पिसिआर परिक्षण गरिएका मध्ये आधा भन्दा बढीमा कोरोना संक्रमण

1 week ago/Thursday, June 10th, 2021

दोलखा, २७ जेठ ।

दोलखामा पछिल्लो समय पिसिआर परीक्षण गरिएका आधा भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुलुकभर कोरोना संक्रमणदर घट्दै गइरहेका बेला जिल्लामा भने केही दिन यता पिसिआर परीक्षण गरिएका आधा भन्दा बढीमा संक्रमण देखिएको हो । पछिल्लो केही दिनयता ३० देखि ६० को हाराहारीम परीक्षण गरिएकोमा आधा भन्दा बढि संक्रमित दैनिक रुपमा भेटिरहेका छन् । जसअनुसार पछिल्लो २४ घण्टामा ५४ जनाको पिसिआर परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो संख्या पिसिआर परीक्षण गराएकाहरुको जम्मा संख्याको १० जनाले मात्रै कम हो । पिसिआर गरिएका मध्ये करिव ६० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि, हिजो जेठ २६ गते ५९ जनाको पिसिआर परीक्षण गर्दा ३६ जना संक्रमित भएका थिए । २५ गते ३२ जनाको पिसिआर गर्दा १४ जना र २४ गते ५९ जनाको पिसिआर परीक्षण गरिएकोमा ४८ जना संक्रमण पुष्टि भएको थियो । सो तथ्यांकलाई हर्दा पछिल्लो समय पिसिआर विधिबाट कोरोना परीक्षण गराएका आधा भन्दा बढिमा संक्रमण पुष्टि भएको छ ।

मुलुकभर कोरोना संक्रमणदर घट्दै गइरहेका बेला जिल्लामा भने केही दिन यता पिसिआर परीक्षण गरिएका आधा भन्दा बढीमा संक्रमण देखिएको हो । पछिल्लो केही दिनयता ३० देखि ६० को हाराहारीम परीक्षण गरिएकोमा आधा भन्दा बढि संक्रमित दैनिक रुपमा भेटिरहेका छन् । पिसिआर गरिएका मध्ये करिव ६० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको कुनै लक्षण नदेखिएका, संक्रमितको सम्पर्कमा नगएकाहरुको पनि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतिकी एक युवतिलाई पनि कुनै लक्षण विना कोरोना परीक्षण गर्दा संक्रमण देखिएको छ । उनी कसैको सम्पर्क नगएपनि कोरोना आशंकामा पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । दोलखामा पछिल्लो समय दैनिक ३५ देखि ६० को हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन् ।

आज मात्रै पिसिआरबाट पिरीक्षण गरिएका ३४ जना र ३८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा १३ गरी कुल ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ २६ गते ३७ जनामा संक्रमण पुष्टि भएको थियो भने २५ गते ५९ जनामा कोरोना संक्रमण देखिएको थियो । जिल्लामा हालसम्म १८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ हजार ४ जना पुरुष र ८ सय ११ जना महिला रहेका छन् ।

यस्तै, आज थप ५७ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढि भीमेश्वर नगरपालिकाका ३८ जना संक्रमित कोरोना मुक्त भएका छन् । कालिञ्चोक गाउँपालिकाका १३ जना, मेलुङ गाउँपालिकाका ४ जना र जिरी नगरपालिकाका २ जना कोरोना मुक्त भएका हुन् । योसँगै दोलखामा कोरोना मुक्त हुनेको संख्या ११ सय ३ पुगेको छ । हाल जिल्लामा ७ सय ३ जना सक्रिय कोरोना संक्रमित छन् । तीमध्ये ६ सय ७७ जना होम आइसोलेसनमा र २६ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

२७ जेठ, २०७८ । ५ः१० बजे प्रकाशित ।

VIEWS: 1335 पटक हेरीएको
error: Content is protected !!