पूर्वमन्त्री पोखरेलले पठाए गृह जिल्ला दोलखामा स्वास्थ्य सुरक्षाका सामाग्रि

3 weeks ago/Tuesday, June 1st, 2021

दोलखा, १८ जेठ ।

दोलखामा कोरोना महामारीको संक्रमण तिव्र भईरहेका बेला नेकपा एमालेका नेता एवँ पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले स्वास्थ्य सुरक्षा सामाग्रि पठाएका छन् ।

पूर्वमन्त्री पोखरेलले दोलखाका स्थानीय सरकार, फ्रण्टलाईनमा खटिने सुरक्षाकर्मी, पत्रकार तथा बाल गृहका वालवालिकाहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्रि पठाएका हुन् । पूर्वमन्त्री पोखरेलले व्यवस्था गरेको स्वास्थ्य सामाग्रि लिएर उनका छोरा रिनन पोखरेल र परिवारका अन्य सदस्यहरु जिल्ला सदरमुकाम चरिकोट आएका थिए । पोखरेलले १ हजार लिटर सेनिटाईजर, ४० हजार सर्जिकल मास्क, ३४ हजार पिस सिटामोल, १०० थान पिपिई सेट, ५० थान फेस सिल्ड, २५ थान बडि ब्याग र ५ सय जोर ग्लब्स जिल्ला समन्वय समिति दोलखालाई हस्तान्तरण गरेका छन् । सो सामाग्रिलाई समन्वय समितिका प्रमुख डवल पाण्डेले आजै बितरण समेत गरेका छन् ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख पाण्डेले समन्वय समिति मार्फत् जिल्लाका ९ वटै स्थानीय तहहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल १८ नम्बर गुल्म, पत्रकार महासंघ दोलखा, जिल्लाका सञ्चार गृह तथा बाल गृहका वालवालिकाहरुलाई स्वास्थ्य सामाग्रि वितरण गरेका हुन् ।

१८ जेठ, २०७८ । ३ः२५ बजे प्रकाशित ।

VIEWS: 1610 पटक हेरीएको
error: Content is protected !!