पूजामा गएकी १३ वर्षीया बालिका बलात्कृत

3 months ago/Wednesday, May 15th, 2019

दोलखा, १ जेष्ठ ।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ७ का एक पुरुष पक्राउ परेका छन् ।

भिनपा ७ बस्ने ४३ वर्षीय राम बहादुर तामाङ बालिका बलत्कारको आरोपमा पक्राउ परेका हुन् । तामाङले बैशाख २८ गते राति ठुलो बुबाको घरमा लगाईएको पूजामा जाँदै गरेकी १३ वर्षीया बालिकालाई बलत्कार गरेको दोलखा प्रहरीले जनाएको छ । तामाङलाई पीडित बालिकाको दाईले दिएको उजुरीका आधारमा हिजो आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङले बालिकालाई ललाई फकाई आफ्नै घरमा लगेर करणी गरेको खुलेको छ । पक्राउ परेका तामाङलाई हिजै दोलखा जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कस्तो छ कानुनी सजायको व्यवस्था ?

‘मुलुकी अपराध संहिता ऐन २०७४’ को दफा २ सय १९ को उपदफा ३ (ख) अनुसार १० वर्ष वा १० वर्ष भन्दा माथि १४ वर्ष भन्दा कम उमेरकी बालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई १४ देखि १६ वर्ष सम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

१ जेष्ठ, २०७६ । ११ः ०० बजे प्रकाशित ।

VIEWS: 1555 पटक हेरीएको
error: Content is protected !!