु पनि महत्वपूर्ण कुरा हो । यो भित्र मान्छेको बसोबास छ, मान्छेको आवतजावत छ र समुदायमा आधारित भएकोले गाउँघरहरु पनि संरक्षण क्षेत्र भित्र पर्छन् । राष्ट्रिय निकुञ्जमा बन्यजन्तु र वनस्पतिहरु मात्रै त्यो भित्र व्यवस्थित हुन्छन् र अन्य कुराहरुको सुरक्षाका लागि त्यहाँ सेना परीचालन गरिएको हुन्छ । तर, संरक्षण क्षेत्र भित्र यहीको जनता यहीको समुदायले वन्यजन्तुको व्यवस्थापनका साथै संरक्षण पनि गर्नुपरेको छ । मान्छे पनि संरक्षण क्षेत्रभित्रै छ र बन्यजन्तु पनि छ । त्यसैले त्यसैले यो दुई वटालाई व्यवस्थापन गर्न सबैभन्दा ठूलो चुनौती हामीलाई छ । त्यसैले यो चुुनौतीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा हामी गम्भिर छौं । अवको ५ बर्ष मान्छे र बन्यजन्तुवीचको द्धन्द्ध व्यवस्थापन तथा यहाँको प्राकृतिक श्रोतसाधनको व्यवस्थापन र समुदायले कसरी उपयोग गर्न सक्छन् ? भन्ने बिषयमा हामी योजना बनाएर अघि बढ्ने छौं ।

तँपाई जिक्यापको आयोजना प्रमुख भएर १० बर्षअघि आउनुभयो र अहिलेसम्म लगातार सोही जिम्मेवारीमा हुनुहुन्छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजना कार्यान्वयनको सुरुवाती चरणलाई स्मरण गर्नु पर्दा कसरी गर्नुहुन्छ ?

तपाईँले याद दिलाउनुभयो । सुरुमा म दोलखा आउँदा साथमा एउटा ल्यापटप मात्रै लिएर आएको थियो । अहिले १० बर्षको अवधिमा जिक्यापको तिन वटै जिल्लामा व्यवस्थित कार्यालय सहितका भौतिक संरचनाहरु खडा भईसकेका छन् । आगामी बर्षदेखि कुनै पनि कार्यालय भाडामा चलाउनु पर्ने छैन । आफ्नै चेकपोष्ट छ, आफ्नै कार्यालय छन् । ७० प्रतिशत स्थानीय कर्मचारी छन् । सुरुको दिनमा संरक्षण क्षेत्रको अभियानलाई यो बिन्दुसम्म ल्याउन सकिएला र ? भन्ने प्रश्न थियो । तर, जिक्यापलाई १० बर्षभित्र एउटा व्यवस्थित संरक्षण क्षेत्रकोरुपमा पुर्याउने छु भन्ने मेरो दृढ संकल्प र धैयर्ता थियो । सरकारले बन र बन्यजन्तुको संरक्षण, व्यवस्थापन र पर्यावरणमा गर्ने गरी दिएको जिम्मेवारीलाई पूरा गर्नु मुख्य जिम्मेवारी थियो । आज यो अभियानमा यहाँका समुदाय लागिपरेका छन् । सवैभन्दा खुशिको कुरा यहि हो ।

भनेपछि यो आयोजनालाई अहिलेको बिन्दुसम्म ल्याउन धेरै सँघर्ष गर्नु पर्यो ?

धेरै संघर्ष गर्नुपर्ने अवस्था आयो । तपाईहरुलाई पनि थाहा नै छ । सुरु सुरुमा धेरै उतारचढाव भयो । यो जिल्लामा संरक्षण क्षेत्रको कार्यालय खोल्नै कठिन थियो । संरक्षण क्षेत्र भनेको निकुञ्ज, आरक्षण जस्तै हो । संरक्षण क्षेत्रमा मानिस प्रवेश गर्न नैं पाउँदैनन्, दाउरा र जंगलमा हुने तरकारी निउरो समेत टिप्न पाईन्न भन्ने बुझाई थियो । मिडियाकर्मी र राजनीतिक दलका नेताज्यूहरु त्यसको प्रतक्ष्य साक्षि हुनुहुन्छ । तर, यी सवै कठिनाईका बाबजुत हामी आफ्नो उद्धेश्यमा लागेर यो ठाउँसम्म आएका छौं । विगतका कुराहरुलाई हामीले समिक्षा गरीरहेका छौं । हाम्रा पनि केही गल्ती होलान् । त्यसलाई पनि हामी सच्याउँदै, सुधार गर्दै यो ठाउँसम्म ल्याउने प्रयास ग¥यौं । १० बर्षसम्म संरक्षण क्षेत्रको नेतृत्व गरेकाले मैंले राम्रा पक्षको जस र नराम्रा अर्थात भए गरेका गल्ति कमजोरीको अपजस पनि लिनै पर्छ । गल्ति कमजोरीलाई सच्याएर अघि बढ्नु पर्छ । अबको १० बर्षमा यो संरक्षण क्षेत्रलाई एउटा नमूना संरक्षण क्षेत्रको रुपमा स्थापना गरेर यहाँका जनतालाई यहाँको समुदायलाई, यहाँको स्थानिय तहलाई समन्वन्य गरेर उहाँहरुसँगै सहकार्य गरेर संरक्षण क्षेत्र व्यवस्थापन गर्ने जिम्मा दिएर हामी ब्याक हुनु पर्छ । मलाई लाग्छ त्यो बेलासम्म स्थानिय तह, यहाँको समुदाय, समिती र उप–समितीहरु सक्षम हुने छन् ।

२७ बर्षसम्म यो संस्थामा संघर्ष गरेर यो ठाउँसम्म आएको छु । त्यसैले मैले बुझेको छु, जनताको कहाँनिर दुःख र पीडा छ, कहाँनिर गुनासो छ ? भनेर । अन्नपूर्ण संरक्षण क्षेत्रमा बसेर काम गर्दाको अनुभवलाई मैंले जिक्यापमा लगाएको छु । संरक्षणसँगै बढेको मानिस र बन्यजन्तु वीचको द्धन्द्धलाई कम गराउन सकेका छैंनौं । यो दुखद पक्षलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, पीडितलाई बढी भन्दा बढी राहत कसरी दिन सकिन्छ भनेर सोचिरहेका छौं ।

संरक्षण क्षेत्रवाट चोरी तस्करी भएको घटनामा कारवाही गर्दा तँपाई र कर्मचारीमाथि सांघातिक आक्रमणको प्रयास पनि भयो नि, हैन ?

अँ, त्यो त सबै थाहै छ तपाईँहरुलाई । वन्यजन्तु तस्करी गर्ने मान्छेहरु, वनपैदावार तस्करी गर्ने मान्छेहरुलाई कारबाही गर्न खोज्दा हामी ६ घण्टासम्म सिंगटीस्थित गौरीशंकर संरक्षण क्षेत्र प्रधान कार्यालयमा लुक्नुपर्ने अवस्था आयो । ६ घण्टा भित्र हाम्रा म सहित ६ जना कर्मचारी थुनिनु पर्यो, ढुंगामुढा भयो । तैपनि हामीले हरेश खाएनौ । किनभने हामि सहि बाटोमा थियौ । सहि बाटोमा हिड्ने मान्छे हरेश पनि खानु हुदैन । हामीले हाम्रो उद्धेस्य र जिम्मेवारी पुरा गर्ने प्रयास गर्यौं । हामी अहोरात्र खटेर यो ठाउँसम्म आएका छौँ । खासगरी मैंले यहाँका राजनीतिक दल, स्थानीय प्रशासन, सञ्चारकर्मी, बुद्धिजीवी, सामाजिक कार्यकर्ता, स्थानीय समुदाय र मेरो टिममा रहेका काम गर्ने साथिहरुलाई बिशेष धन्यवाद दिनु पर्दछ । उहाँहरुकै साथ र सहयोगले गर्दा हामी यहाँसम्म आउन सफल भयौं ।

तराईमा जन्मिएको मान्छे हिमालमा आएर गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको प्रमुख बनेर १० बर्षसम्म नेतृत्व गर्नुभयो । हिजोको सुरुवाती दिन र अहिलेको उपलव्धिलाई कसरी समिक्षा गर्नुहुन्छ ?

एकदमै राम्रो प्रश्न, मेरो बाल्यकाल तराई मधेशमा बितेको हो । सबैलाई थाहा नै छ । २०४९ सालमा यो संस्थामा प्रवेश गरे । त्यो बेला यो संस्थाको नेतृत्व तत्कालिन राजदरवारबाटै हुन्थ्यो । यो संस्थामा प्रवेश गर्ने तराई मुलको म मात्रै एउटा व्यक्ति थिए । २७ बर्षसम्म यो संस्थामा संघर्ष गरेर यो ठाउँसम्म आएको छु । त्यसैले मैले बुझेको छु, जनताको कहाँनिर दुःख र पीडा छ, कहाँनिर गुनासो छ ? भनेर । अन्नपूर्ण संरक्षण क्षेत्रमा बसेर काम गर्दाको अनुभवलाई मैंले जिक्यापमा लगाएको छु । समुदायसँगको सहकार्य नैं सवैभन्दा ठूलो शक्ति हो भन्ने मलाई थाहा छ, त्यहि भएर म समुदायवाट कहिल्यै टाढा रहन्न । मुख्य कुरा दृढ इच्छाशक्ति, जिम्मेवारी र कर्तव्यबोध र टिम वर्क हो । गौरीशंकर संरक्षण क्षेत्रवाट जाँदा पनि मैंले धेरै कुराहरु सिकेर जानेछु ।

अनि, यो आयोजना कार्यान्वयनको १० बर्षको अवधिमा संरक्षण क्षेत्रभित्रका नागरिकले पाएका सुखद र दुखद कुराहरु नी ?

हामीले १० बर्षमा प्राप्त गरेका मुख्य १० उपलव्धिहरु सुखद हुन् । संरक्षण, व्यवस्थापन र समुदाय परिचालनको काम उच्चस्तरमा अघि बढेको छ । पर्यावरण र पर्यटन प्रवद्र्धनको क्षेत्रमा पनि थुप्रै काम भएका छन् । संरक्षणको कुरा गर्दा मानिस र बन्यजन्तु वीचको द्धन्द्ध आउँछ । त्यसलाई हामीले व्यवस्थित गर्ने प्रयास गरेका छौं । बन्यजन्तुवाट क्षेति व्यहोरेकाहरुलाई राहतको प्याकेज दिएका छौं । १० बर्षमा २० हजार भन्दा बढि बाह्य पर्यटक भित्र्याएका छौ । अन्र्तराष्ट्रिय जगतमा यो क्षेत्रको पहिचान बनेको छ । २५ वटा बिद्यालयमा संरक्षण शिक्षा लागु गरेका छौं । बुद्धमार्गीहरुको बसोबास भएको हाम्रो संरक्षण क्षेत्र हो । एउटा घरले बर्षमा एकपटक लुङ्दर फेर्दा एउटा सुरिलो रुख काट्ने चलन थियो । अहिले त्यसलाई बिस्थापित गरेर घरघरमा फलामे पोल, सुधारिएको चुल्हो पुर्याएका छौं । परिणामत वार्षिक हजारौं रुख कटान हुनवाट जोगिएको छ । यसका अलावा, आयआर्जन, सरसफाई, खानेपानी लगायतका क्षेत्रहरुका धेरै काम भएको छ । यी सवै सुखद पक्ष हुन् । तर, संरक्षणसँगै बढेको मानिस र बन्यजन्तु वीचको द्धन्द्धलाई कम गराउन सकेका छैंनौं । यो दुखद पक्षलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, पीडितलाई बढी भन्दा बढी राहत कसरी दिन सकिन्छ भनेर सोचिरहेका छौं ।

विगतमा गौरीशंकर संरक्षण क्षेत्रलाई हेर्ने दृष्टिकोण नैं फरक थियो । आयोजना कार्यान्वयन हुने नहुने भन्ने बिषय अन्यौलमा थियो । अहिले सवै क्षेत्रले यो अभियानलाई स्विकार गरेको छ । स्वामित्व ग्रहण भएको छ, यो मुख्य उपलव्धि हो । अबको ५ वर्षमा जिक्यापलाई आत्मनिर्भर संरक्षण क्षेत्र बनाउने मेरो अभियान छ ।

जिक्यापका भावी योजना र कार्यक्रम कसरी अघि बढ्लान ? जनसमुदायवाट आयोजनाले राखेका अपेक्षाहरु के हुन् ?

अबको ५ वर्षमा जिक्यापलाई आत्मनिर्भर संरक्षण क्षेत्र बनाउने मेरो अभियान छ । गाउँपालिका, नगरपालिका, जिल्ला समन्वय समिति, प्रदेश सरकार, सघिय सरकारसँग मिलेर यो क्षेत्रलाई आत्मनिर्भर संरक्षण क्षेत्र बनाउने दिशातर्फ अघि बढ्नु पर्दछ । जडिवुटि र कृषिका माध्यमवाट समृद्धिको आधार खोज्ने तयारीमा छौं । संरक्षण क्षेत्रका समुदायलाई आयआर्जका कार्यक्रमहरु ल्याउने, बढी भन्दा बढी पर्यटक भित्रयाएर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो योजना छ ।

कोरोनाको जोखिमका कारण राष्ट्रिय प्रकृति संरक्षण कोष नैं संकटमा परेको समाचारहरु आईरहेका छन् । गौरीशंकर संरक्षण क्षेत्र आयोजना पनि संकटमै होला, यो संकटका बेला पूर्व निर्धारित कार्यक्रम अघि बढ्न सक्लान् ?

चुनौति त छ यसमा किनभने यो कोभिड १९ का बेलामा हामीसँग बाह्य पर्यटक आएका छैनन् । बाह्य पर्यटकबाट आउने श्रोत नैं हाम्रो मुख्य श्रोत हो । ६ महिना देखि एउटा पनि पर्यटक आएको छैन । यहाँ पनि छैन अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि छैन, मनास्लुमा छैन र चिडियाखानाको आम्दानी पनि छैन । त्यसैले स्वभाविकरुपमा हामीलाई कठिनाई छ । यद्धपि, कर्मचारी व्यवस्थापन कसरी गर्ने, विगतमा संचालन भएका कार्यक्रमहरुलाई कसरी निरन्तरता दिने ? भन्ने बिषयमा छलफल भईरहेको छ । मेरो बिचारमा नेपाल सरकारले पनि यो बिषयमा चासो राख्नु पर्दछ । नेपाल सरकारको आफ्नै संस्था भएकाले पनि संकटका बेला आवस्यक सहयोग गर्नु पर्दछ ।

१३ भदौ, २०७७ । १०ः३० बजे प्रकाशित

VIEWS: 2155 पटक हेरीएको
error: Content is protected !!